सुनसरीबाट एसएमजी र ९ हजारभन्दा बढी गोली बरामद
नेपालबहस संवाददाता
पुस ६, २०७६ सोमबार २:२:२०
६ पुस इटहरी । सुनसरीको बराहाक्षेत्र नगरपालिका–५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोर मुनि गाढेर राखेको अवस्थामा एक थान एसएमजि र विभिन्न हतियारमा प्रयोग हुने नौ हजार ९८२ राउण्ड गोली फेला परेको छ ।
पूर्वी पृतना मुख्यालय इटहरीलाई प्राप्त विशेष सूचनाका आधारमा नेपाली सेनाले गाढेको ठाउँबाट खनेर निकालेको हो । करीब पाँच वर्ष अगाडि ढलान गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गोली तत्कालीन द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ । धेरै वर्षदेखि उक्त ठाउँमा प्रधानले कुखुरापालनसमेत गर्दै आएका थिए ।
प्रारम्भिक चरणमा प्रहरीले मुचुल्का उठाउँदै यो कहिले र कस्ले गोढेर राखेको अहिले भन्न नसकिए पनि अनुसन्धान गर्दै जाँदा खुल्दै जाने प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।
सशस्त्र द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएका गोली तीन प्लाष्टिकका ड्रममा व्यवस्थित ढङ्गले गाडेर राखिएको अवस्थामा भेटिएको थियो । नेपाली सेनाको विशेष सक्रियतामा गाडिएको अवस्थाबाट निकालिएको उक्त गोलीलाई कानूनी प्रक्रियाअनुसार सुरक्षित राखिने प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार