वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ
नेपालबहस संवाददाता
पुस ९, २०७६ बिहिबार २:८:३५
९ पुस काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङ घर भई ललितपुर बस्ने मानबहादुर गुरुङलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रिहाना एजुकेशन कन्सल्टेन्सीका सञ्चालक भन्दै उनले रु १० लाख ५० हजार ठगी गरेको महाशाखाले जनाएको छ । काठमाडौँ सामाखुशी बस्ने हुमलाल गुरुङसमेतका व्यक्तिहरुले उनी विरुद्ध दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप कारवाहीका लागि आज महानगरी प्रहरी परिसर टेकु बुझाइएको महाशाखाले जनाएको छ ।
ट्राफिक उज्यालो अभियान : पन्ध्रहजार कारवाहीमा
प्रहरीले ट्राफिक नियम उल्लङ्घन विरूद्ध चलाएको विशेष कार्यक्रम ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनाको आठ दिनमा मात्रै १५ हजार बढीलाई कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिँदै सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न शुरु उक्त अभियानका क्रममा यसरी सवारी चालकलाई कारवाही गरिएको हो ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सडक प्रयोगकर्तामा ट्राफिक नियमसम्बन्धी जिम्मेवारी बोध गराउने र कानून कार्यान्वयनका लागि विशेष कारवाही अभियान सञ्चालन हुनेगरी यही पुसबाट उक्त अभियान थालिएको थियो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढालले अभियानका क्रममा पुसको पहिलो हप्तामा मात्रै उपत्यकामा १५ हजार ४४४ सवारी चालक कारवाहीमा परेको जानकारी दिए ।
अभियानका क्रममा ढोका खुल्ला राखेर चलाउने एक हजार २२, सडकमा सवारी तथा पैदलयात्रीलाई आवतजावतमा अवरोध हुनेगरी पार्किङ गर्ने ९५०, हर्न बजाउने ५००, मापसे गरी सवारी चलाउने ७९०, लेन अनुशासन पालना नगर्ने ७९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ६७०, एकतर्फी सडकमा गाडी चलाउने १८९, जथाभावी सवारी मोड्ने २२९, बढी भाडा लिने २४४ चालक कारवाहीमा परेका छन् ।
यस्तै क्षमताभन्दा बढी यात्रु बोक्ने २८, सिसी टिभी हेरेर ५२९, जेब्रा क्रसिङमा सवारी नरोक्ने २९५, सवारी साधनको अवस्था ठिक नबनाई गाडी चलाउने ५७० चालकलाईसमेत कारवाही गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना गराइने जनाइएको छ । महाशाखाले मङ्सिर महिनामा ५३ हजार १९३ सवारी चालकलाई कारवाही गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार