बजार करिब ५ अंकले घट्दा, बिक्री चाप आएकै हो ? के देखाउँछ प्राविधिक विश्लेषणले
आर्थिक संवाददाता
पुस १३, २०७६ आइतबार २२:२:५१
१३ पुष, काठमाडाैं । साताको पहिलो कारोवार दिन दोश्रो बजारले लगानीकर्तालाई निराश बनाएको छ । दोश्रो बजार सामान्य ४ दशमलव ९९ अंकले घटेको छ भने कारोवार रकम ४२ करोड २४ लाख पुगेको छ ।
दोश्रो बजार परिसूचकमा ० दशमलव ४३ प्रतिशतको गिरावट देखिएको छ । दोश्रो बजार करिब ५ अंकले घट्दै ११६२ दशमलव ४३ को विन्दुमा बन्द भएको छ । आज १८१ कम्पनीका १५ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बजार मूल्यमा सर्किट लागेसँगै ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक वृद्धि देखियो । ट्रेडिङ्ग उपसुचकमा ७ दशमलव ९ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै जीवन बीमा कम्पनीहरुको उपसुचकमा १ दशमलव ४३ प्रतिशतको वृद्धि देखियो ।
आज ट्रेडिङ्ग उपसुचक, फाईनान्स उपसुचक, अन्य उपसुचक र जीवन बीमा कम्पनीहरुको उपसुचकमा मात्र वृद्धि देखिएको छ । आज म्युचुअल फन्ड उपसुचकमा सर्वाधिक १ दशमलव ९२ प्रतिशतको गिरावट देखिएको छ ।
बजारले उच्च विन्दु ११ बजेर ०९ मिनेटमा समातेको थियो । बजारको आजको उच्च विन्दु ११६७ दशमलव ३४ रहेकोमा बजारले २ बजेर ४३ मिनेट जाँदा ११५९ दशमलव २१ को न्यून विन्दु समातेको थियो ।
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक गुमाउनेको सुचीमा सबैभन्दा माथि प्रोग्रेसिभ फाईनान्स रहेको छ । प्रोग्रेसिभ फाईनान्सको बजार मूल्य ६ दशमलव ६६ प्रतिशतले घटेको छ ।
हेरौं सर्वाधिक कमाउने ५ कम्पनी:
हेरौं सर्वाधिक गुमाउने ५ कम्पनी:
नेपाल लाईफ इन्स्योरेन्सको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । नेपाल लाईफ इन्स्योरेन्सको ४ करोड ८४ लाखको शेयर खरिदबिक्री भएको छ । आज ९ वटा कम्पनीको १ करोड माथिको शेयर खरिद बिक्री भएको छ ।
प्राविधिक विश्लेषण:
पहिलो प्रतिरोध : ११७५ देखि ११८२ को क्षेत्र
पहिलो टेवा : ११५०
- आज नेप्से सामान्य टेवा क्षेत्रभन्दा तल रहेको छ । यसले बजारमा बिक्रेताको चाप रहेको जानकारी दिएको छ । कारोबार रकम पनि घटेको छ ।
- आजको बजारले बियरिस मैनबत्ती आकृति बनाएको छ । यसले बजारमा आपूर्ती बढी रहेको जानकारी गराउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ५९ दशमलब ३३ को बिन्दुमा छ । आरएसआई अक्सिलेटरले बजारमा विक्रेताको चाप केहि बढी रहेको जानकारी गराएको छ ।
- जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा पुन विक्रेताको चाप हुन थालेको देखाएको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले पनि बजारमा अब विक्रेताको चाप हुन सक्ने संकेत गरे पनि नेप्सेको प्रवृत्तिले हालसम्म समर्थन गरेको देखिन्दैन ।
- नेप्से बढेमा पहिलो प्रतिरोध ११७५को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११५० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार