पाल्पामा बहुगुणकारी कालो धान खेतीप्रति युवापुस्ताको आकर्षण बढ्दो
नेपालबहस संवाददाता
माघ २०, २०७६ सोमबार २१:१८:१८
–कृष्ण दर्नाल
२० माघ काठमाडौं । बहुगुणकारी कालो धानका विशेषता रहेको ‘जी–६० ब्ल्याक राइस’ खेतीप्रति पाल्पाका किसान आकर्षित हुँदै गएका छन् ।
किसानको लगानीमा परीक्षणका लागि लगाइएको कालो धानबाट प्रशस्त आम्दानी हुँदा खेतीप्रति युवापुस्ताको आकर्षण बढ्दो छ । यो उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाँदा स्वास्थ्यलाई राम्रो हुने मानिन्छ ।
पाल्पाको रामपुर नगरपालिका र बगनासकाली गाउँपालिका क्षेत्रका किसानले परीक्षणका रुपमा कालो धानका विशेषता ‘जी–६० ब्ल्याक राइस’ खेती हुँदै आएको हो । दुई वर्षअघि परीक्षण रुपमा लगाइएको कालो धान सफल भएपछि यस क्षेत्रका किसान यो धानबाली खेतीप्रति आकर्षित हुँदै आएका छन् । स्थानीयस्तरमा ब्ल्याक राइसलाई प्रतिकिलो ५०० देखि ८०० सम्म कारोवार हुँदै आएपछि यस अन्नबालीप्रति किसानको आकर्षण बढ्दो छ । नेपालमै कालोधानको उत्पादन हुन थालेको लामो अनुभव छैन । करीब दुई–चार वर्षअघि नै व्यावसायिक रुपमा कालो धानको उत्पादन हुँदै आएको हो ।
रामपुर नगरपालिका–७, मलेङ्गका नारायण भट्टराईले दुई वर्षअघि कालो धान बीउको परीक्षणबाट दुई मुरी धान उत्पादन गरे । दुई रोपनी खेतमा पहिलो वर्ष नै राम्रो उत्पादन भएपछि कालो धान खेतीलाई व्यावसायिक बनाउन उनि रुचाएका हुन् । कालो धानको चामलको माग शहरी क्षेत्रका होटलमा बढ्दो छ । कम समयमा बढी उत्पादन हुँदा किसानको रोजाइमा कालो धानबाली बढ्दो छ । तीन महिनाको अवधिमा धान उत्पादन हुने र मानव स्वास्थ्यका लागि फाइदाजनक हुँदा यसको खेतीप्रति किसान आकर्षित हुँदै आएको हो । आगामी वर्ष सात रोपनी खेतमा कालो धानबाली लगाउने लक्ष्य भट्टराईको छ ।
दुई रोपनी जग्गामा चार सय किलो धान उत्पादन भएकाले किसान हौसिएका छन् । प्रतिकिलो कालो धानलाई रु छसयमा काठमाडौँबाट बीउ ल्याएर धान खेती गरिएको हो । यो कालो धानबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि खुशी बनेका छन् ।
एउटा व्यक्तिले दैनिक पन्ध ग्राम चामल खानुपर्छ । अन्य चामलका मात्रामा ब्ल्याक राईस मिसाई नियमित रुपमा सेवनले ब्ल्याक राइसको सेवनले क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउने भट्टराईको भनाइ छ । पकाउनुअघि दुई घण्टा भिजाउनुपर्छ । भिजाएको पानीलाई सर्वतका रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अन्य चामलको तुलनामा यो २० देखि ५० प्रतिशतले बढी पौष्टिक एवं लाभदायक रहेको व्यवसायीको भनाइ छ ।
रामपुर नगरपालिका–१०, बर्दलेका जनार्दन पन्तले तीन किलो कालो धान खेतीको परीक्षण गरे । राम्रो उत्पादन हुँदा एक रोपनी खेतमा लगाएको कालो धान खेतीबाट दुई मुरीसमेत उत्पादन हुँदै आएको बताए ।
बेर्ना सारेको ९० दिनपछि यो धान पाकिसक्ने हुँदा किसान यस बालीप्रति आकर्षित हुँदै आएको हो । स्थानीय तरिकाले उत्पादन गर्दा समेत राम्रो उत्पादन दिने बालीका रुपमा यसलाई लिइन्छ । एसआरई पद्धतिको प्रयोग भएमा दोब्बर उत्पादन हुने किसानको दाबी छ ।
पूर्वमन्त्री लोकेन्द्र विष्टसँग सामाजिक सञ्चालमा कुराकानी गरी कालो धानको खेती गर्न थालेको उनले बताए । यस धानबाली खेतीलाई आफूले निरन्तर रुपमा उत्पादन गर्ने बताए । चामलका रुपमा ब्ल्याक राइसको कारोवार गरिएको छैन । बीउका रुपमा धान बिक्री हुँदै आएको बताए । पाल्पाको बगनासकाली गाउँपालिकाको आर्यअञ्याङ्गका बलबहादुर गाहाले समेत पाँच किलो कालो धान खरिद गरी व्यावसायिक खेती गरेका छन् । कालो धानबाली उत्पादन गर्ने किसानलाई राज्यले अनुदानको व्यवस्था, धान उत्पादन गर्ने तौरतरिकासम्बन्धी प्राविधिक ज्ञान सीप वृद्धि गर्ने कार्यक्रम नभएकोमा किसान चिन्तित छन् ।
कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालका अनुसार किसानबाट कालो धान खेतीको कार्यक्रमका लागि माग नभएको बताए । मागका आधारमा आगामी वर्षका कार्यक्रम समावेश हुने उनले बताए। जिल्लामा यो आवमा कालो धानबालीसम्बन्धी कार्यक्रम छैन ।
यो चामलमा एन्टी अक्सिडेन्टसको मात्रा ब्लुबेरीभन्दा १० गुणा बढी हुन्छ । चामल कालो हुनुका कारण यसमा भएको एन्थोसाइनिनको मात्राले हो । यो चामलमा पाइने औषधीय गुणले गर्दा मधुमेहका रोगीले सजिलै खान मिल्ने, हृदय रोगी, एलर्जी, मोटोपना, क्यान्सर रोगीले खादा रोग निको हुन सहयोग पु¥याउने किसानको भनाइ छ ।
कालो चामलले पाचन प्रणाली सुधार्नेलगायत धेरै रोगहरुको उपचारमा सहयोग गर्छ । कालो चामल आधुनिक सपरफुड हो । बहुगुणकारी यो धान (चामल) आर्थिक दृष्टिकोणले पनि अत्यन्त लाभदायक छ । अन्य चामलजस्तै गरी सेवन गरेमा उच्च पोषणका कारण कालो चामलको भात पचाउन समस्या हुने गर्छ ।
परम्परागत रुपमा अन्य धानबाली झैँ कालो धानबालीको पनि उत्पादन गर्न सकिन्छ । परम्परागत शैलीमा धान उत्पादन हुँदा किसान कम समयमा बढी उत्पादन र मूल्य पाउने छन् । नेपालीको मुख्य खानाका रुपमा चामलको भात प्रयोग हुँदै आएको छ । त्यसैले पनि चामलको खपत बढी हुँदै आएको छ ।
बहुगुणकारी चामल ब्ल्याक राइसको सेवनले स्वास्थ्यमा असर नगर्ने भएपछि यसको माग बढ्दो छ । मकै, गहुँ, कोदो, फापर आदिको तुलनामा चामलको प्रयोग बढी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार