बुर्किनाफासोमा विद्रोही आक्रमण : ३५ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १६:३०:३०
९ पुस एजेन्सी । अफ्रिकी देश बुर्किनाफासोमा विद्रोहीको आक्रमणमा ३५ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश महिला रहेको र सो आक्रमण विद्रोही संगठन इस्लामिक स्टेट ‘आइएस’ ले गरेको अनुमान छ ।
सैन्य बेसक्याम्प र स्थानीय बजारमा विद्रोहीले आक्रमण गरेको स्थानीय अधिकारीले बताएका छन् । बुर्किनाफासोमो उत्तरी प्रान्त सोउमको अर्बिन्दामा मंगलबार आक्रमण भएको छ ।
सेनाले गरेको जवाफी कारवाहीमा सात सैनिक र ८० जना बिद्रोहीको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । राष्ट्रपति रोच मार्क क्रिष्टियन काबोरीले दुई दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
अहिलेसम्म औपचारिक रुपमा कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । डिसेम्बरको सुरुमा बुर्किनाफासोको पूर्वी क्षेत्रको एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको ज्यान गएको थियो ।सन् २०१५ यता बुर्किनाफासोमा बिद्रोही आक्रमण लगातार जस्तो हुँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
हेटौंडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार