टेस्ट क्रिकेट : भारतद्वारा बङ्गलादेश भारी अन्तरले पराजित
नेपालबहस संवाददाता
मंसिर १, २०७६ आइतबार १२:५५:८
१ मंसिर काठमाडौं । भारतले बङ्गलादेशलाई पहिलो टेस्ट क्रिकेटमा एक इनिङ र १३० रनले पराजित गरेको छ । इन्दोरस्थित होल्कार क्रिकेट रङ्गशालामा खेलिएको यस खेलमा भारतले बङ्गलादेशलाई तीन दिनभित्रै पराजित गरेको हो ।
टेस्ट क्रिकेटमा भारतको यो लगातार छैटौँ जीत हो । यो जीतसँगै यसअघि नै विश्व टेस्ट वरियताको पहिलो स्थानमा रहेको भारतले आफ्नो स्थानलाई अझ सुदृढ बनाएको छ । भारतभन्दा ३४३ रनले पछि रहेको अवस्थामा तेस्रो दिनको खेल शुरु गरेको बंगलादेशको शुरुआत राम्रो हुन सकेन । बंगलादेशका दुवै प्रारम्भिक ब्याट्सम्यान इमरुल कायेस र शदमान इस्लाम सात ओभरकै अन्तरालमा आउट भएका थिए ।
मोहम्मद मिथुन र मोमिनुल हकले केही ओभरसम्म संघर्ष गरेपनि मोमिनुल हक भारतीय बलर मोहम्मद शामीको बलमा आउट भएपछि बंगलादेश टिमको अवस्था अझ नाजूक बनेको थियो । लगत्तै अर्को ओभरमा शामीले मिथुनलाई व्यक्तिगत १८ रनमै आउट गरेका थिए । त्यसपछि महमुदुल्लाह र मुस्फिकर रहिमबीच २८ रनको साझेदारी भएको थियो । एकपछि अर्का ब्याट्सम्यान आउट भए पनि मुस्फिकर रहिमले संघर्षपूर्ण ६४ रन बनाए ।
भारतीय बलरहरु रविचन्द्रन अश्विनले तीन तथा मोहम्मद शामीले चार विकेट लिए । यसअघि भारतले ६ विकेटको क्षतिमा ४९३ रन बनाएर पालि समाप्तिको घोषणा गरेको थियो ।
भारतका लागि मयन्क अग्रवालले सर्वाधिक २४३ रन बनाएका थिए । टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले पहिलो इनिङमा १५० रन मात्र बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
हेटौंडामा शौचालयमा लडेर युवकको मृत्यु
मंसिर १९, २०८१ बुधबार
काठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
मंसिर १९, २०८१ बुधबार
हेटौंडा अस्पतालमा विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन
मंसिर १९, २०८१ बुधबार
बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै
मंसिर १९, २०८१ बुधबार
स्पेनिस ला लिगामा बार्सिलोनाको फराकिलो जित
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा राष्ट्रपतिको राजीनामा माग गर्दै देशभर हडतालको आह्वान
मंसिर १९, २०८१ बुधबार