बङ्गलादेशी नागरिकद्वारा आफ्नै साथीको हत्या
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार १६:३८:४०
१६ माघ काठमाडौं । काठमाडौंको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा एक बङ्गलादेशीले आफ्नै साथीको हत्या गरेको खुलेको छ । महानगरीय प्रहरीवृत्त कालीमाटीका अनुसारसँगै आएका दुला मियाँले मोहिद्दिन अहमदको हत्या गरेको प्रहरीले जनाएको छ । ढिला सूचना प्राप्त हुँदा हत्या गर्ने व्यक्ति भने नाका पार गरेर फरार भएका छन् ।
वृत्तका प्रमखु प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार हत्यामा आर्थिक विषय जोडिएको आशङ्का गरिए पनि यकिन हुन सकेको छैन । उनका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोमा जान्थे । यसपाली उनीहरु यही माघ ६ गते जनवरी २० तारिखमा पछिल्लो पटक नेपाल आएका थिए । हिमालय एयरलाइन्सको सिट १० को वि र सीमा बसेर उनीहरु आएको खुलेको छ ।
एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट २१ तारिखमा टाउकामा बोतलले हानेर हत्या गरेको देखिएको कुँवरले जानकारी दिए । मारेर फरार भएपछि जनवरी २२ तारिख साँझ ४ः१५ बजे मात्रै प्रहरीलाई जानकारी आएको थियो । त्यो बेला अपराधी भारत फरार भइसकेका थियो ।
प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको उहाँले बताउनुभयो । उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी तीन दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन् ।
उनी क्यासिनोका नियमित ग्राहक भएको बुझिएको छ । होटलमा दैनिक १५ सयमा भाडामा बसेका उनी ट्राभल एजेन्सी भएको खुल्न आएको छ । प्रहरीले घटना थाहा पाउँदा मियाँ भने रक्सौल हुँदै फरार भएको पाइएको प्रहरी अनुसन्धानमा खेलेको छ । खाटमा सिरक ओढाएर सुतिरहेको जस्तो बनाएर शव राखिएको अवस्थामा फेला परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २४ यात्रु घाइते
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार