एनसेलले रु २१ अर्ब १० करोड पूँजीगत लाभकर तिर्नुपर्ने फैसला
नेपालबहस संवाददाता
मंसिर ५, २०७६ शुक्रबार ३:४२:५७
५ मंसिर काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको लाभकरसम्बन्धी विवादमा एनसेलले रु २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको छ ।
न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले गत भदौ ९ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा सो रकम बुझाउन र उक्त रकम बुझाउँदासम्मको ब्याज तिर्नुपर्ने उल्लेख गरेको छ ।
ठूला करदाता कार्यालयले विसं २०७६ वैशाख ३ गते एनसेलले तिर्नुपर्ने जम्मा पूँजीगत लाभकर रु ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ तिरेको र रु ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ बाँकी रहेका छ भनी पत्राचार गरेको थियो ।
सर्वोच्च अदालतमा ठूला करदाता कार्यालयको सो निर्णयविरुद्ध एनसेलले दायर गरेको रिट निवेदनमाथिको सुनुवाईपछिको अन्तिम फैसलामा एनसेलले तिर्नुपर्ने लाभकरमा रु १७ अर्ब ९५ करोड ६७ लाख १३ हजार २५० छुट गरिएको छ ।
फैसलामा भनिएको छ, “ठूला करदाता कार्यालयले आयकर ऐन, २०५८ को दफा १२० ‘क’ बमोजिम लगाएको ५० प्रतिशत शुल्क खारेज गरिदिएको हो, ठूला करदाता कार्यालयले कुनै आधार र कारण नखुलाई र कुनै विवेचना नगरी लगाएको ५० प्रतिशत शुल्क कानूनबमोजिम देखिएन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार