भारी बोक्नै नसक्ने भरिया जस्ताे नेतृत्व
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार १८:५५:२९
♦ यज्ञप्रसाद भट्टराई
१२ माघ, काठमाडाैं । हे नेपाल आमा ! तिमीलाई कोटी–कोटी नमन छ । आज हामी तिम्रै काखमा नेपाली भएर गर्व गरेर हिँड्न पाएका छौ । तिमीले साँची दिएको हिमाल देखाउँदै विश्वसामु शिर ठड्याएर बोल्न पाएका छौं । पहाडका तरेलीहरु अनि तराईका समथर हरिया फाँटहरुमा मोतीका दाना झुलाउँदै नेपाली आमाका सन्तान हुन पाएकोमा गर्वले छाती फुलाउन पाएका छाैं । बुद्ध जन्मिएको देशमा बसेर विश्वलाई शान्तिको सन्देश दिन सफल भएका छौं ।
आमा, तिमीलाई थाहा छ अहिले तिम्रो देश रोईरहेको छ । हजाराैं तिम्रा सन्तानहरुको आर्तनादले तिम्रो मुलुक शमशान झैं देखिएको छ । अहिले देश विक्षिप्त बनाईएको छ । आर्थिक अवस्था धरासायी छ । देशमा गुण्डाराज चलिरहेकोले जताततै अन्याय छ, शोषण छ, हत्या र बलात्कारको कालोबादल अझै मडारिरहेको छ । आमा ! तिम्रो देश नेपाल अहिले निस्कनै नसक्ने गरी दलदलमा फसेको छ । अझ भनौं बलौटे धापमा फँसेको छ ।
जति निस्किन खोज्यो उति गहिराईमा भासिन थालेको छ । के कुरा गर्नु र आमा ! बिहान स्कूल जान निस्किएकी छोरी बेलुका घर नआउञ्जेल आँखा बाटामै बिस्कुन लगाउनु पर्ने अवस्था छ । छोरो तिमीलाई खुशी राख्न, परिवारको जाउलो जोहो गर्न खाडीमा बेल्चा हान्दै छ । गरिब देशका रोगी नेता पाल्न पनि कलकलाउँदा छोराछोरी विदेश पठाउनै पर्यो । सके रेमिट्यान्स पठाउँछ नसके बिदेशीले नै टिनको बक्सा पठाउँछ । बक्सामा छोरो आउछ आमा, तर जिउँदो हैन मरेको । तर नेतालाई कुनै फरक पर्दैन, भन्छ कालो गए गोरो आउँछन् । यसले भन्दा अर्कोले अझै धेरै रेमिट्यान्स ल्याउँछ ।
आमा ! अहिले तिम्रो देशमा नयाँ राजनैतिक ब्यवस्था आएको छ । नयाँ ब्यवस्थाले नयाँ नयाँ कानूनहरु ल्याएको छ । पहिला पढेलेखेकाले रोजगारी पाउँथे अहिले गनवादले रोजगार हत्याएको छ । पहिला सरकारले जनताको औषधी उपचार गर्दथ्यो अहिले जनताले नेताको औषधोपचारको ब्यवस्था मिलाउन विदेशबाट रेमिट्यान्स पठाउनु पर्छ ।
पहिला अपराधीहरु सजायको कठघरामा उभ्याईन्थे अहिले अपराधीहरुले निरपराधलाई खुलेआम चुनौति दिन्छन् । जनताको घरजग्गामा नेताका धुपौरेहरु किल्ला गाड्छन् । पहिला खुल्ला चौरमा सरकारले बिरुवा रोप्थ्यो अहिले बालुवाटार र टुँडिखेलमा नेताका भतुवाहरु घर ठड्याउँछन् । अपराधका दर्जनौं मुद्धा बोकेका व्यक्ति नै प्रधानमन्त्री, मन्त्री र सांसद हुन्छन् । ब्यवस्था तेसै फेरिएको हैन रहेछ नेपाल आमा, पढनेले रोजगार पाउने, रोगीले औषधोपचार पाउने, असहायले साहारा पाउने र अपराधीले दण्ड पाउने नियममा परिवर्तन भएको छ ।
तिमीलाई थाहा छैन होला आमा ! अहिले अपराधीले पद पाउछन्, निरपराधले मुद्धा खेपेर अदालत धाउछन् । देशमा ज्यानमार्ने र बलात्कार गर्ने अभियोग नलागेको ब्यक्तिले उच्च ओहोदामा नियुक्ति नै पाँउदैन । सहि बोल्ने र सहि काम गर्नेले दण्डित हुनुपर्छ कि भनेर डराई डराई बोल्नुपर्ने अवस्था छ ।
विकास त कति हो कति ? आमा ! अहिले महिना महिनामा रेल आउछन्, पानीजहाज चढेर प्रशान्त महासागर घुम्न पाईन्छ । सुन खानी र नुन खानीबाट निस्किएको उत्पादनले पुरै दक्षिण एशिया ढाकेको छ । पहिला नेपालीले पसिना बगाउँथे अन्न उब्जाउँथे अहिले नेताले भूमाफिया जन्माउँछ, राष्ट्रिय सम्पदा बेच्छ अनि भाडामा लगाउँछ ।
मेरो बिन्ती छ एकपटक फेरी हामीलाई बुद्ध जन्माईदेउ । शान्तिको बिगुल फुक्ने साहसी नेपालीको छोरो जन्माईदेउ । बन्दुक बोकेर हामीलाई तर्साउनु तर्साईसके, लाठी र मुङ्ग्राले भकुर्नु भकुरी सके । घरका चामल मकै लुटेर नपुगेर, खोरका बाख्राले नपुगेर राष्ट्रिय निकुञ्जका बाघ, हरिण र चित्तल हराउन थालिसके ।
विकासको फड्को अति ठूलो छ आमा, रेलमा चढेर उत्तरको हिमाली ऋृङ्ग्खला एकैछिनमा पार गर्दै पुरै चीन घुमेर बेलुका बास बस्न तिम्रै काखमा आउन पाईन्छ । काठमाडाैंमा मेट्रो रेल र विद्युतिय बस चल्नाले वातावरण मल्लकालिन अवस्थाको छ । विकास किराँतकालिन, आर्थिक उन्नति र प्रगति चाणक्यकालिन !!
आमा ! सबै राम्रो छ अहिले देशमा । समय पनि तिमी हुँदाको झैं एकैनाशको चलिरहेको छ । मात्रै तिमी छैनौं अरु त बिहान ५ बजेनै घाम उदाउँछ । दिनभरी उज्यालो हुन्छ बेलुका घाम अस्ताउँछ । अनि राती हुन्छ । फेरि भोलि बिहान भैहाल्छ । सबै नेपालीलाई सञ्चै छ । केहि नेताहरुमात्रै बाह्रमासे बिरामी छन् । एउटै मात्र बिसंतोक छ आमा ! तिमीले जेट विमान त दियौं तर पाईलट बिरामी दियौं । पाईलट डरलाग्दा दियौं । बल्ल-बल्ल ल्याएको जेट बिमानमा पाईलट देख्यो कि जनता जेट बिमानमा चढनै मान्दैनन् ।
एउटै जेटमा कोही ५ हजार चढाउछु भन्छन् कोही अझै बढी । जेट बिमान खरिदमा भन्दा ड्राईभरको औषधोपचारमा मुलुक चुर्लुम्म डुब्ने भो आमा ! कोही भाग नपुगेर मधेस तिर झरिसके । कोहि अझै घुर्की लाउँदै पुरानै पेशामा छन् । खै आमा ! कहिले सबै नेपाली एक भएको देख्न पाईने हो ?? एउटै मालामा उनिएर विश्वलाई चुनौति दिने वीर नेपाली भएको सुन्न पाईने हो ?? सन्तान त असाध्यै धेरै जन्मायौ आमा ! तर विदेशीको गोटी नबनी बिदेशीको गुलाम नबनी, बिदेशीको हली नबनी, विदेशीलाई प्रभू नभनी, देशकै भलाईका लागि काम गर्ने एउटा पनि असल सन्तान अझै जन्माउन सकिनौं आमा ???
लौन आमा ! मेरो बिन्ती छ एकपटक फेरी हामीलाई बुद्ध जन्माईदेउ । शान्तिको बिगुल फुक्ने साहसी नेपालीको छोरो जन्माईदेउ । बन्दुक बोकेर हामीलाई तर्साउनु तर्साईसके, लाठी र मुङ्ग्राले भकुर्नु भकुरी सके । घरका चामल मकै लुटेर नपुगेर, खोरका बाख्राले नपुगेर राष्ट्रिय निकुञ्जका बाघ, हरिण र चित्तल हराउन थालिसके । तिमीले सयौं बर्षदेखि जोगाएर राखेको चारकोषेका रुख बेचेर खानलाई तम्तैयार छन् हवाईअड्डा बनाउने नाममा ।
ठ्याक्कै भन्नु पर्दा दानवराजको क्रिडास्थल बन्न लागिसक्यो नेपाल । विदेशीका सेना आउने हल्लाले रातभर निदाउन छोडिसके तिम्रा टुहुरा बालबच्चा । मुलुक काँक्रो चिरे जसरी प्याक-प्याक पारिसके । लौन आमा ! देशको यस्तो दर्दनाक अवस्थाबाट तिम्रो देशलाई मुक्त गराउन फेरी देशलाई एकताको सुत्रमा उन्नसक्ने राष्ट्रनायक पृथ्वीनारायण जन्माईदेउ ।
नेताहरु मस्त सोमरसमा लठ्ठिएर मृत्यू पछिको अट्टहाँसले पुरा देश थर्कामान भएको छ आमा । पाँचहजार भन्दा बढीको भारी बोक्नै नसक्ने भरियालाई हामी देशै बोक्ने जिम्मा दिन खोज्दैछौं । अलिकति भारी थपौं कि नेता ज्यू, हात्ती र गधालाई समान भारी अलि नसुहाउला की ??? खड्ग तरवारको कुरा सुन्दै जनता हाँसो मजाक उडाउँछन् ।
पुर्खाले जोगाएर राखेका नासोहरु अपराधीहरुले छियाँछियाँ पारिसके आमा, देशको भौतिक संरचना र राष्ट्रिय सम्पदाहरु सबै ध्वस्त पारिसके । जताततै फाटेको छ, च्यातिएको छ, भत्काईएको छ, फेरी एकपटक अझ भनौं अब अन्तिम पटक यो देशलाई टालटुल गर्न सक्ने एउटा अरनिको जन्माईदेऊ । जनताको आशा भरोषाको केन्द्र न्यायालय नै राजनैतिक नियुक्तिको भागबण्डामा कहिले घाँम तिर ढल्किन्छ कहिले छायाँतिर । जनताले न्यायको अन्तिम आशा पनि मारिसके आमा, लौन एउटा राम शाह जन्माईदेउ ।
अपराधीका झुण्डहरु तिम्रो अस्मिता माथि विदेशीले धावा बोल्दा पनि चुँ गर्दैनन् । मुलुकको सीमाना बाबुले दिएको अंश झै गरेर बेचेर खाईसके । नदीनाला त यसअघि नै कतिले पालैपालो भ्याईसके । आमा हौ ! लौन एकपटक एउटा भीमसेन थापा र बलभद्र कुँवर जन्माईदेऊ । बिदेशीलाई थुरुरुरु पार्दै गुमेको लिम्पियाधुरा र लिपुलेक, ईलामको पशुपतिनगरदेखि तराईका सुस्ता र कालापानी फर्काउन सक्ने वीर बहादुर शाह जन्माईदेऊ ।
देशको सीमाना नापेर पिल्लर गाड्न सक्ने बहादुर र साहसी जङ्गबहादुर जन्माईदेउ । नारी अस्मितामाथि पटक पटक बलात्कार भैरहँदा पनि देशका शासकहरु यस्तो बलात्कारहरु त निरन्तर चलिरहने प्रकृया हो भन्दै रातो कार्पेटमा गन्हाएका खुट्टा टक्ट्क्याउछन् । लौन आमा, बिर बिराङ्गना लक्ष्मीबाई र राजेन्द्रलक्ष्मी जन्माईदेउ । देशको नाम माटोमा मिलाउने भ्रष्ट अपराधी, चोर र फटाहा हैन आमा सीता, भृकुटी र पासाङ्ग लामु शेर्पा जन्माईदेऊ ।
आमा, तिमीलाई बिक्षिप्त अवस्थामा देखेर रातदिन रुने सन्तानहरुको बीचमा अब नयाँ नेपाल निर्माणको परिकल्पना सहितको नयाँ राज्य ब्यवस्था शुरु गरिदेऊ । जहाँ स्वच्छता, ईमान्दारिता, मानवता, स्वतन्त्रता र विकास सँगै अगाडि बढेको देख्न पाईयोस् । देशको अभिभावकसँग खुलेर बोल्न पाईयोस् । देशको प्रधानमन्त्री देख्दा गर्वले छाती फुलाउन पाईयोस् ।
राजनीतिमा अपराधिकरण अत्ति मौलायो आमा, राजनीतिलाई उजिल्याउने फेरी एउटा विश्वेश्वरप्रसाद र मदन भण्डारी जन्माईदेऊ । प्रसव बेदनाको अति कठोर क्षणलाई पार गरेर तिमीले जन्माएका सयौं नेता अहिले पनि नरभक्षीको संख्या उराल्दै छन् । तिम्रा सन्तानको मृत्यूमा भागबण्डा लगाउदैछन् । आफ्नै देशको उच्च तहमा आसिन नेता भन्न रुचाउने नरभक्षीहरु नै जनताको कारुणिक मृत्यूको अन्तिम भोजमा सहभागी हुदैछन् ।
नेताहरु मस्त सोमरसमा लठ्ठिएर मृत्यूपछिको अट्टहाँसले पुरा देश थर्कमान भएको छ आमा । पाँचहजार भन्दा बढीको भारी बोक्नै नसक्ने भरियालाई हामी देशै बोक्ने जिम्मा दिन खोज्दैछौं । अलिकति भारी थपौं कि नेता ज्यू, हात्ती र गधालाई समान भारी अलि नसुहाउला की ??? खड्ग तरवारको कुरा सुन्दै जनता हाँसो मजाक उडाउँछन्, निरपराध एउटा छविलाल जन्माईदेऊ न आमा !!
आमा ! तिमीलाई बिक्षिप्त अवस्थामा देखेर रातदिन रुने सन्तानहरुको बीचमा अब नयाँ नेपाल निर्माणको परिकल्पना सहितको नयाँ राज्य ब्यवस्था शुरु गरिदेऊ । जहाँ स्वच्छता, ईमान्दारिता, मानवता, स्वतन्त्रता र विकास सँगै अगाडि बढेको देख्न पाईयोस् । देशको अभिभावकसँग खुलेर बोल्न पाईयोस् । देशको प्रधानमन्त्री देख्दा गर्वले छाती फुलाउन पाईयोस् ।
शैक्षिक जनशक्तिलाई स्वदेशमै उपयोग गर्न पाईयोस् । विदेशीका चम्चाहरुलाई विदेशतिरै धपाईयोस् । देश बेचेर खानेलाई चारपाटा मुँडेर पुरै देश घुमाईयोस् । अबोध छोरीचेलीलाई बलात्कार गर्नेहरुलाई बीच सडकमा निकालेर उसकै छोरीबाट सजाय दिन लगाईयोस् । न्यायमूर्ति किन्नेको सम्पत्ति सर्वव्सहरण गर्दै जेलको चौघेरामा कोच्न पाईयोस् ।
हत्या, बलात्कार र भ्रष्टाचारको मुद्धा लागेका सबैलाई प्रहरीको खोरमा देख्न पाईयोस् । कर माथि कर थोपरेर नेपालीलाई उठनै नसक्ने अवस्थामा पुर्याउने मख्खिचुसहरुलाई तिनीहरुको पहिलाकै दायरामा ल्याईयोस् । देशको सीमाना बेचेर खानेलाई मृत्युदण्ड दिदाँ जस्तै झुण्ड्याइयोस, हरेक नेपालीले नेपालमै बसेको आभाष दिलाउन पाईयोस् । आमा ! तिमी बुढी भैसक्यौ, बिक्षिप्त भैसक्यौ, तर पनि हाम्रो अनुरोधलाई स्वीकार गर्दै अन्तिम पटक एउटा वीर नेपाली सपूत जन्माईदेउ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहामी नेपालीहरु राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न पनि चुक्दै गएका त छैनौँ ?
मंसिर १८, २०८१ मंगलबार
मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार