सिरियाली शरणार्थीका लागि नर्वेद्वारा लेवनानलाई चार करोड डलर सहयोग
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार १४:७:३०
६ मंसिर एजेन्सी । नर्वेले लेबनानमा शिविरमा बस्दै आएका सिरियाली शरणार्थीको सहयोगका लागि बार्षिक चार करोड अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउने भएको छ ।
लेबनानी सञ्चारमाध्यमका अनुसार लेबनानका लागि नर्वेका राजदूत लेनी स्टेनसेथले बिहीबार उक्त सहयोगको घोषणा गरेका छन् ।
लेबनानलाई आर्थिक सहयोग गर्ने मुलुकहरूको सूचीमा नर्वे पाँचौँस्थानमा भएको र नर्वेले अन्य देशमा रहेका सिरियाली शरणार्थीको सहयोगका लागि दिँदै आएको रकमको तुलनामा यो सहयोग दोब्बर बढी भएको स्टेनसेथलाई उद्धृत गर्दै लेबनानी सञ्चारमाध्यमले लेखेका छन् ।
लेबनानमाथि सिरियाली शरणार्थीका कारण परेको भार कम गर्न नर्वेले उक्त रकम उपलब्ध गराएको स्टेनसेथले लेबनानी स्वतन्त्र अनलाइन पत्रिका इल्नास्रालाई बताए ।
लेबनानस्थित संयुक्त राष्ट्रसङ्घ शरणार्थीका लागि उच्च आयुक्तको कार्यालयले लेबनानमा रहेका सिरियाली शरणार्थीको सङ्ख्या १० लाखभन्दा बढी पुगेको बताएको छ भने लेवनानी सरकारले १५ लाख सिरियालीलाई आफ्नो देशमा शरण दिँदै आएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार