बिरामी बोकेर हिडेको जीप ओखलढुङ्गामा दुर्घटना, एकको मृत्यु, तीन घाइते
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार १७:५३:१८
१३ माघ, काठमाडौं । ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो ।
गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् ।
बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेर गोपेखोला पुगी दुर्घटनाग्रस्त भएको छ । साँघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ
मंसिर १७, २०८१ सोमबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु
मंसिर १९, २०८१ बुधबार