छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार १८:५२:३९
१२ माघ काठमाडौं । काभ्रे, तनहुँ, झापा, चितवन, कञ्चनपुर, रुपन्देही र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
काभ्रे, पाँचखाल नगरपालिका-५ सैंतिस किलोस्थित सडकमा बा.४ ख ११४५ नम्बरको टिपरले बा.८५ प ६०२६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मण्डन देउपुर नगरपालिका-७ बस्ने ३२ वर्षीय प्रदिप श्रेष्ठको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार रामेछाप सालु गाउँपालिका-२ घर भएका २८ वर्षीय समर मगरको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनुहुँ, आबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित सडकमा ग.१७ प ६३४८ नम्बरको मोटरसाइकल ना.१ ज ९८४७ नम्बरको म्याजिक भ्यानसँग ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही स्थान बस्ने २१ वर्षीय चन्द्र थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको छिमकेश्वरी अस्पताल आबुखैरेनी हुँदै सीएमसी अस्पताल भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बन्दिपुर गाउँपालिका-१ छाप बस्ने १९ वर्षीय आषिश आलेको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, दमक नगरपालिका-१० नयलबारीस्थित सडकमा को.३५ प १०५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी नगरपालिका-९ बस्ने ३१ वर्षीय धिरेन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, ईच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित सडकमा शनिबार बेलुका प्रदेश नम्बर-३-०२-०१२ प ४४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ८६ वर्षीय गज बहादुर गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, पुनर्बास नगरपालिका-२ अम्रैयास्थित सडकमा शनिबार साँझ हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री २४ वर्षीय कुल बहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । अनुसन्धानको क्रममा कुल बहादुरलाई ठक्कर दिएको आशंकामा भे.१ त ९८८२ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, मायादेबी गाउँपालिका-५ पर्सहवास्थित सडकमा लु.१७ प ७११२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलावार बस्ने १९ वर्षीय गोकर्ण तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तिवारीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका मोटरसाइकल चालक लुम्बिनि साँस्कृतिक नगरपालिका-१० महिलावार बस्ने २२ वर्षीय सोनु बर्माको प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका-२ भद्रकाली मन्दिरस्थित सडकमा बा.४ ख ६९६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा काठमाडौं महानगरपालिका-११ गोठाटार बस्ने ३८ वर्षीय मोहन महर्जनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्धार एवं थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २४ यात्रु घाइते
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार