कम्प्युटर अपरेटर ७० हजारसहित पक्राउ
नेपालबहस संवाददाता
पुस ९, २०७६ बिहिबार ०:५२:५७
९ पुस काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई आज रु ७० हजार घुससहित नियन्त्रणमा लिएको छ ।
उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले निजलाई घुस रकमसहित सोही कार्यालयबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले पशुसेवा विभाग हरिहरभवनका लेखा अधिकृत रमेश कार्कीलाई सेवाग्राहीसँग रु आठ हजार ५०० घुस लिँदालिँदै कार्यालय परिसरबाट नियन्त्रणबाट लिएको छ । निजले कार्यालयसँग सम्बन्धित सूचना÷विज्ञापन पत्रिकामा प्रकाशित गरिदिएपश्चात भुक्तानी दिएको रकमबाट सेवाग्राहीसँग घुस लिएका आयोगले जनाएको छ ।
आयोगले जिल्ला अदालत रुपन्देहीमा कार्यरत नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मालाई सेवाग्राहीसँग लिएको रु दुई हजार घुससहित नियन्त्रणमा लिएको छ । उनीहरुले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार