सुर्तीजन्य पदार्थमा रु १० करोड १५ लाख कर छली गर्नेविरुद्ध मुद्दा
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ बुधबार ०:३४:३८
३ मंसिर काठमाडौं । सुर्तीजन्य पदार्थमा कर छली गर्ने विभिन्न कम्पनीका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । दोलखा घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ग्रिन टोवागो कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसमेतले रु १० करोड १५ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको आज एक सूचना जारी गरी जनाएको छ ।
श्रेष्ठसहित सफिन एण्ड ब्रदर्स इन्टरप्राइजेजका सञ्चालक सरोज केसी, आरएस स्टोरका मुकेश अग्रवाल, अभिनव सूर्ती उद्योगका सुष्मा गोयन्का, गोल्डन टोवागो इण्डस्ट्रिजका सञ्चालक र सहयोग तथा सुर्ती उद्योगका दिनेश बसुकला तथा ओमसाई सुर्ती उद्योगका जानुका कार्कीले कानून बमोजिम अन्तःशुल्क स्टिकर नलगाई नक्कली कागजात बनाएर सुर्तीजन्य वस्तु निष्काशन गरी कर छली गरेको विभागले जनाएको छ ।
उनीहरुले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐनले निषेध गरेको कार्य गरेकाले बिगोको दोब्बरसम्म जरिवाना गरी तीन वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार