सवारी दुर्घटना : ५ को मृत्यु, २३ जना घाइते
नेपालबहस संवाददाता
पुस २०, २०७६ आइतबार १९:२८:८
२० पुस काठमाडौं । रुकुम ‘पश्चिम’, झापा, म्याग्दी र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।
रुकुम ‘पश्चिम’, त्रिबेणी गाउँपालिका-४ खुम्चेरीस्थित सडकमा सोही गाउँपालिका-७ मा रहेको साधारण उच्च माध्यामिक बिद्यालयमा राष्ट्रपति रनिङ सिल्ड खेलमा सहभागी भएका बिद्या बिकास माध्यामिक बिद्यालय जिवाङ र अन्धानाशक माध्यामिक बिद्यालय खुम्चेरीका बिद्यार्थीहरु बोकि जाँदै गरेको लु.१ त ९५९० नम्बर ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेर शनिबार बेलुका दुर्घटना हुँदा विद्या बिकास माध्यामिक बिद्यालय जिवाङमा अध्ययनरत १८ वर्षीय दल बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य २० जना विद्यार्थीहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएकोमा ४ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
झापा, दमक नगरपालिका-५ क्याम्पसमोडस्थित सडकमा बीआर ०१ जीएच ८७८८ भारतीय नम्बरको ट्रकले मे.१ ह ४९१९ नम्बरको अटो रिक्शालाई शनिबार बेलुका ठक्कर दिँदा अटो रिक्शा चालक दमक नगरपालिका-९ बस्ने ३९ वर्षीय हरि भुजेल र सोही स्थान बस्ने २४ वर्षीय सुरज साहको घटनास्थमलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ३ जनालाई लाइफ लाईन अस्पताल दमक पठाएकोमा २ जना उपचारपछि डिश्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
म्याग्दी, अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित निलगिरी हाईड्रोपावरमा शनिबार साँझ डम्परले भिरमा माटो फाल्दै गर्दा करिब ५० मिटर तल पल्टिएर गम्भीर घाइते भएका डम्पर चालक नवलपरासी घर भएका २८ वर्षीय भगवन्त कुमार चौधरीको उपचारको लागि जिल्ला अस्पताल म्याग्दी तर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकस्थित सडकमा शनिबार दिउँसो भे.१ त ३२३० नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही स्थान बस्ने सुरज कुसबन्दियाको ५ वर्षीय छोरा काला कुसबन्दियाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटना भएका स्थानहरूमा तत्काल खटिगएको स्थानीय प्रहरीले उद्धार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ
मंसिर १७, २०८१ सोमबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार