उच्च सैन्य कमाण्डर सुलेमानीको अन्तिम बिदाईमा लाखौँको भिड
नेपालबहस संवाददाता
पुस २२, २०७६ मंगलबार १४:३९:१२
२२ पुस एजेन्सी । अमेरिकाले इराकमा गरेको हवाई आक्रमणमा परि मृत्यु भएका इरानका उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको अन्तिम बिदाईमा लाखौं मानिस सहभागी भएका छन् ।
इरानको राजधानी तेहरानमा सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीको नेतृत्वमा भएको अन्तिम बिदाई प्रार्थनासँगै भएको इरानको विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमुख मेजर जनरलको शव यात्रामा लाखौं मानिस सहभागी भएका हुन् । इरानले सुलेमानीको हत्याको ‘कठोर बदला’ लिने बताएको छ । इरानले आइतबार सन् २०१५ मा भएको परमाणु सम्झौताबाट पूर्ण रुपमा बाहिरिएको घोषणा पनि गरेका थियो ।
६२ वर्षका सुलेमानीको नेतृत्वमा मध्य पूर्वमा इरानको प्रभाव बलियो बन्दै गएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकाले गएको शुक्रबार गरेको हवाई आक्रमणमा इराकको राजधानी बग्दादस्थित विमानस्थलबाट बाहिरिँदै गरेका सुलेमानीको मृत्यु भएको हो ।
अमेरिकाले उनलाई आतंककारीको रुपमा लिने गरेको थियो । तर इरानमा भने सुलेमानीलाई राष्ट्रिय नायकका रुपमा ग्रहण गरिन्छ । उनलाई सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीपछिका दोस्रो प्रभावशाली व्यक्तिका रुपमा लिने गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार