स्याङ्जाको गल्याङमा सुन्तला बिक्री गरेर २३ लाख आम्दानी
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार २०:२६:१८
१७ माघ, काठमाडौं । आम्दानीको मुख्य स्रोतका रुपमा रहेको सुन्तला बिक्री गरेर यहाँका एक सुन्तला व्यवसायीले २३ लाख बढी आम्दानी गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– ७ सिरौँसाका भूपराज भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट तेइस लाख १७ हजार आम्दानी गरेका हुन् ।
सुन्तला व्यवसायी भण्डारीले यसपटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी रु २३ लाख १७ हजार आम्दानी गरेको बताए । शुरुमा प्रतिकेजी रु ५० र अहिले प्रतिकेजी रु ८० का दरले बगैँचाबाट नै सुन्तला बिक्री गरेर उक्त आम्दानी गरेका हुन्।
तीन वर्षमा क्रमशः २२ लाख, १७ लाख र २२ लाख सुन्तला बिक्री गर्दै आएका भण्डारीको आम्दानीको मुख्य स्रोत भनेकै सुन्तला हो । “गत वर्ष ४२ रोपनी क्षेत्रफलमा एक हजार ५०० सुन्तलाका बोट थिए जसमा ९०० फलेका थिए”, भण्डारीले भने, “यस वर्ष सात रोपनीमा थपेर २०० बोट लगाएको छु र पुराना मरेका ठाउँमा १०० बोट थप गरेको छु ।”
पुराना बोट हटाउने र उक्त ठाउँमा नयाँ बोट लगाउनाले सुन्तलाबाट वार्षिकरुपमा हुँदै आएको आम्दानी नघट्ने भण्डारीको भनाइ थियो। बुबाले ४५ वर्षदेखि थाल्नुभएको सुन्तलाखेतीलाई भण्डारीले व्यावसायिकरुपमा अगाडि बढाएका हुन् । यहाँ उत्पादन भएको सुन्तला बुटवल, पोखरा, नवलपरासी, नारायणगढदेखि व्यापारी सुन्तला खरिदका लागि सुन्तला बगैँचामा आउने गरेका भण्डारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार