किसानको बक्यौता रकम भुक्तानी नगर्ने उद्योगीको बैंक खाता रोक्का
नेपालबहस संवाददाता
माघ ८, २०७६ बिहिबार २:३९:४४
८ माघ काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीको बैंक खाता रोक्का गर्न पत्राचार गर्ने भएको छ ।
मन्त्रालयले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै अन्नपूर्ण, इन्दिरा सुगर मिलको आर्थिक कारोवार रोक्का गर्ने प्रक्रिया सुरु भएको जनाएको हो । त्यस्तै दुई मिलले पाउने सरकारी सुविधा पनि रोक्का गरिएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।
त्यस्तै लुम्बिनी मिलको खाता रोक्का गर्न पत्राचार गरिएको उनले बताए । यता, माघ ७ भित्र उखु मिलले किसानलाई तिर्नु पर्ने १ अर्ब बक्यौता दिलाउँछौँ भनी सरकारले सम्झौता गरेपनि किसानले रकम पाउन सकेका छैनन । पाउनु पर्ने बक्यौता रकमको माग गर्दै विभिन्न जिल्लाका किसानहरुले काठमाडौंमा प्रदर्शन गरेपछि पुस १८ मा सरकार र उखु किसानबीच सम्झौता भएको थियो । उक्त पाँच बुँदे सम्झौताको समय मंगलबारदेखि सकिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार १५ करोड ७५ लाखमात्रै बक्यौता रकम किसानहरुले पाएका छन् । प्रवक्ता भट्टराईले मन्त्रालयको सम्पर्कमा नरहेका उद्योगीहरुलाई सम्पर्कमा ल्याइदिन गृह मन्त्रालयलाई पनि पत्र पठाइएको बताए । मन्त्रालयकाअनुसार अन्य १० वटा चिनी मिलबाट लगभग १ अर्ब बक्यौता रकम उठ्न बाँकी छ ।
महालक्ष्मी सुगर मिलले किसानलाई १० करोड ९० लाख, अन्नपूर्ण मिलको ३८ करोड , श्रीराम सुगर मिलको २६ करोड, ७७ लाख, इन्दिरा सुगर मिलको १० करोड ४८ लाख, बाबा बैजुनाथ मिलको २५ लाख ५६ हजार, लुम्बिनी चिनी मिलको १० करोड ७४ लाख, महाकालीको ६२ हजार, एभरेस्टको ७ करोड ३९ लाख र वाग्मती खाडसारीको ८ करोड ४१ लाख गरी बक्यौता तिर्न बाँकी छ ।
त्यस्तै हिमालय सुगर मिल, इन्दुशंकर चिनि मिल, इष्टन चिनि मिल, रिलाईन्स चिनि मिल र भागेश्वर चिनि मिलको भने सवै भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार