एकता बन्धनबाट नेपालीलाई टुक्राउन खाेज्दै नेतृत्व
नेपालबहस संवाददाता
माघ १६, २०७६ शुक्रबार ०:४०:५१
यज्ञ भट्टराई
१६ माघ, काठमाडाैं । कुनै स्पष्ट विचार र सिद्धान्त बिनाका कसैले बनाईदिएका तथाकथित स्वार्थ केन्द्रित राजनैतिक दल र समूहहरु जनतालाई झुक्याउदै र तर्साउदै आफ्नो सार्थ पूर्ति गर्न कुनै कसरसम्म पनि बाँकी राख्दैनन् । कहिले कुनै समूहको नाम दिन्छन् त कहिले अर्कै । कहिले क्रान्तिकारी हुन्छन् त कहिले भ्रान्तिकारी । कहिले जनवादी हुन्छन् त कहिले धनवादी । कहिले डनवादी हुन्छन् त कहिले गनवादी । संगठनका रुपैले जनता आतंकित हुन्छन् ।
अझ कहिले डर देखाउछन् त कहिले लोभ । कहिले समाजवादका नारा उराल्छन् त कहिले एकतन्त्रिय शासन शैलिमा प्रस्तुत हुन्छन् । यस्ता आयातित सिद्धान्तवाला सांगठनिक व्यक्ति, समूह तथा दलहरु व्यक्तिगत स्वार्थका लागि कहिले जुट्छन त कहिले फुट्छन् ।
सँगै चोर्न हिँडेका चोरहरुले त चोरिएको सम्पत्ति बराबरी बाँडेर लिन्छन् तर एकलौटी चोरको नाईके भएपछि सँगैको चोर साथिले बिच बजारमा घाँटीको नशा चुँडिने गरी लुटेको पैसा खोई ? भनेर कराउँदा पनि अथवा आफै सरकारमा बसेर पार्टीका कार्यकर्ताका नाममा टाउको गनेर राज्यकोषबाट लिएको खर्बौ रकम खोई ? भन्दा पनि चुँ नगरे पछि गालाभन्दा छाला राम्रो भन्दै हिडेका दृष्टान्तहरुले के राजनैतिक दलमा आर्थिक अपचलन र आर्थिक अनियमितताको भयाभह स्थिति देखाँउदैन र ???
हामी अबुझ नागरिक यसैलाई दल भन्दछौं । पार्टी भन्दछौं । कहिं कतै डेट स्पाएर भएको एस्प्रो या सिटामोललाई अचुक औषधिको रुपमा प्रयोग गर्दछौं । गर्न बाध्य हुन्छौं । अझ भनौं प्रयोगशाला बन्दछौं । अनि यिनै ढाँटका पछि लागेर कहिले पार्टी एकता, एकिकरण, पार्टी समिकरण वा सम्झौता भयो भन्दै बर्षै पिच्छे नयाँ-नयाँ पार्टीको जन्मदिवश मनाउछौं ।
वास्तवमा कुनै पनि निर्दिष्ट नीति, सिद्धान्त र विचार बोकेको पार्टी आकारमा सानो होस् या ठूलो त्यो कहिल्यै कुनै छुट्टै विचारमा गएर समाहित हुदैन । कुनै नयाँ चिज या बस्तु बनेर उदाउँदैन । अझ भनौं अक्सिजन र हाईड्रोजन मिले पानी बनेझै नयाँ आकार लिदैन । जसरी एउटा सिंगो व्यक्ति आफैंमा पूर्ण हुन्छ । कुनै अर्को व्यक्तिसँग गएर मिल्दैमा अर्कै रूप हुने, अर्कै नाम हुने, अर्कै आकारको हुने, वा अर्कै विचार प्राप्त हुने हुँदैन ।
नेपालमा आफुलाई राजनैतिक दल भन्न रुचाउने केहि व्यक्तिगत समूहहरु कहिले काहीँ मिलेको, फुटेको, एकिकरण या कसैमा गएर समाहित भएको समाचारहरु आउने गर्दछन् । वास्तवमा ति दलहरु नत जुटेका हुन्छन् नत फुटेका हुन्छन् । दल भित्र कुनै राजनैतिक एजेण्डा र विचारको अभावका कारण कहिले यसो गर्यो भने होलाकी, कहिले उसो गर्यो भने होलाकी भनेर भौँतारिने क्रममा कुनै लहराको सहारामा पुगेका मात्रै हुन् । यस्ता संगठनहरुले जनतालाई आफु सत्तामा पुग्ने भर्याङ्गको रुपमा मात्र प्रयोग गर्दछन् । यसले त्यस्ता दल तथा समूहहरुलाई एउटा चुनावसम्म काम गर्न सक्छ । त्यसपछि फेरि मुसी भवः को अवस्थामा आईपुग्छन् ।
जुन राजनैतिक संगठन स्पष्ट विचार, सिद्धान्त, नीति र ठोस कार्यक्रमका साथ स्थापना भएको हुन्छ । त्यो राजनैतिक संगठनले नत कुनै भिडको राजनिति गर्छ ? नत कसैसँग गएर टाँसिनु पर्छ ? नत सकैसँग गएर गाँसिनु ?? विचार र सिद्धान्त मन परुञ्जेल व्यक्ति त्यहाँ रहन्छ । मन नपरे निस्कन्छ । तर पार्टी या संगठन निरन्तर चलिरहन्छ ।
बजारमा आउने मिठा-मिठा मन लोभ्याउने विज्ञापनहरुले केहि समय मानिसहरुको मन ताने पनि त्यसको असर बुझन थाले पछि मानिसहरुले विज्ञापनवाला सामानहरु खरिद गर्न छाड्छन् । त्यसैले त अहिले पनि एउटा उखान उत्तिकै चरितार्थ छ, ओल्ड ईज गोल्ड ।
मन्दिरमा पूजा गर्ने पुजारी मारिए, पूजा गर्ने भक्त मारिए । हामीले मुलुकको कायापलट हुने आशामा सह्यौं । तर अहिले तिनै नेताहरुबाट हिन्दू धर्ममाथि निर्वाध धावा बोलिरहँदा र क्रिस्चियनका पादरीको भेषमा होलिवाईनको परिदृष्यले व्यवस्था मात्र हैन पुरै धर्म, संस्कार र संस्कृति माथि नै बिध्वङ्श मच्चाउने विदेशी मित्रराष्ट्रहरुको चालबाजीको गोटी मात्र रहेछन् भन्दा के नै पो फरक पर्ला र ???
कुनै पनि राजनैतिक दलले आफ्ना देशका अबोध तथा नाबालक कलम समाउने हातहरुमा बन्दुक समाउन लगाउदैन । राजनैतिक संघर्ष आफ्नो विचारले गर्छन् । आफ्ना सिद्धान्त र कार्यक्रमहरु मार्फत गर्छ । तर नेपालमा डर त्रास र बन्दुकको राजनैतिक संस्कारको बिजारोपण यस्तै राजनैतिक संगठन र समूहहरबाट शुरु भएको हो ।
असल राजनितिज्ञले राज्यसँगको लडाईंमा गाँउघरका अबोध छोरीचेलीको बलात्कार गर्दैन । यो पनि यहाँ राजनैतिक संस्कार बनेको देखियो । मुलुक त्राहिमाम बनाएर, जनताका छोरी बुहारी बलात्कार गरेर निहत्था शिक्षक, पत्रकार र विचारसँग असहमत हुनेलाई सिधै गोली हानेर ल्याएको परिवर्तनबाट अहिललेको भन्दा राम्रो परिवर्तनको के नै पो आशा गर्न सकिन्छ र ???
राजनैतिक परिवर्तनको नाममा जनतासँग जवर्जस्ती चन्दा असुल्नेदेखि जनताले खाईनखाई भविष्यका लागि बचाएर बैंकमा राखेको हिसाब गर्नै नसकिने लुटेको अथाह सम्पत्ति अहिले कहाँ छ ? सँगै चोर्न हिँडेका चोरहरुले त चोरिएको सम्पत्ति बराबरी बाँडेर लिन्छन् तर एकलौटी चोरको नाईके भएपछि सँगैको चोर साथिले बिच बजारमा घाँटीको नशा चुँडिने गरी लुटेको पैसा खोई ? भनेर कराउँदा पनि अथवा आफै सरकारमा बसेर पार्टीका कार्यकर्ताका नाममा टाउको गनेर राज्यकोषबाट लिएको खर्बौ रकम खोई ? भन्दा पनि चुँ नगरे पछि गालाभन्दा छाला राम्रो भन्दै हिडेका दृष्टान्तहरुले के राजनैतिक दलमा आर्थिक अपचलन र आर्थिक अनियमितताको भयाभह स्थिति देखाँउदैन र ???
देश बन्ला र हामीले शान्तिको सास फेर्न पाउँला भन्ने झिनो आशामा आम नेपालीले आफ्नै छोरो मार्नेलाई नेता बनाए, मन्त्रि र प्रधानमन्त्रि बनाए । नेपाली जनताका हजारौ आस्थाका धरोहरका रुपमा रहेका मठ मन्दिरहरु भत्काईए, जनताले अझ परिस्कृत रुपमा निर्माण होलान भनेर चित्त बुझाए ।
धर्मले नेपालीलाई एकतामा बाँधेको मात्र थिएन विश्वलाई नै चुनौति दिने धार्मिक सहिष्णुता सहितको अभूतपूर्ब एकता थियो । एउटै गाँउमा हिन्दू, बौद्ध, जैन, किराँत र अन्य कैयौं धर्मावलम्बिहरु मिलेर बस्दथे । कहिँ कतै धर्मको नाममा कुनै बैर भाव थिएन । अहिलेका परिवर्तनकारी व्यवस्थाका ठेकेदारहरुले मिलेर बसेको नेपाली समाजलाई जातियताको नाममा एक आपसमा लडाएर रमिते बनेको देख्दा यिनिहरु राष्ट्रको अभिभावक हैन, नागरिकको रखवाला हैन, जनतामारा अपराधि त हैनन ???
निर्जिव धरोहर मन्दिर र मन्दिर भित्रका नबोल्ने भगवानलाई पनि देख्न सकेनन् । मन्दिरमा पूजा गर्ने पुजारी मारिए, पूजा गर्ने भक्त मारिए । हामीले मुलुकको कायापलट हुने आशामा सह्यौं । तर अहिले तिनै नेताहरुबाट हिन्दू धर्ममाथि निर्वाध धावा बोलिरहँदा र क्रिस्चियनका पादरीको भेषमा होलिवाईनको परिदृष्यले व्यवस्था मात्र हैन पुरै धर्म, संस्कार र संस्कृति माथि नै बिध्वङ्श मच्चाउने विदेशी मित्रराष्ट्रहरुको चालबाजीको गोटी मात्र रहेछन् भन्दा के नै पो फरक पर्ला र ???
अहिले कहिलेकाहीँ यसो बसेर देशमा रहेका कलकारखानाहरुको संख्या गन्न औला समाउँछु । लाज लागेर आँउछ । देशमा कति कलकारखाना थिए ?? कति ध्यस्त बनाईए ?? कति पुर्ननिर्माण गरी फेरी सञ्चालनमा आए ?? कति नयाँ कल कारखाना स्थापना भए भनि व्यवस्था परिवर्तन पछिका दशकको अध्ययन गर्छु भन्छु मेरै मनले मलाई नै गिज्याँउछ ।
भन्छ, तँ कुन परिवर्तनलाई राजनैतिक परिवर्तन भन्छस्, यहाँ त राजनैतिक परिवर्तनका नाममा विदेशीका दलालहरुलाई विदेशीले आफु अनुकुल जोताउन र भारी बोकाउन तालिमप्राप्त घोडा मात्रै बनाएका हुन । जसलाई उनिहरुलेनै गणतन्त्र नामको लगाम लगाई आफ्नो स्वार्थ पूर्ति गर्न कहिलेकाहीँ घाँस, पराल र कुँडो हाल्छन् ।
त्यहि कुँडोको भरमा घोडाले भारी बोक्ने काम गर्ने हो । उनिहरुलाई देशको चौतर्फि विकास, रुग्ण उद्योग कलकारखाको पूर्ननिर्माण, कुटीर उद्योगको संरक्षण तथा नयाँ-नयाँ उद्योगधन्धा, कलकारखाना बनाउने कुरामा कुनै प्रकारको ध्यान जाने नै होईन । देशमा भएका अति नै उपयोगि र हजारौ नेपालीले रोजगार पाएका उद्योग तथा कलकारखाना ध्यस्त मात्र भएनन् तिनै उद्योग र कलकारखाका नाममा रहेका हजारौ बिघा जमिन हराएका छन् । यसलाई पनि त परिवर्तन भन्न सकिन्छ नी हैनर ???
नयाँ जोश र जाँगर लिएर आएको हुनु पर्छ । कसैलाई हदैसम्म दवाव र कष्टकर अवस्थाबाट मुक्ति होला भनेर ज्यान जोगाउनकालागि मात्रै ल्याईएको परिवर्तनले वास्तवमा केहि नेतृत्वकर्ता महत्वकांक्षी पद लोलुप भ्रष्ट र डरत्रासको मुढेबलले आफुलाई महानता देखाउन खोज्ने तथाकथित बर्गलाई फाईदा पुगे पनि आम नागरिकको व्यक्तिगत जीवनमा, आर्थिक अवस्था सुधारमा, सामाजिक न्यायका बिषयमा कुनै परिवर्तन नहुने
धर्मले नेपालीलाई एकतामा बाँधेको मात्र थिएन विश्वलाई नै चुनौति दिने धार्मिक सहिष्णुता सहितको अभूतपूर्ब एकता थियो । एउटै गाँउमा हिन्दू, बौद्ध, जैन, किराँत र अन्य कैयौं धर्मावलम्बिहरु मिलेर बस्दथे । कहिँ कतै धर्मको नाममा कुनै बैर भाव थिएन । अहिलेका परिवर्तनकारी व्यवस्थाका ठेकेदारहरुले मिलेर बसेको नेपाली समाजलाई जातियताको नाममा एक आपसमा लडाएर रमिते बनेको देख्दा यिनिहरु राष्ट्रको अभिभावक हैन, नागरिकको रखवाला हैन, जनतामारा अपराधि त हैनन ??? भन्ने नकारात्मक सोच दिमागमा आउनुलाई के अन्याय गरेको मानिन्छ र ???
क्रान्ति भनेको परिवर्तन हो । यो नियमित रुपमा भै रहने प्रकृया हो यसलाई आफुले गरेको महान कार्यको रुपमा मात्रै हेर्नु मुर्खता हुनेछ । जसरी एउटा महिनाबाट अर्को महिना लाग्दा हुने परिवर्तन लाई हामी संक्रान्ति भन्दछौं । एउटा ऋतुबाट अर्को ऋतुमा जानु पनि क्रान्ति हो, परिवर्तन हो । एउटा बर्षबाट अर्को बर्षमा जाँदा पनि क्रान्ति हुन्छ, परिवर्तन हुन्छ । वास्तवमा कुनै रानजैतिक क्रान्ति हुन्छन्, कुनै सामाजिक ।
कुनै धार्मिक क्रान्ति हुन्छन् त कुनै सास्कृतिक । क्रान्तिले नयाँ विचार र नयाँ आयामहरु लिएर आएको हुनुपर्छ । नयाँ जोश र जाँगर लिएर आएको हुनु पर्छ । कसैलाई हदैसम्म दवाव र कष्टकर अवस्थाबाट मुक्ति होला भनेर ज्यान जोगाउनकालागि मात्रै ल्याईएको परिवर्तनले वास्तवमा केहि नेतृत्वकर्ता महत्वकांक्षी पद लोलुप भ्रष्ट र डरत्रासको मुढेबलले आफुलाई महानता देखाउन खोज्ने तथाकथित बर्गलाई फाईदा पुगे पनि आम नागरिकको व्यक्तिगत जीवनमा, आर्थिक अवस्था सुधारमा, सामाजिक न्यायका बिषयमा कुनै परिवर्तन नहुने कुराको यथार्थता हामीले भोगिरहेका छैनौं र ???
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमति
मंसिर १९, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार