राष्ट्रनिर्माताको नालीबेली समेटिएको पहिलो भीमकाय ग्रन्थ बजारमा, ४४३ जना लेखकको नामावलीसहित
नेपालबहस संवाददाता
पुस २५, २०७६ शुक्रबार १८:५८:१०
२५ पुष, काठमाडौं । आजको नेपाल विश्व मानचित्रमा चिनाउन सिङ्गो जीवन नै दाउमा लगाउने नेपाल एकीकरणका मुख्य पात्र एवं राष्ट्रपिता बडामहाराजधिराज पृथ्वीनारायण शाहदेवको जीवनीमा आधारित भएर लेखिएको ‘अनेकौंका दृष्टिमा राष्ट्रनिर्माता’ ग्रन्थ बजारमा आएको छ । आर्मी अफिर्सस क्लब भद्रकालीको सभामण्डपमा आयोजित विशेष र भव्य कार्यक्रमका बीच पुष २४ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सो ग्रन्थ विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले नेपाल कसरी एकीकरण भयो त्यसको विश्लेषण गर्नु प्रत्येक नेपालीको कर्तव्य भएको बताए । उक्त लोकार्पण कार्यक्रममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले स्वागत मन्तव्य राखेका थिए । इतिहासकार दिनेशराज पन्तले नेपालको पुनः एकीकरणको काम पुथ्वीनारायण शाहदेवले गरेकाले आज हामी नेपाली भनेर शिर ठाडो बनाउन सकिएको उल्लेख गर्दै यो पुस्तक हरेक नेपालीका लागि उत्तिकै महत्वको रहेको उल्लेख गरे ।
कार्यक्रममा पूर्वरथी अमर पन्तले नेपाललाई साझा फूलबारी बनाउने पृथ्वीनारायण शाहदेव बहुआयामिक व्यक्ति भएको भन्दै इतिहासलाई जीवन्त राख्ने काम पुस्तकले गरेको बताए । उनले वर्तमान समयमा सीमा मिचिएको बेला पुथ्वीनारायण शाहदेवको योगदान स्मरणीय रहेको उल्लेख गर्दै देशको सीमा जोगाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका थिए ।
कार्यक्रममा पूर्वमन्त्रीहरु, पूर्वउपकुलपतिहरु, पूर्वआयुक्तहरु तथा सचिवहरु, पूर्वप्रधानसेनापति तथा रथीवृन्दहरु, नेपाली सेनाका वहालवाला रथीवृन्द तथा अधिकृतहरु, पत्रकारहरु लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
प्रकाशकको भनाई :
पुस्तक लोकार्पणको क्रममा बोल्दै प्रकाशक एवं प्रधानसम्पादक हरिप्रसाद सोडारीले भने : – “नेपालले विश्वलाई महापुरुष देखाउनु पर्छ भने सबैभन्दा पहिलो गौतम बुद्ध हुन् त्यसपछि पृथ्वीनारायण शाहदेव नै हुन् । हाम्रो यस भारत खण्डमा त्यस्ता दुई ठूला युद्ध भए, त्यसपछि भने ज्ञान जन्मियो । महाभारतको युद्धपछि गीता जन्मियो भने नेपाल एकिकरणको अभियानकै क्रममा पृथ्वीनारायण शाहको अन्तिम–अन्तिम समय, देहवशानका क्षणमा दिव्योपदेश जन्मियो ।”
“उनले जे–जे कुरा यस उपदेशमा भनेका छन् वर्तमान नेपालमा पनि अनुशरणीय छन् । उनले भनेका थिए, प्रजा मोटा भए दरबार बलियो हुन्छ । तर आज हामी कर तिर्न नसकेर बाँच्नु परेको विवशता र अवस्था छ । उनले भनेका थिए, दक्षिण तिरको बादशाहसँग सचेत रहनुपर्छ । कुल र मुल कहिल्यै नभुल । जीवन समर्पण गरेर एकीकरण अभियानमा होमिएका भाइलाई समेत उनले देश निकाला गरे ।” एकिकरण अभियानमा होमिएका सहोदर भाइहरुले राज्य अंशस्वरुप मागेपछि उनले परिवार मोहबाट उठेर भाइहरुलाई पनि देश निकाला गरेको प्रसंग औंल्याए ।
शाहदेवले राज्य जोगाउने काम गरेर नै आजको नेपाल विश्व मानचित्रमा रहेको उल्लेख गरे । उनी एक योद्ध मात्र नभएर उनले तन्त्रलाई कसरी प्रयोग गरे ? आफ्नो सैनिकको मनोवल कसरी उच्च बनाउने ? विद्य्वानको ज्ञानलाई कसरी सदुपयोग गर्ने ? जनतालाई कसरी उपयोग गर्ने ? भन्नेबारे समग्रमा ज्ञान पृथ्वीनारयण शाहबाट लिन र सिक्न सक्नुपर्ने कुरा उल्लेख गरे । पृथ्वीनारायण शाहदेवले हिमवत खण्डको एकिकरणमा हार भोगे तर कुनै विदेशीसँग उनले हार भोग्नु परेन ।
कृतिमा पूर्खा र इतिहास, परिचय, व्यक्तित्व र जीवनी, शिक्षा र गोत्र, व्यक्तिगत सम्बन्ध, दैवीशक्ति, ज्योतिष र आयुर्वेद, युद्ध र सन्धि, बहुपक्ष, धर्म, कूटनीति, परराष्ट्र र युद्धनीति, न्याय, अर्थ र विकासनीति, सुशासन र शासनप्रणाली, दिव्योपदेश, पृथ्वीनारायणको योगदान, आरोपहरु, विभिन्नसँग तुलना, संगीत र साहित्य, वर्तमान सान्दर्भिकता, पृथ्वीजयन्ती र गोरखा र कोट खण्डमा लेख विभाजित छन् ।
न्याय, सेना, परराष्ट्र नीति, तन्त्रको ज्ञान लगायत धेरै र फरक–फरक क्षेत्रका मानिले फरक–फरक पाटोमा लेखेको कुराहरु यस पुस्तकमा रहेको बताए । २६३१ पृष्टमा खाका तयार भएको यस पुस्तक १४०४ पेजमा तयार हुन पुगेको तितो यथार्थ सुनाए । यो चार सय ४३ जना लेखकको एउटै पुस्तक बनेको छ । जयस्थिती मल्ल, राम शाह, महेन्द्र मल्लको थिती हेरेँ भन्ने पृथ्वीनारायण शाहको वाणीलाई समेट्ने गरी उनले लेखेको व्रतरत्न माला नामक पुस्तक र उनले दिएको दिव्योपदेश पनि यस ग्रन्थमा समेटिएको प्रकाशक हरिप्रसाद सोडारीले बताए ।
बाबा नरभुपाल साहिक दुहाई, गाेरखनाथ भजन र फिरंगानते फिरंगी भन्ने फुटकर रचना पनि यस ग्रन्थमा समेटिएको छ । पृथ्वीनाराण शाहले जुन–जुन कोतमा गएर युद्ध गरेका थिए सकेसम्म ती कोतका फोटाहरु पनि प्रकाशक आफैँ गएर खिचेको र यस पुस्तकमा समेटिएको कुरा उल्लेख गरे । काल्पनिक कारणले गर्दा इतिहास ओझेलमा नपरोस् भन्नका लागि यो मिहेनत गरिएको उनले बताए । राज्यको माथिल्लो निकायले गर्नुपर्ने काम एक व्यक्तिको प्रयासले समग्रमा समेट् खोज्दा खोज्दै पनि केही कमी भएको हुनसक्छ तर त्यसतर्फ भने क्षमायाचनासहित गौरवको अनुभुति गरे ।
आगामी दुई वर्ष पछि पृथ्वीनारायण शाहको तीनसयौं वार्षिक उत्सवको अवसर पारेर नेपाली नोटमा उनको तस्वीर राख्न पनि माग गरे । जसरी विदेशमा राष्ट्रपितालाई मान्ने र पुज्ने चलन छ, नेपालमा पनि सरकार र नागरिकले श्रद्धा र आदर गर्नुपर्ने उल्लेख गरे ।
ग्रन्थका प्रकाशक एवं प्रधान सम्पादक हरिप्रसाद सोडारीले पुस्तकको विषयमा संक्षिप्त जानकारी गरएका थिए । आफ्नो कालमा केही त्रुटी गरेपनि नेपाल एकीकरणमा महत्वपूर्ण योगदान गरेकाले उनको बहुआयामिक पक्ष पुस्तकमा समेटिएको उनले जानकारी गराए ।
सोडारीले चार सय ४३ लेखकले शाहदेवबारे लेखेका लेखलाई संग्रहका रुपमा प्रकाशनमा ल्याएको बताए । उनले भने, ‘सानैदेखि पृथ्वीनारायणबारे केही गर्नुपर्छ भन्ने लागेको थियो, दिव्योपदेश पढेपछि र स्वामी डा. प्रपन्नाचार्यसँगको डेढ दशकको संगतले यो कृति तयार पार्ने प्रेरणा पाएको हुँ ।’
राष्ट्रनिर्माता शाहको २९८ औं जन्मजयन्ती र राष्ट्रिय एकता दिवसका अवसरमा उक्त कृति विमोचन गरिएको हो । कृति तयार पार्न तीन वर्ष लागेको उनको भनाइ छ । अंग्रेजीमा लेख र उनीबारेका कविता पनि छन् भने शाहले रचेका कविता र उनीसँग सम्बन्धित तस्बिर पनि छन् । कृतिमा विभिन्न राजाका कानुन र विभिन्न राज्य र राजाबारे पनि उल्लेख छ । चौध सय पृष्ठको कृतिको मूल्य पाँच हजार रुपैयाँ छ ।
प्रधानसेनापतिको मन्तव्य
उक्त कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहदेवको अतुलनीय योगदान रहेको बताउँदै खोजपूर्ण लेखहरु सङ्कलन गरी प्रकाशित उक्त ग्रन्थले नेपालको इतिहासको जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको हैसियत दिन वर्तमान शासक एवं सरकारले कञ्जुस्याई गरिरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई राष्ट्रका लागि प्रेरणाको स्रोतको संज्ञा दिएका छन् । २०६३ को राजनीतिक परिवर्तनपछि सरकारले पृथ्वीनारायण शाह जयन्तीलाई दिँदै आएको राष्ट्रिय एकता दिवसको हैसियत खोसेको थियो । प्रधानसेनापति थापाले वडामहाराज पृथ्वीनारायण शाह कुशल राष्ट्र निर्मातासँगै विशिष्ट सैन्य योजनाकार रहेको समेत बताएका थिए ।
आर्मी क्लबमा बिहीबार श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको २९८ औँ जयन्तीका अवसरमा राष्ट्र निर्माता बारेको ग्रन्थका बारेमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई पुस २७ गते मात्र सम्झिनु पर्याप्त हुँदैन । उनी ३६५ दिन नै हाम्रा राष्ट्रियताका प्रेरणाका श्रोत हुन् ।’
उनले नेपाली नागरिकलाई एकीकरण अभियानको भौतिक अनुभूति प्रदान गर्दै राष्ट्रिय एकता अभिवृद्धि गर्ने अभिप्रायका साथ नेपाली सेनाको पहलमा एकीकरण मार्ग कार्यक्रम (Unification Trail) थालिएको जानकारी दिँदै थापाले नेपाल एकीकरणका दौरान प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास र ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्द्धनका कार्यक्रम सेनाबाट शुरु गरिएको उल्लेख गरे । नेपाली सेनाको पहलतामा नेपाल एकीकरणका दौरान प्रयोग भएका पदमार्ग तथा एकीकरण अभियानसंग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरहरुको संरक्षण, सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यका साथ कार्यान्वयनका लागि व्यापक तयारी सुरु गरेको साे अवसरमा जानकारी दिए ।
लेखक र उनीहरूले रचना गरेकाे लेखका शिर्षाकहरू
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार