कान कम सुन्ने हिताधिकारीलाई श्रवण यन्त्र उपलब्ध गराइन्छ
नेपालबहस संवाददाता
माघ २१, २०७६ मंगलबार १९:३४:४९
२१ माघ काठमाडौं । नेपाली सेनाले कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ विस्तार गर्ने भएको छ । सुविधा विस्तार गर्ने क्रममा सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको हितका लागि सबै पृतनामा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाका अनुसार पहिलो चरणमा सेना दिवसका अवसरमा काठमाडौँमा सहुलियत सुपथ पसल सञ्चालन हुनेछ । यसअघि सेनाद्वारा सञ्चालन हुँदैआएको बसुन्धरा क्यान्टिन ‘सुपथ मूल्यको पसल’ बाट बजार भाउभन्दा करिब १० देखि १९ प्रतिशत छुटमा दैनिक उपभोग्य सामग्री उपलब्ध हुँदै आएको छ ।
सैनिक कल्याणकारी बोर्डबाट सुविधा प्राप्त गर्ने व्यक्तिले उत्पादन गरेका सामान बजारीकरणको पनि सेनाले अध्ययन गरिरहेको छ । सैनिक सेवाबाट अवकास प्राप्त सैनिक तथा तिनका विधवा÷विदुरलाई उपलब्ध गराइँदै आएको कल्याणकारी निवृत्तिभरणलाई राष्ट्रिय बीमा संस्थानसँगको सहकार्यमा स्वेच्छिक आधारमा जीवन बीमामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउन लागेको जानकारी दिइयो ।
सैनिक सेवामा रहँदा घाइते सैनिकका सहयोगीलाई मासिक रु १० हजार निवृत्तिभरण र बहालवाला एवं अवकास प्राप्त सैनिकलाई आवश्यकताका आधारमा औषधोपचार खर्च वार्षिक रु एक लाख १० हजारमा नबढ्ने गरी उपलब्ध गराइने भएको छ । उक्त सुविधाअन्र्तगत कान कम सुन्ने व्यक्तिहरुलाई समेत रु २५ हजार मूल्यसम्मको श्रवण यन्त्र उपलब्ध गराइने छ ।
सैनिक कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्नेको सङ्ख्या अहिले करिब आठ लाखको हाराहारीमा छ । सेनाले कल्याणकारी कोषबाट स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतका कार्यक्रममा हिताधिकारीको पहुँच विस्तार गरिरहेको छ ।
हिताधिकारीको जीवनस्तर उकास्ने अभिप्रायले सेनाले विगतमा नेपाल इन्भेस्टमेन्ट बैंकसँगको सहकार्यमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दैआएको छ । उक्त कार्यक्रममार्फत अहिलेसम्म २७ हजार भन्दा बढी व्यक्तिले चार दशमलव पाँच प्रतिशत ब्याजमा सहुलियतपूर्ण कर्जा प्राप्त गरिसकेका छन् । उक्त कार्यक्रमबाट हिताधिकारीको जीवनस्तर उकास्न ठूलो योगदन पुगेको सेनाले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार