जुत्ता सिलाएरै मासिक ३० हजार, रामदेव भन्छन्– जुत्ताजस्तै जीवन फाट्न दिईन !
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार १५:२९:५७
कुसुम विश्वकर्मा
१५ मंसिर, काठमाडौं । मंसिर महिनाको दोस्रो साता साँझ पर्नै लागेको छ । जताततै चहलपहल जारी छ । तर रामदेवलाई न जाडोले चुन्छ न गर्मीले । उनी आफ्नो काममा निरन्तर लागीरहेका छन् । छेउमा हरेक सामान २० को ठेला लागेको छ । अनि ताजा माछाको पसल र जुत्ता सिल्ने काम एक्लैले भ्याएका छन् ।
करिब ५० बर्षका रामदेव साह सडकपेटीमा बसेर जुत्ता सिउदै आएको झण्डै २७ वर्ष पुगेको छ । जुत्ता सिलाई र पालिस गरेवापत आउने रकमले नै साहले ५ जनाको परिवारको दैनिकी चलाईरहेका छन । सुरुमा त बजार पनि त्यति बिस्तार भएको थिएन । जसोतसो दिन काट्न मात्रै हुन्थ्यो तर विस्तारै उनी आफ्नो सीपमा दिनदिनै मिहेनती हुँदै गए । उनलाई विश्वास थिएन की यसरी जुत्ता सिलाएरै जीवन चल्ला भनेर ।
सप्तरी घर भएका रामदेव साह बिहान ७ बज्न नपाउदै काठमाडौंको अनामनगरस्थित मैतीदेवी मन्दिर जाने बाटो घट्टेकुलोमा सियो, मोटा धाँगा र केही जुत्ताका सोल लिएर बस्नु उनको दिनचर्या हो । चिसो मौसममा पनि बिहानैदेखि जुत्तामा पालिस गरिदिने, सिलाईदिने काम उनले गर्छन् । जुत्ता सिलाएर नै उनले २७ बर्षदेखि ५ जनाको परिवार पाल्दै आएका छन् । यहि जुत्ता सिलाएर छोराहरुलाई ब्याचलरसम्म पढाए ।
छोरी अहिले पढ्दै छे । उनी आफ्नो पेशाप्रति पूर्ण सन्तुष्ट छन् । एउटा मज्जाको कुरा त के भने रामदेवले २७ वर्ष जुत्ता सिलाएर गुजारा मात्र चलाएनन् आफ्ना दुई छोरालाई अब्बल मान्छे नै बनाए । लेदरका जुत्ता सिलाउँदा उनी एक सयदेखि दुईसयसम्म लिन्छन, चप्पल सिलाएवापत पचासदेखि एक सय २० सम्म लिने गरेको नेपालबहस डटकमको कुराकानीमा बताए ।
रामदेवले गर्व गरे, ‘फाटेका जुत्ता टालेरै जीवन बित्यो । जुत्ताजस्तै जीवन फाट्न दिईन । जुता च्यातिन्छ, त्यतै टाल्दै अनि सिउँदै गइयो र अहिले शिर ठाडो गरेर बाँच्न सकिएको छ ।’
श्रीमतिलाई हरेक सामान बीस रुपैयाँको ठेला राखिदेको छु । अनि छोराहरुलाई फ्रेस हाउससंगै अहिले माछा राखेको छु उनी भन्छन् । ‘छोराहरू आफ्नो खुट्टामा उभिने भैसकेँ । मैले मिहेनत गर्न छोडिन ।
आफूले अंगालेको पेशा छोडिन’, रामदेवले गर्व गरे, ‘फाटेका जुत्ता टालेरै जीवन बित्यो । जुत्ताजस्तै जीवन फाट्न दिईन । जुता च्यातिन्छ, त्यतै टाल्दै अनि सिउँदै गइयो र अहिले शिर ठाडो गरेर बाँच्न सकिएको छ ।’ यसरी मिहिनेत गरेरै उदाहरणीय जीवन बिताएका अन्य पात्रहरु पनि छन् जो खुशी र सुखी छन् । काठमाडौंका हरेक गल्ली, सडकमा र चोकमा भेटिन्छन् ।
उनी भन्छन्, “गर्मीमा दिनभरको घाम छल्नका लागि छाता ल्याउछु, ओझेलमा काम गर्छु । घाम छल्न त छाताले साथ दिन्छ तर पानी पर्दा त बिजोग नै हुन्छ,’ तर अहिले चिसो मौसम छ । छाता नभए नि चल्छ । ‘कमाई भन्दा खर्च बढी छ । जति कमाए पनि जोगाउन गाह्रो हुन्छ ।” जुत्ता, चप्पल, छाता मर्मत गदै परिवारको जीवन धान्दै आएका रामदेव ‘कुनै पनि काम सानो ठूलो हुदैन’ भन्छन् । तेसो त पत्रकार, समाजसेवी मात्र होइन काठमाडौंमा अधिकांश नागरिकदेखि मन्त्री र सासद लगायत सयौं ग्राहक अहिले पनि उनले तयार गरेका जुत्ताका पारखी छन् ।
धेरै त उनका नियमित ग्राहक नै छन् । जसको सेवामा उनी हरदम तयार हुन्छन् । ‘मेरा नियमित ग्राहकको सेवा गर्दै दिन जान्छ । नयाँ ग्राहक पनि आउनुहुन्छ तर त्यसपछि उहाँहरू पनि नियमित ग्राहक जस्तै बन्नहुन्छ,’ रामदेव भन्छन्,् ‘अब त ग्राहक नै परिवार जस्तो लाग्छ ।
जुत्ता सिलाइबाटै सन्तुष्टी
सुरुसुरुमा त जुत्ता सिलाई पेशा नगर्न र अरु व्यवसाय रोज्न सबै परिवारले दबाव दिन्थे र आफैं पनि सन्तुष्ट नभएको उनले बताए । सबैले हेय भावले हेर्थे, कमाई पनि खासै राम्रो थिएन । व्यवसाय विस्तारै फस्टाउँदै गयो । अहिले छोराहरु र श्रीमति पनि काममा सहयोग गर्छन् । पहिले भन्दा अहिले राम्रो छ । म जुत्ता सिलाएर मासिक २५ देखि ३० हजारसम्म कमाई राको छु । कुराकानीमै उनले थपे, पुख्र्यौली कामलाई व्यवसायिक बनाएर सफल बन्न सकेकोमा आफैंलाई गर्व लाग्छ । ऊ बेला जुत्ता सिलाउने पेशा छोड्न दबाब दिने परिवार अहिले सकेजति सहयोग गर्छन् ।
दुई छोरा, एक छोरी र श्रीमतिसहित ५ जना परिवारको जीविकोपार्जन र अध्ययन उनकै कमाइबाट चलेको छ । जुत्ता सिलाइकै आर्जनबाट छोराछोरीलाई उच्चशिक्षा अध्ययन गराएका छन् रामदेवले । जुत्ता सिलाएरै सबै परिवारको चित्त बुझाउन सकेको छु । अझ त त्योभन्दा ठूलो आमग्राहक वर्गको मन जित्न पनि सफल भएकोमा आफूलाई निकै भाग्यमानी ठानेका छन् रामदेवले ।
विदेशमा गएर आफ्नो पसिना बगाउनुभन्दा स्वदेशमै बसेर कुनै पनि व्यवसाय गरेर निरन्तरता दिए सफलता मिल्ने उनको भनाई छ । उनको यो जीवन भोगाईबाट अन्यले के पाठ सिक्न सकिन्छ भने मिहेनत गरे भने स्वदेशमै भने जस्तै सफलता मिल्छ । त्यसैले आजैदेखि आफ्नो सीप क्षमतालाई सम्मान गरौं । अनि गर्वका साथ शिर ठाडो पारेर बाचौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक दश घण्टा बन्द गरी यसरी हुँदै छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति
मंसिर १८, २०८१ मंगलबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार