हङकङको विषयलाई लिएर चीन र अमेरिकाबीच खटपट
नेपालबहस संवाददाता
मंसिर ४, २०७६ बिहिबार ४:४६:५९
४ मंसिर एजेन्सी । राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कानुनमा हस्ताक्षर गरे बदलास्वरूप कडा कदम चालिने चिनियाँ विदेश मन्त्रालयले बताएको छ।
अमेरिकी सिनेटले पारित गरेको कानुनको हङ्कङका सरकारविरोधी प्रदर्शनकारीहरूले स्वागत गरेका छन्। प्रदर्शनकारीहरूले पुन: सडक आवागमन तथा सार्वजनिक यातायातमा अवरोध पैदा गरेका छन्।
प्रदर्शनकारीहरूको एउटा सानो समूह अझै पनि एक विश्वविद्यालय भित्रै छन्। त्यहाँ गत तीन दिनमा हिंसात्मक झडपहरू भएका छन्। यसबीच ब्रिटेनको हङकङस्थित महावाणिज्य दूतावासका एकजना पूर्वकर्मचारीले गत अगस्टमा मुख्यभूमि चीनमा जाँदा आफूलाई यातना दिइएको आरोप लगाएका छन्।
साइमन चेङले उनलाई बाँधिएको, आँखामा पट्टी लगाइएको अनि असहज तरिकामा राखिएको बीबीसीलाई बताए।हङकङमा तनाव भड्काएको आरोप आफूलाई लगाइएको उनले बताए। चीनले ब्रिटेन तथा अन्य देशहरूलाई हङकङमा प्रजातन्त्र समर्थित विरोध प्रदर्शन गर्न उक्साएको आरोप लगाइरहेको छ।
साइमन चेङ्को घटनामा बेइजिङ्ले कुनै प्रतिक्रिया जनाएको छैन। तर यसअघि चेङ्लाई यौनकर्मी महिलाको सेवा खोजेका कारण पक्राउ गरिएको सङ्केत चीनले गरेको थियो।
ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले पछिल्ला घटनाहरूबारे सोधपुछ गर्न चिनियाँ राजदूतलाई डाकेका छन्। तर बुधवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै चीनका राजदूत जवाफ दिन नजाने बरू बेइजिङ्स्थित ब्रिटिश राजदूतलाई आफ्ना असन्तुष्टी सुनाउन चिनियाँ विदेश मन्त्रालयले डाक्ने प्रतिक्रिया दिए।
चीन सरकारले मुख्यभूमि चीनलाई हङकङका नागरिक सुपुर्दगी गर्न सकिने प्रावधान भएको एउटा कानुन ल्याउने योजनाको विरोधमा गत जुन महिनामा हङ्कङ आन्दोलित भएको थियो।
सरकारले उक्त योजना फिर्ता लिएको भए पनि अहिले आन्दोलनको माग र स्वरूप बदलिएको छ। साइमन चेङ्को बयानले ब्रिटेन तथा चीनबीच अहिले नै तनावग्रस्त भइसकेको सम्बन्धमा थप असर पर्न सक्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
बैशाख २३, २०८१ आइतबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार