पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शनिबार २:४७:५
![](https://nepalbahas.prixacdn.net/media/albums/suntola_VYbZX4ctTU.jpg)
मिना कंडेल
६ मंसिर, नवलपुर । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा यस बर्ष सुन्तलाको उत्पादन बढ्ने भएको छ । गत बर्ष भन्दा यस बर्ष सुन्तला उत्पादन राम्रो भएकाले आम्दानी समेत बढने कृषकले जनाएका छन् ।
जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम संचालनमा आए पछि पुर्वी नवलपरासीको बुलिगंटार र बाैंदीकाली, बिनयीत्रिबेणी र हुप्सेकोट गाउँपालिकाको पहाडी क्षेत्रमा सुन्तला उत्पादन राम्रो भएको कृषक जयबहादुर बिरकटटा मगरले बताए । यो बर्ष समयमा पानी परेका कारण र हावा हुरी समेत कम आएका कारण जिल्लामा सुन्तला खेती राम्रो रहेको मगरको भनाई रहेको छ ।
सुन्तला खेतीलाई थप प्रबद्र्धन गर्न दुई बर्षदेखि कार्यक्रम सुरु भएको र यो कार्यक्रम सफल बन्दै गएको बरिष्ठ कृषि बिकास अधिकृत बिण्णुप्रसाद शर्माले बताए । यो कार्यक्रम बुलिगंटार गाउँपालिकाका ६ वडा, बौदीकाली गाउँपालिकाका तीन वडा, देबचुली नगरपालिकाको वडा नं ६, हुप्सेकोट गाउपालिकाको वडा नं ५ लाई समेटेर शुरु गरिएको र यहाँको ५०० हेक्टर क्षेत्रफलमा यो कार्यक्रम शुरु भैरहेको र एक हजार हेक्टर क्षेत्रफलमा बिस्तार गरिने शर्माले बताए । कार्यक्रम अन्तर्गत सुन्तलाको खेती गर्ने किसानहरुलाई बिउ बिजन अनुदान, मेसीनरी औजार अनुदान लगायतका सबै सेवा उपलब्ध गराईने गरेको शर्माले बताए ।
पूर्वी नवलपरासीका पहाडी क्षेत्रमा सुन्तला खेतीबाट हरेक बर्ष चारदेखि पाँच करोड सम्मको सुन्तला बिक्री हुने गरे को छ भने यो क्षेत्रमा बर्षेनी प्रतिबोट सरदर एक हजार रुपैयांका दरले सुन्ताला उत्पादन भै विक्री हुदै आएको छ । अहिले सुन्तला जोन कार्यक्रम प्रभावकारी भएका कारण पनि उत्पादन बढने प्रधानमन्त्री आधुनिक कृषि परियोजनका प्रमुख शर्माले बताए । सो को यकिन तथ्यांक भने आउन केही समय लाग्ने शर्माले बताए ।
पूर्वी नवलपरासीको पुर्व पहाडी भेग अन्तर्गत दुई गाउँपालिकाका नौ वडा र अन्य पाँच वडा गरि १४ वडामा तीन हजार दुई सय कृषक सुन्तला खेतीमा आबद्ध रहेका छन् । जसमध्ये सुन्तला खेतीका लागी वौदीकाली र बुलिङ्गटार गाउँपालिकाका क्षेत्रलाई पकेट क्षेत्रको रुपमा मानिन्छ । यस वाहेक धुर्कोट, रतनपुर र र बिनयी त्रिबेणीका केही वडामा पनि सुन्तला खेती राम्रो हुने गर्दछ ।
सुन्तला जोन शुरु भए पछि पुर्बी नवलपरासीको पहाडका हरेक गाउंमा कृषि सडक पुगेपछि कृषकहरुलाई आफूले उत्पादन गरेको सुन्तला बजारसम्म ल्याउन नपर्ने र व्यापारीहरु गाउं गाउंमा आएर सुन्तला किन्ने गरेको कृषकले बताए । कृषकले दुई तीन ठाउँमा सुन्तला भण्डार गर्ने ब्यबस्था मिले आगामी दिनमा कृषकको सुन्तला खेती तर्फ झनै आर्कषण बढने बाँैंदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर राना मगरले बताए । यहा प्रतिकेजी ८० देखी ९० रुपैया सम्म किसानले बोटैबाट सुन्तला बिक्री गर्ने गरेका छन् भने रु एक सय देखी १२० रुपैया सम्म बजारबाट उपभोक्ताहरुले पाउने गरेका छन् ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा उत्पादीत सुन्तला पूर्वी नवलपरासी सहित बुटवल, पोखरा लगायतका स्थानमा राम्रो बजार पाएको पाईन्छ । पुर्वी नवलपरासीको पहाडी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन हजार दुई सय घर परिवार सुन्तला खेतीमा आश्रीत छन् । पुर्वी नवलपरासीमा गत बर्ष ६२५ हेक्टर क्षेत्रफलमा एक हजार १५४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो भने यो बर्ष केही उत्पादन बढने अनुमान गरेको सुन्तला कृषक उत्पादक समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
गिरिजाप्रसाद युगान्तकारी परिवर्तनका नायक
असार १८, २०८१ मंगलबार
मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित
असार १८, २०८१ मंगलबार
राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच शीतल निवासमा छलफल
असार १८, २०८१ मंगलबार
तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार
राष्ट्रिय सहमतिको सरकारबारे छलफल गर्न कांग्रेसले बोलायो राप्रपासहितका साना दल
असार १८, २०८१ मंगलबार
ग्राभेल उत्खनन गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु
असार १८, २०८१ मंगलबार