इजिप्टका राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्मा फेरबदल
नेपालबहस संवाददाता
पुस ७, २०७६ सोमबार १३:४७:२०
७ पुस एजेन्सी । मन्त्रीहरू फेरबदल गर्ने इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीको प्रस्तावलाई सांसदहरूले अनुमोदन गरेका छन् ।
राज्यद्वारा सञ्चालित समाचार संस्था ‘मेना’ले जनाएअनुसार केही मन्त्रीहरू परिवर्तन गर्ने उहाँको प्रस्तावलाई संसद्ले आइतबार अनुमोदन गरेको हो ।
मन्त्रिपरिषद्मा फेरबदल गर्दा खालेद अनानी पर्यटन मन्त्री, ओमर मर्वान न्याय मन्त्री, हला एल सइद योजना तथा अर्थतन्त्र विकास मन्त्री र रानीया एल मशात अन्तर्राष्ट्रिय सम्बन्ध मन्त्री बनेका छन् ।
त्यसैगरी ओसामा हेइकल सूचना मन्त्री, मोहमद मानर इनाबा नागरिक उड्डयन मन्त्री, नेभिन काब्बाज सामाजिक समन्वय मन्त्री, नेभिन गामय व्यापार तथा उद्योग मन्त्री, एल सायद क्युसेर कृषि तथा भूमि सुधार मन्त्री र अल्ल एल डिन अबुल हस्सन संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् ।
इजिप्टमा प्रधानमन्त्रीसँग परामर्श गरेर राष्ट्रपतिले मन्त्रीहरू फेरबदल गर्नसक्ने र त्यसलाई संसद्बाट बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
हेटौंडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार