दश दिन सम्झाउँछु, एघारौं दिनदेखि कडा जरिवाना गर्छु : पाण्डे
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार १९:३४:२४
प्रकाश परिष्कार, रामेछाप ।
१२ माघ, काठमाडाैं । रामेछाप जिल्ला प्रहरी ट्राफिक प्रमुख रामेश्वर पाण्डेले मन्थलीको सडक सवारी नियमलाई कडाइका साथ लागु गराइरहेका छन् । विगतमा दिनमा जिल्लामा रहेका ट्राफिक प्रहरी प्रमुखहरूलाई सडकमा विरलै देख्ने गरिएको भएता पनि पाण्डेको प्रवेशपछि भने मन्थलीको सडक सवारी व्यवस्थापन मजबुद् बन्दै गएको हो । सडकमा गुड्ने सावरीको गति, लेनको सही प्रयोग, मादक पदार्थ सेवन गरी सवारी चलाए-नचलाएको लगायतका विषयहरू उनी कडाईका साथ सडकमा जाँच गरिरहेका देखिन्छन् ।
गत शनिवार पाण्डे सदाजस्तै ट्राफिक चोकको धुलोमा माक्स् लगाएर सवारी आवागमनलाई नियाली रहेका थिए । करिब बिहान ९ बजेदेखि नै लामो दूरीबाट राजधानीका लागि गाडीहरू यहाँ आइपुग्छन् । अहिले उनी आउने सबै गाडीहरूमा फोहोर फाल्नको लागि डस्टविनको खोजी गरिरहेका छन् । विगत १ हप्तादेखि नै प्रत्येक गाडीमा फोहोर फाल्ने डस्टविनको जोहो गर्न सचेत गराइरहेका पाण्डेलाई हामीले सोध्यौं, ‘तपाईं आएपछि मात्रै हरेक १५ सिट क्षमता भन्दा माथिका गाडीमा किन डस्टविन खोज्न थाल्नुभयो ?’
यसको जवाफमा उनी भन्छन्, ‘यो मैले खोजेको होइन आवश्यकताले खोजेको हो । आफ्नो वरपरको वातावरण अझ भन्दा आफूले प्रयोग गर्ने सडकमा बान्ता गरेर फालिएका प्लास्टिकका पोका, चाउचाउ, कुरमुरे, लेजका खोल, मिनरल वाटरका बोतल छरिएको कोही पनि हेर्न चाहँदैन । मैले त गाडीमा यात्रा गर्ने यात्रुहरूले आफूले उत्पादन गरेका फोहोरहरू डस्टविनमा जम्मा गर्नुस् । जहाँतहीँ नफाल्नुस् । यात्रुहरूलाई फोहोर फाल्ने डस्टवीनको प्रयोग गर्न लगाउनुस् भनेर यात्रु तथा सवारी स्टाफहरूलाई भनिरहेको छु ।’
आफू आएर मात्र यस्तो गर्न लागिएको भन्ने कुरा उनी स्वीकार्दैनन् । आफूले मात्र होइन फोहोरको व्यवस्थापन सबै सचेत नागरिकहरूको कर्तव्य भएको पाण्डे ठान्छन् । ‘म भन्दा अघिल्लो कार्यकालका प्रहरी प्रमुखज्यूले पनि यो बारेमा सोच्नु भएको हुँदो हो भलै म आएर थालनी गरेको हूँ । यो काम मेरो होइन, समग्र डिपार्टपेन्टको काम हो, जो म गरिरहेछु ।
फेरि मैले मात्र यो काम गरेको होइन नि ? म सँग मेरा अन्य सहकर्मी मित्रहरू पनि त यो कामको लागि खटिनु भएको छ ।’ पाण्डे भन्छन् । पाण्डेको मन्थली आगमन पछि साना सावरी साधन अटोको गति नियन्त्रणमा आएको छ । कुनै समयमा त अटोहरू गुड्ने हैन उडौंला जस्तो गरी हुँइकिन्थे । यसले सडक सवारीलाई जुनसुकै बेला पनि जोखिमको मुखमा लगिरहेको हुन्थ्यो ।
शनिवार मात्रै पनि लामो दूरीबाट आउने केही यात्रुबाहक बसमा डस्टवीनको व्यवस्था गरिएको थिएन । सो दिन भन्दा १ हप्ता अघिदेखि नै सडकमा बसेर आफ्नो सवारीमा डस्टवीन राख्न निर्देशन दिइसकेका पाण्डेले यस पटक भने निकै कडाइका साथ चेतावनी दिँदै भने, ‘हेर्नुस्, मैले पहिलेदेखि नै भन्दै आएको छु । दशौं दिनसम्म तपाईंहरूलाई म सम्झाउँछु, एघारौं दिनमा पनि यस्तै डस्टवीन नभएको र आरक्षित महिला सीटमा पुरूष बसाएको देखें भने कडा जरिवाना गर्छु ।’
पाण्डेले केही पुरूष यात्रुलाई महिला सीटमा बसेको अवस्थामा उनीहरूलाई अनुरोध गरी सो सीटबाट हटाएर महिलालाई सो सीटमा बसाइरहेका थिए । केही बसहरूमा डस्टवीनको रूपमा गाडी धुने सानासाना बाल्टी देखाइरहेका सह चालकहरूलाई डस्टवीनको फोटो समेत मोबाइलमा देखाएर यस्तै डस्टवीन प्रयोग गर्न सल्लाह दिइरहेका थिए । पाण्डेको यस्तो कार्यको सर्वत्र प्रशंसा भइरहेको छ ।
लेखक मन्थलीबाट प्रकाशन हुने मालश्री साप्ताहिकका सम्पादक हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार