लगातारको हिउँदे वर्षाले किसान हर्षित
नेपालबहस संवाददाता
माघ ४, २०७६ शनिबार १९:५४:२८
४ माघ महोत्तरी । लगातारको हिउँदे वर्षाले बालीनाली राम्रो हुने आशले महोत्तरीका किसान हर्षित भएका छन् ।लगातारको वर्षाले जाडो बढाएर बाटोघाटो हिलाम्य भए पनि फसल ‘बाली’ राम्रो हुने आशले यहाँका किसानमा खुशी छाएको हो ।
“पानी परी रहेपछि जाडो बढाउनसँगै बाटोघाटो हिलाम्य भएर हिँड्डुल गर्न त सकस बढेको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराका ७० वर्षीय किसान रामऔतार सिंह थारूले भने, “तर महिनैपिच्छे परेको हिउँदे वर्षाले बालीनाली भने राम्रो फस्टाउने आश छ ।”
महोत्तरीसहित मध्यपूर्वी तराईमा मंसिर निगल्दोयता तीनपटक राम्रो वर्षा भएको छ । “गहुँ छर्न चिस्यान नभएर छट्पटाइएका बेला मङ्सिर निगल्दो पानी प¥यो”, भङ्गाहा–४ कै रामनगर बस्तीका अर्का किसान बृदेबसिंह दनुवारले भने, “त्यसपछि पुस तेस्रो साता र तिलासक्रायत ‘माघ सङ्क्रान्ति’ पर्वलगत्तै यसपालि हिउँदमा तीनपटक पानी परी सक्यो, हिउँदे बालीलाई चाहिँदो चिस्यान भएपछि अब राम्रो उब्जने आश जागेको छ ।”
यसपालि मङ्सिर निगल्दो, पुस तेस्रो साता र माघमै राम्रो वर्षा भएपछि दलहन ‘अरहर, बदाम, मुसुरो र केराउसहितका कोसेबाली’, उखु, गहुँ र फलपूmल ‘आँप, लिची, सपाटो, रूखकटहरसहित’ लाई राम्रो चिस्यान भएको किसानको ठहर छ । अनुकूल वर्षाले बालीनाली राम्रो भएपछि अन्य आइपर्ने दुःख सामान्य झैँ हुने किसान बताउँछन् ।
महोत्तरीमा करीब ७२ हजार हेक्टर खेतीपातीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र स्थायी सिँचाइ ‘कुलो, नहर लाग्ने’ जग्गा छ । धेरैजसो जग्गामा आकासेपानीकै भरको खेती गर्नुपर्दा ठीक समयमा परेको पानी किसानलाई अमृत बर्सेजस्तै हुने गरेको गौशाला नगरपालिका–८ का बिल्टु सादामुसहरले बताए ।
मंसिर निगल्दो ‘अन्तिम साता’ यता माघ पहिलो साताभित्र यसपालि ४० दिनभित्र तीनपटक माटो गालेर पानी परेको छ । पछिल्लो पटक शुक्रबार परेको पानीले त कैयौँ सडक हिलाम्य भएका छन् । यद्यपि जिल्लाका किसान भने सडक हिलाम्य वर्षाले नभई आफ्नै प्रतिनिधिको लापर्वाही र उदासीनताले भएको बताउँछन् ।
“वर्षा त हाम्रो जीवन हो, यो बिना जीवन चल्दैन”, औरही नगरपालिकाको चेप्कट बस्तीका पुराना राजनीतिक एंव सामाजिक कार्यकर्ता दुर्गाप्रसाद उपाध्यायले भने, “स्थानीय तहका जनप्रतिनिधि बाटोघाटो बनाउन, मर्मत गर्न र पानी बग्ने कुलेसा बनाउन लागेनन् भनेर पानी पर्न त छाड्नु भएन नि १”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार