तान्त्रिक पूजाका लागि भारत लान लागिएकी युवतीको उद्धार, सात पक्राउ
नेपालबहस संवाददाता
पुस १०, २०७६ शुक्रबार २:३२:२०
१० पुस एजेन्सी । मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर हुँदै भारत पु¥याएर तान्त्रिक पूजा गरेर बलि चलाउन खोजेको आरोपमा सातजनालाई काठमाडौँ र विराटनगरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह र ३५ वर्षीय उमेश माझी, दाङका २४ वर्षीय दिलकुमारी बुढामगर, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङका २३ वर्षीय प्रेममाया तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी रहेका छन् ।
परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा धादिङकी प्रेममाया तामाङले म्युजिक भिडियोमा मोडलिङ गर्न ६ फिट उचाई भएकी युवती चाहिने भनेर एक युवतीको हाइट नापेर विराटनगरमा रहेका उमेश शाहलाई पठाएर शाहको आग्रहअनुसार युवतीलाई विराटनगर हुँदै भारत लाने क्रममा पक्राउ गरिएको जानकारी दिएको हो ।
भारत लानुपूर्व काठमाडौँमा रहेकी पीडितयुवतीलाई पक्राउ परेकाले महिनाबारी भए नभएको, घाउ भए नभएको, शल्यक्रिया भए नभएको सोधेका थिए । पक्राउ परेकाले उक्त कुरा सोधेसँगै पीडित युवतीले प्रहरीलाई खबर गरेकी थिइन् ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पीडित युवतीको उजूरीकै आधारमा मानव बेचबिखन कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको बताए । पीडित युवतीले पुस ४ गते प्रहरीलाई जानकारी गराएसँगै प्रहरी पीडितको पिछा गर्दै विराटनगर गएको थियो । “पीडित युवतीलाई काठमाडौँबाट विराटगर जाने हवाई टिकट र खर्चसमेत पक्राउ परेका कृष्ण तामाङले पठाएको अनुसन्धानमा खुलेको छ,”–परिसर प्रमुख सुवेदीले भने ।
पीडित युवती पक्राउ परेकी दिलकुमारी बुढाको साथमा विराटनगर गएको अनुसन्धानमा खुलेको छ । हवाईजहाजबाट विराटनगर पुगेकी पीडित युवतीलाई कृष्ण तामाङ र उमेश शाहले भ्यानमा राखेर विराटनगर जलजलाचोकस्थित कालीमन्दिर धर्मशालामा लगेर राखिएको थियो ।
पीडित युवतीलाई विराटनगरबाट मोडलिङ गराउने भन्दै पूजाका सामान किनेर जोगबनी पारी लैजाने योजना बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको र पीडित महिलालाई उद्धार गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । “पक्राउ परेका व्यक्ति मोटो रकम पाउने आशामा युवतीलाई भारत लैजान लागेको अनुुन्धानमा खुलेको छ,”–उनले भने । घटनाको मुख्य योजनाकार दिलीप पोदार भएको परिसरले जनाएको छ । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये उमेश जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अपहरण, शरीर बन्धक तथा हातहतियार तथा खरखजना मुद्दामा धरौटीमा छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ । पक्राउ परेकासँग प्रहरीले रु एक लाख नौ हजार ५०० नगद, विभिन्न बैंकको नौ लाख एक हजार बराबरको चेक, कालो रङ्गको धागो, गेरु रङको कपडा, कालो धागोले बाँधेको दुई जन्तर र तान्त्रिक पूजाका सामाग्रीलगायत बरामद गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार