“नेपाली पोर्चुगलमा सडकमै सुत्छन्” शीर्षकमा समाचार आएपछि मानव तस्करहरूमा हङ्गामा
नेपालबहस संवाददाता
मंसिर १२, २०७६ बिहिबार २२:२९:२७
निर्मला तिवारी
१२ मंसिर, स्पेन । राष्ट्रिय समाचार समितिले ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली’ शीर्षकमा समाचार लेखेपछि प्रवासी नेपाली समुदायमै हंगामा भएको छ ।
गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले राष्ट्रिय समाचार समितिले प्रकाशित गरेको उक्त समाचारको खण्डन गरेका छन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको ‘लेटर हेड’मा छाप र मिति बिना नै ध्यानाकर्षण नोट जारी गर्दै गैरेले राष्ट्रिय समाचार समितिको उक्त समाचारप्रति एनआरएनए पोर्चुगलको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
‘दुईचार जना दुव्र्यशनको शिकार भएका युवाहरु, परिवार एवं समाजको अथक प्रयासका बाबजुद सडकमा पनि भेटिने गरेको तथ्यलाई अतिरंजित गरी राससजस्तो विश्वसनीय संस्थाले हचुवा र काल्पनिक रुपमा समाचार प्रकाशन गर्नु खेदजनक कार्य भएको हाम्रो ठहर छ,’ गैरेले भनेका छन् ।
विभिन्न वाहानामा वैध वा अवैध रुपमा पोर्चुगल ल्याईएकाहरुको बारेमा सो समाचार प्रकाशन भएपछि मानव तस्करहरुमा भने हंगामा मच्चिएको छ । चर्को रकम असुलेर यूरोप भित्र्याइएका नेपालीहरुको कारुणिक अवस्थाले धेरैको मन छोएको छ भने तिनलाई यहाँसम्म ल्याउने मानवतस्करहरुको निन्द्रा हराम भएको बताईएको छ ।
अध्यक्ष गैरेले उक्त समाचारको खण्डन गरेपछि पोर्चुगलमै केन्द्रित रहेर पत्रकारिता गरिरहेका ७ जना पत्रकारले फेरि गैरेको भनाइकै खण्डन गरेका छन् ।
नेपाल पत्रकार महासंघ युरोप च्याप्टरका अध्यक्ष केजिन राईले भने पत्रकारिता राज्यको चौथो अंग भएको जनाउदै लोकतन्त्रमा प्रेसमाथिको हस्तक्षेप स्विकार्य नभएको बताए ।
एनआरएनएले पटकपटक यस्तो गल्ती गर्ने गरेको आरोप लगाउदै उनले कहिले पोर्चुगल कहिले स्पेन लगायत ठाउँमा लेख्न पाउने अधिकारलाई कुन्ठित गर्न खोजेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउदै कडा शब्दमा भर्सना गरेका छन् । साथै अध्यक्ष गैरेलाई यस्तो गल्ती सच्याउन चेतावनी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार