ओलीको मन्त्रीमण्डल टाँय टाँय फिस्स
नेपालबहस संवाददाता
मंसिर ५, २०७६ बिहिबार २०:३५:५४
५ मंसिर काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओलीको वहुचर्चित मन्त्रिमण्डल पुनर्गठनले पार्टी भित्रको असन्तुष्टी छरपष्ट भएको छ । ६ जना मन्त्रीलाई अक्षम बनाएर गरिएको पुनर्गठनमा केही चर्चित नाम छुटाइएपछि यस्तो अवस्था देखिएको हो ।
खासगरी जनार्दशन शर्मा, सुरेन्द्र पाण्डे र महेश बस्नेतको नाम चर्चामै सीमित बनाइकोले ठूलै असन्तुष्टी बढेको छ । सूर्य चिन्ह लिएकै भरमा मन्त्री बनाइएका हृदयेश त्रिपाठीको आगमन धेरैलाई पचेको छैन ।
यस्तै मधेसी मोर्चाबाट आएर सांसद् र मन्त्री पड्काउन सफल रामेश्वर राय यादव पनि बद्नाम नेतामा पर्छन् ।यस्ता व्यक्तिलाई मन्त्री बनाइएपछि धेरै इमान्दार नेता कार्यकर्ता रुष्ट बनेका छन् ।
मन्त्री मण्डल पुनर्गठनमा ठूलै हलचल ल्याउने गरी प्रधानमन्त्री ओलीले गरेको फूर्ति आखिर टाइँ टाइँ फिस्स जस्तो भयो । पूर्व माओवादी पक्षबाट आगामी मन्त्रीका रुपमा चर्चामा ल्याइएका प्रभु साहले गरेको टिप्पणीले सरकारको आगामी दिन दशाको छनक दिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यकारी अध्यक्षको पद प्राप्ती र बुहारी बीना मगरको थमौतीका पछाडिको कथाले प्रभु साह जस्ता धेरैको मन कुढिएको छ । आगामी दिनमा त्यसको प्रभाव र असर सार्वजनिक हुने अवस्थाको आंकलन गर्न सकिन्छ ।
मन्त्रीहरुको सपथ
नव नियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति निवास शीतलनिवासमा सपथ ग्रहण लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराइन् । यस्तै तीन जना नवनियुक्त राज्य मन्त्रीलाई प्रधानमन्त्री ओलीले सिंहदरबारमा पद तथा गोपनीयताको सपथ गराए ।
काम राम्रो तर पद चट
सरकारको सेवा प्रवाह र प्रभावकारिता बढाउन अब्बल काम गर्ने मन्त्रीहरु पनि पुनर्गठनमा फालिएका छन् । खासगरी सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित , श्रम मन्त्री गोकर्ण विष्ट र आपूर्ति मन्त्री मात्रिका यादवले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरेका थिए ।
तर प्रधामन्त्रीले यिनीहरुलाई रुचाएनन् । हटाइएका मन्त्रीहरुले अहिल्यै आफ्नो मुख खोलेका छैनन् । तर आवश्यक परेको बेला बोल्ने मनस्थिति बनाएका छन् । उद्योग र आपूर्तिबाट फालिएका यादवले चाहिं आफूलाई हटाएकोमा सन्तोष व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको जसपामा तोकियो जिम्मेवारी
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार