सरस्वती माविमा ‘विद्यालय नर्सिङ’ कार्यक्रम सञ्चालन
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ मंगलबार १७:४४:०
३ मंसिर खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा विद्यालय नर्स कार्यक्रम शुरु गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाका सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम शुरु गरिएको हो ।
सरस्वती माविको पाङ्गणमा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई लगायतले ब्यानरमा हस्ताक्षर गर्दै विद्यालय नर्स कार्यक्रम उद्घाटन गर्नुभएको थियो । विद्यालय उमेर समूहका बालबालिकालाई स्वास्थ्यसम्बन्धी ज्ञान दिएर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्न प्रदेश सरकारले ‘विद्यालय नर्सिङ’ कार्यक्रम ल्याएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले एक नर्स उपलब्ध गराएपछि केही समयपछि नै विद्यालय नर्स कार्यक्रम नियमितरूपमा सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले बताए । हरेक सामुदायिक विद्यालयमा एक नर्स राख्ने व्यवस्थाअनुसार प्रदेश नं १ का १४ सामुदायिक विद्यालयमध्ये जिल्लाको सरस्वती माविले ‘विद्यालय नर्सिङ’ कार्यक्रम सञ्चालन गर्ने अवसर पाएको हो ।
जिल्लाकै सबैभन्दा पुरानो सरस्वती माविमा विद्यालय नर्स, डिजिटल विद्यालय तथा विद्यालय स्वास्थ्य कार्यक्रम एकैसाथ शुरु गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको सो विद्यालयलाई पछिल्लो समय शैक्षिक, भौतिकलगायत विभिन्न हिसाबले जिल्लाकै नमूना विद्यालयका रूपमा स्थापित गरिएको छ ।
सो विद्यालयमा ७६ वर्षीया वृद्धा जुरीमाया राईसँगै निजी विद्यालय छाडेर आउने विद्यार्थीसमेत अध्ययनरत छन् । पढ्नका लागि उमेरले छेक्दैन भन्ने सन्देश दिँदै हाल कक्षा २ मा अध्ययनरत केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी जुरीमायालाई सो कार्यक्रममा दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार