उखु खेती राष्ट्रिय बाली हुन सकेन : उखु उत्पादक केन्द्रीय सङ्घ
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार १८:४७:४
२२ माघ काठमाडौं । उखु खेतीलाई राष्ट्रिय बालीका रुपमा सरकारले घोषणा गरे तापनि कार्यान्वयन हुन नसकेपछि दिनानु दिन उखु किसानमा मर्कामा पर्दै आएको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष रामचन्द्रसिंह कुशवाहाले बताए।
महोत्तरीको गौशालामा आज बिहान पत्रकारसँग कुरा गर्दै सरकारले स्वयम् उखु खेतीलाई राष्ट्रिय बालीका नाममा घोषणा गरे तापनि कार्यान्वयनमा नआउँदा वर्तमान समयमा किसान समस्याबीच उखु खेती गर्न बाध्यता रहेको जनाएका छन् ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा आफ्नै नेतृत्वमा किसानको पीडा–मर्कालाई सम्बोधन गराउनका लागि सरकारी पक्षकै सहमतिमा उखु खेतीलाई राष्ट्रिय बाली घोषणा गरिएको जानकारी दिए । वर्तमान परिवेशमा देशमा तीनवटै तहका सरकारका फितलो कार्यनीतिकै कारण वर्तमान समयमा किसान उखु खेती छाड्न बाध्य भएको अध्यक्ष कुशवाहाले आरोप लगाए ।
अध्यक्ष कुशवाहाले अब देशमा रहेका तीनै तहका सरकारले वर्षांै देखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी उद्योगलाई सहकारीको माध्यमले सञ्चालन गरेर उखु किसानको समस्या सधैँका लागि अन्त्य गर्नुपर्ने धारणा राखे । सम्पूर्ण उखु किसान शेयर सदस्य हुने गरी वीरगञ्ज चिनी उद्योग सञ्चालनमा आए किसानका साथै देशलाई समेत आर्थिक रुपमा फाइदा पुग्ने उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार