‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ बहस हुँदै
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार १३:५६:३७
८ पुस बागलुङ । ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने भएको छ । यही पुस १० गते बागलुङ महोत्सवको अवसरमा आयोजना हुने सो बहसमा नीति निर्माता तथा उद्योग व्यवसायी सहभागी हुनेछन्
जिल्लामा लगानीका सम्भावना औँल्याउन आर्थिक बहसको आयोजना गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । बहसमा नेपाल उद्योण वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उद्योगपति मीनबहादुर गुरुङले मुख्य वक्ताका रुपमा भाग लिने सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिए ।
छलफलमा जिल्लाका व्यवसायी र जनप्रतिनिधिसमेतको सहभागिता रहनेछ । “बागलुङको सम्भावना पहिचान गर्ने र लगानी भित्र्याउने उद्देश्यले आर्थिक बहसको आयोजना गरिएको हो”, सङ्घका अध्यक्ष युवराज राजभण्डारीले भने । बागलुङको आर्थिक बजारलाई चलायमान बनाउन, व्यापारको दायरा फराकिलो पार्न, राष्ट्रिय पूँजीमार्फत लगानी प्रवद्र्धन गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्नमा बहस कार्यक्रमले सघाउने विश्वास लिइएको छ ।
लगानी बहसलाई प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । बहसको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शरेचनले गर्नुहुने भएको छ ।सदरमुकामस्थित बिएसआर मुभीको हलमा हुने बहस कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । शुुक्रबारदेखि शुरु हुने छैँटौँ बागलुङ महोत्सवको तयारी पनि अन्तिम चरणमा पुगेको सङ्घले जनाएको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित महोत्सव यही पुस २० गतेसम्म चल्नेछ ।
प्याराग्लाइडिङ, हेलिकोप्टर शयर, पुरुष तथा महिला भलिबल, लोकदोहोरी, भजन, ताराखेललगायतका प्रतियोगिता महोत्सवका आकर्षण हुन् । नेपाल भ्रमण वर्षको शुभारम्भसमेत महोत्सवस्थलबाटै गरिने आयोजकले जनाएको छ ।
“भ्रमण वर्षको शुभारम्भ समारोहसहित जनवरी १ मा जिल्ला भित्रने पर्यटकलाई नाकाहरुमा स्वागत गर्ने कार्यक्रम छ”, सङ्घका महासचिव नरेश कँडेलले भने। महोत्सवमा कृषि, जडीबुटी, हस्तकलालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने भएको छ ।
बागलुङको पहिचान झल्कने कला, संस्कृति र फोटोको प्रदर्शनीसमेत आयोजना गरिएको छ । परम्परागत सांस्कृतिक झाँकी पनि महोत्सवको आकर्षणको रुपमा रहनेछन् । महोत्सवस्थलमा दुई सयभन्दा बढी व्यापारिक ‘स्टल’ रहने जनाइएको छ । महोत्सव सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार