कुलोको पानीबाट घट्ट, बत्ती र सिँचाइ : स्थानीबासी खुशी
नेपालबहस संवाददाता
पुस २०, २०७६ आइतबार १५:१९:२६
२० पुस सिञ्जा । तिला गाउँपालिकाको दुर्गम पुरुगाउँमा एउटै कुलोको पानीबाट घट्ट सञ्चालन, बिजुली बत्ती निकाल्न तथा सिँचाइमा प्रयोग गरिएको छ ।
बत्ती बलेपछि गाउँ झिलीमिली भएको छ । वन तथा बातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमअन्तर्गत स्थानीय संस्था पेस नेपालले ‘खाद्य सुरक्षा र जलवायु अनुकूलताको क्याप्स कर्णाली’ परियोजनाअन्तर्गत सो कार्य सम्पन्न भएको हो । गाउँको १६ हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको वडा नं ७ का वडाध्यक्ष सन्तवीर रावतले जानकारी दिए । उनका अनुसार सोही कुलोबाट ११ किलोवाट बिजुलीसमेत निकालिएको छ ।
जम्मा ११८ घरधुरी रहेको सो गाउँमा पक्की कुलो निर्माणपछि बिजुली बत्ती निकालिएको लसुनडाँडी बहुउद्देश्यीय सिँचाइ योजनाका सचिव नरेन्द्र विकले जानकारी दिए। उनका अनुसार सिँचाइ, बत्तीसँगै घट्ट पनि सञ्चालनमा ल्याउने तयारी थालिएको बताए । रु ५२ लाख लागतमा कुलोको निर्माण सम्पन्न भएको पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानले जानकारी दिए। गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले सिँचाइ, बिजुली र घट्टले आर्थिक जीवन माथि उकास्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार