आजदेखि एसएसपीसहित ३४ सिनियर अधिकृतले अवकाश पाउँदै
नेपालबहस संवाददाता
पुस ११, २०७६ शुक्रबार १७:५१:२९
११ पुस काठमाडौं । ३० बर्षे सेवा अवधिका कारण नेपाल प्रहरीमा दुई प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ सहित ३४ सिनियर अधिकृतले आज शुक्रबारदेखि अवकाश पाउने भएका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ द्वय बिभुतिराज पाण्डे र भोजजंग शाहसहित ३४ जना सिनियर अधिकृतले ३० बर्षे सेवा अवधिको कारण शुक्रबारदेखि अवकाश लिन लागेका हुन् ।
अवकाश पाउनेहरुमा प्रहरी उपरीक्षक ‘एसपी’ हरु राजकुमार लम्साल, अच्युतप्रसाद पुडासैनी, बिद्यानन्द माझी, प्रहरी नायब उपरीक्षक डीएसपीहरु शिवराज बस्नेत, मनोहरराज श्रेष्ठ, सुभाष गैह्रे, प्रदीप डिसि, रामशंकर कोहार, कृष्णदत्त भट्ट, बिनोदबिक्रम शाह, विनोद खड्का, कृष्णगोपाल पनेरु, कृष्णराज सापकोटा, कृष्णसुन्दर बिष्ट, चिनकपुर गुरुङ, निर्मल लामा लगायत छन् ।
त्यस्तै प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’ बिष्णुप्रसाद पोखरेल, योगेन्द्रबहादुर हमाल, हरीदास श्रेष्ठ, राजेश राई लगायतले समेत शुक्रवारदेखि अनिवार्य अवकाश पाउदैछन् ।
शुक्रबारदेखि अवकाश पाउने एसएसपी सहित ३४ जना अधिकृतहरु २०४६ पुस ११ मा प्रहरी सहायक निरीक्षक ‘असई’ बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार