हतियारसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
पुस २, २०७६ बुधबार १६:११:२१
२ पुस रौतहट । रौतहट प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीया बस्ने ६६ वर्षीय छोटेलाल साह छन् ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरी निरीक्षक दिलबहादुर बस्नेत नेतृत्वको मोबाइल गस्ती टोलीले गएराति पौने आठ बजे हतियारसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई राउण्ड बरामद भएको छ । यस्तै धारिलो चक्कु, तार काट्ने औजार, पिलास, पेचकस, मोबाइल लगायतका सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई सुरक्षा बेस क्याम्प फतुवामा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार