बर्दियामा लागुऔषध चरेससहित ५ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर १, २०७६ आइतबार २०:१३:१७
१ मंसिर बर्दिया । बर्दिया प्रहरीले ठूलो परिमाणमा सहित ५ जनालाई पक्राउ गरेको छ । गए राती प्रहरी सहयक निरिक्षक शुनिल बस्याँल सहितको विशेष गस्ती टोलीले गुलरिया नगरपालिका वडा नम्बर ७ स्थीत सडकबाट ५८ किलो लागुऔषध चरेस सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी नायब उपरिक्षक राम शंकर कोहारले जानकारी दिए ।
पक्राउ पर्नेमा पूर्वी रुकुम घरभई हाल दाङ घोराई नगरपालिकामा बस्दै आएका ३४ वर्षिय राजकुमार पुनमगर, २७ वर्षिया जुनतारा पुन, ३४ वर्षिया सुनथामी बुढामगर, पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउपालिका बस्ने २६ वर्षिया अस्मिता रामजाली र रोल्पाको दुईखोली गाउपालिका ८ घर भई हाल दाङको घोराई नगरपालिकामा बस्ने २९ वर्षिय खीम प्रसाद रोका रहेका छन् ।
उनिहरुबाट बजार मूल्य अनुशार अन्दाजी २९ लाख बराबरको ५८ किलो चरेस, भारतिय र नेपाली गरि नगद ३२ हजार ५ सय ९८ रुपैया सहित ५ थान मोबाइल बरामद गरिएको छ ।
सडक बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा उनीहरुलाई रोकी शरिर तथा बोकेको झोला खानतलासी गर्दा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा चरेस भेटिएको डिएसपी कोहारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार