अमेरिका पुगेका पाँच युवा हत्कडीसहित नेपाल फर्किए
नेपालबहस संवाददाता
पुस ३, २०७६ बिहिबार १५:१४:५०
३ पुस काठमाडौं । दलाललाई करोडौं रूपैयाँ बुझाएर अमेरिका पुगेका पाँच युवा हत्कडीसहित नेपाल फर्किनु परेको छ । अवैध रुपमा अमेरिका छिर्ने प्रयास गरेका पाचँ युवालाई अमेरिकाले विमान नै चार्टर गरेर नेपाल ल्याएर छोडिदिएको समाचार बिहीबार राष्ट्रिय पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।
अमेरिका–मेक्सिन सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई जेल सजायपछि निष्कासन गरेर नेपाल फर्काइएको हो । उनीहरू रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन् । बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरूलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो । केहीले अमेरिका पुग्न एक करोड रुपैयाँसम्म खर्च गरेको बताएका छन् । तर, घर जान उनीहरूसँग बसभाडासमेत थिएन । प्रहरीले नै उनीहरूलाई बसभाडा दिएर घर पठाएको छ ।
अमेरिकाबाट उडेको १३ सिटे चार्टर विमानमा पाँच नेपाली र तीन पाकिस्तानी नागरिक थिए । तीन पाकिस्तानीलाई उनीहरूको देशमा छाडेपछि नेपाली लिएर विमान काठमाडौं आएको हो । उनीहरूलाई लिन मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रहरी अधिकारीहरू विमानस्थल पुगेका थिए ।
एक युवा विद्यार्र्थी भिसामा अमेरिका पुगेको खुलेको छ । रुकुमका एक युवाले अमेरिका जाँदा र त्यहाँ मुद्दा लड्दा करिब एक करोड सकिएको बताए । मुद्दा लडिरहेकै बेला अर्को व्यक्तिको नाममा ट्राभल डकुमेन्ट बनाएर नेपाल फकाईएको उनले बताए । अरु तीन युवा मानव तस्कर समूहको पछि लागेर मेक्सिको हुँदै अमेरिका छिर्न खोज्ने क्रममा पक्राउ परेको समाचार विहिबारको नयाँपत्रिका दैनिकमा समाचार छ । उनीहरूको प्रतिव्यक्ति करिब ५० लाख खर्च भएको छ ।
‘मेक्सिकोमा पक्राउ परे सबै पैसा फिर्ता गर्छौं भनेका थिए,’ नेपाल फर्किएपछि बुधबार ब्यूरोका प्रहरीसँग उनीहरूले भने, ‘बोर्डरमा पक्राउ परेकाले सबै पैसा डुब्यो ।’ उनीहरू सात महिना लगाएर अमेरिकाको बोर्डरमा पुगेका थिए । उनीहरूसँग छलफल गरेर अनुसन्धान थालिएको ब्यूरोका डिएसपी नरहरी रेग्मीले बताए । युवाले अमेरिका लैजाने समूहबारे भने बताउन चाहेनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार