लुटेरा समूह पक्राउ
नेपालबहस संवाददाता
मंसिर २५, २०७६ बुधबार २०:२६:५८
२५ मंसिर काठमाडौं । विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरी करोडौं लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।बैंक तथा वित्तिय संस्था ह्याक गरी करोडौं रुपियाँ कुम्ल्याउने तीन जनालाई आज उपत्यका अपराध महाशाखाले सार्वजनिक गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा दोलखा फुलवा २ का रमेश खड्का , नवलपरासी रामग्राम १७ का विश्वेश्वर तिवारी र सोही ठाउँ बस्ने सन्दीप कलवार रहेका छन् । उनीहरुले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई चिठ्ठा परेको भन्दै ठग्दै आएको अनुसन्धानका क्रममा पुष्टी भएको प्रहरीले बताएको छ ।
यो अपराधमा नाइजेरिया र भारतीय समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । अहिले पक्राउ परेकाहरु चाहिं नेपाली एजेन्ट मात्र हुन् । नेपालमा एजेन्टका रुपमा ४० जना भन्दा बढी मानिस परिचालित गरिएको पनि प्रहरीले खुलाएको छ ।प्रहरी उपरिक्षक सुशीलसिंह राठोरका अनुसार, यसरी ठग्नेहरुलाई निगरानीमा राखिएको छ ।
साथै, बैंक तथा वित्तीय संस्थाको अनलाईन ह्याक गरी करोडौं रकम लुट्ने गरेको पाइएको पनि उनले स्पष्ट गरेका छन् ।यो समूहले नेपालका एक दर्जन भन्दा बढी बैंकको खाता ह्याक गरी लुटेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार