‘छाउपडी’का नाममा सरकारको बर्बरतापूर्ण शक्ति प्रदर्शन र ताण्डव
नेपालबहस संवाददाता
माघ २२, २०७६ बिहिबार २:१९:३६
यज्ञप्रसाद भट्टराई
२२ माघ, काठमाडौं । सुबिधा सम्पन्न शहरहरु र मुलुकका सजिला र पायकपर्ने स्थानहरुमा विकासे पैसा बोकेका र विदेशिलाई नेपालीको समस्या र अप्ठ्याराहरु बेचेर ल्याएका आर्थिक सहयोगको ठूलो हिस्सा सेनिटरी प्याड बाँडने र फोटो खिचाउने अनि फोटो बिकाउने कामको अहिले स्वर्णिम युगका रुपमा देखिएको छ । देशका दूर्गम क्षेत्रमा ३० औं बर्षसम्म पनि राज्यको उपस्थिति नदेखिनुले पनि छाउपडी प्रथा परिस्कृत र परिमार्जन हुन नसकेको हो ।
सरकारी तथा गैर सरकारी क्षेत्रको विकासे परियोजनाहरुले किन छाउपडी प्रथालाई ब्यवस्थित गर्न प्रयास गरेन ? स्पष्ट छ सरकार जनताको समस्या भजाएर खान पल्किएको छ । जनताको दुःख बेचेर यूरोप, अमेरीका र जापान घुम्न सरकार आफैं लालायित छ । सरकारका उच्चपदस्थ कर्मचारीहरुले यहि छाउपडी प्रथालाई भजाएर कति मुलुकको सयर गरेर आईसकेका छन् । अझै कति जाने आउनेक्रम जारी छ । तर जनताका समस्याहरुलाई आत्मसात गर्ने सरकार अहिलेसम्म नेपालमा बनेको नै छैन ।
छाउपडी एउटा प्रथा हो । परम्परा हो । स्थानी जनताको संस्कार हो । परापूर्व कालदेखि जनताहरुले नै बनाएको नियम हो । यो एक प्रकारको सामाजिक र सास्कृतिक कानून पनि हो । हाम्रो हिन्दू धर्म भित्रको एउटा अपरिवर्तनिय परम्परा हो । जसलाई सदियौंदेखि अहिलेसम्म पनि समाजले निरन्तरता दिंदै आईरहेको छ । अझ सयौैं बर्षसम्म पनि यसरी नै चलिरहनेछ । मानव सृष्टिको एउटा अंशको रुपमा रहेको यो प्रचलनलाई कुनै ब्यक्तिको बहुलठ्ठिपनले भत्काउन सक्दैन । सक्छ त केबल बनाईएका भौतिक संरचना मात्र भत्काउन ।
सुदूर पश्चिम तथा कर्णाली प्रदेशमा छाउपडी प्रथा बिरुद्धमा सरकार र विदेशी क्रिस्चियनहरुका अभियानहरुले धावा बोल्न थालेको पनि दशकौं भैसक्यो । तर पनि सुदूरपूर्व भन्दा सुदूरपश्चिम र कर्णाली प्रदेश बाटो र विकासले गरिब भए पनि संस्कृति र संस्कार जगेर्नामा धनी छन् । पश्चिमा मुलुकका क्राईष्ट चिन्ह अंकित संस्था र हजारौं विकासे संस्थाले हजारौं अभियानरुपी क्षेप्यास्त्र प्रहारबाट पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको धर्म, सस्कृति र सस्कारलाई हल्लाउन सकेको छैन ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेश त्यो ठाउँ हो जसले डा. के.आई. सिंह र जङ्गबहादुर राणा (बालनरसिंह कुँवर) जन्मायो । देशका प्रधानमन्त्री, मन्त्री, सभासद्, गर्भनरदेखि सर्बोच्च अदालतका न्यायधिसहरु जन्मायो । सिंगो देशको नेतृत्व गर्ने व्यक्तिहरु छाउपडी प्रथालाई आप्mनो क्षेत्रको मौलिक परम्पराका रुपमा लिन्छन् भने केही काम नपाएका वा बिदेशीलाई काम देखाउन लालायित धुपौरेहरु हरियो डलरको खेती गर्दै छाउगोठ भत्काउँदै हिडनुको कुनै तुक छैन ।
यो देशका प्रधानमन्त्री, मन्त्री, सांसद लगायत समग्र नेपालीका परिवारले रजस्वला वा छाउ बार्छन् । कोहि घरमै बार्छन् कोहि छाउ गोठमा । स्थान फरक हो, प्रकृया फरक हो, परिवेश फरक हो तर बार्छन् र बार्नु पर्दछ । यो हाम्रो सनातन हिन्दू परम्परा हो । यसलाई अहिलका विकासे कार्यकर्ताहरुले अझ भनौ हरियो डलरे अभियानकर्ताहरुले दादागिरी शैलिमा छाउगोठ भत्काउँदैमा यो सस्कार र परम्परा तोडिनेवाला छैन ।
तिम्रा प्रतिबेदनका पाना पढेर बिदेशीले तालि बजाउदैनन् । छाउगोठ भत्काएका फोटाहरु पठाउँदैमा तिमिलाई साधुबाद दिंदैनन् । किनकी सात समुन्द्र पारीका फिरङ्गीहरु नेपालीलाई नै उपयोग गरेर संसारमा कहि पनि जिवन्त नरहेको तर नेपालीहरुले बचाई राखेको धर्म, सस्कार र परम्पराको अझ भनौं हिन्दू धर्ममाथि एक पछि अर्को गर्दै धरासायी बनाउँदै लगिरहेका छन् ।
यसका लागि उनिहरुले हिन्दू धर्मको धरोहरुका रुपमा रहेको राजसंस्था फाले । हिन्दू धर्म र संस्कारको बिरुद्धमा राजनैतिक दल र समूहहरुलाई पाले । यिनै दल र संगठनलाई उपयोग गर्दै मठ, मन्दिर, गुम्बा र तिनका भौतिक संरचना ध्वस्त पारे । ब्राम्हणलाई कमजोर बनाउन सके पनि हिन्दू धर्ममाथि प्रहार गर्न सजिलो हुन्छ भनेर बेद, पुराण र उपनिशद्सहित बालबालिकाले पढने संस्कृत पुस्तक जलाउन लगाए ।
जनै चुडाल्न लगाए । पितृ सम्मानका लागि गरिने पुरातन हिन्दू परम्परा अन्तर्गतको मृत्यू कर्म वाईयात हो भन्न लगाउँदैछन् । डलरको भाग पाएकाहरुले कोहि ५ दिन त कोहि ७ दिनमा कर्मकाण्ड सिध्याउँदैछन् । यसैको एक अंश हो छाउगोठमा नेपालीलाई नै उपयोग गर्दै बिदेशिको ठाडो हस्तक्षेप ।
पूर्वि तथा मध्य नेपालमा रजस्वला बार्ने भन्ने कुरालाई नै सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा छाउपडी भनिएको हो । यो देशका प्रधानमन्त्री, मन्त्री, सांसद लगायत समग्र नेपालीका परिवारले रजस्वला वा छाउ बार्छन् । कोहि घरमै बार्छन् कोहि छाउ गोठमा । स्थान फरक हो, प्रकृया फरक हो, परिवेश फरक हो तर बार्छन् र बार्नु पर्दछ । यो हाम्रो सनातन हिन्दू परम्परा हो । यसलाई अहिलका विकासे कार्यकर्ताहरुले अझ भनौ हरियो डलरे अभियानकर्ताहरुले दादागिरी शैलिमा छाउगोठ भत्काउँदैमा यो सस्कार र परम्परा तोडिनेवाला छैन ।
के अहिलेका राजनैतिक दलहरुले भर्खरै मात्र थाहा पाएका हुन त सुदूरपश्चिम र कर्णाली प्रदेशको छाउपडी प्रथा र छाउगोठका बारेमा ??? हैन, नितान्त हैन । हामीलाई स्पष्ट थाहा छ डोटी, अछाम, बझाङ्ग, बाजुरा मात्र हैन सिंगो सुदूर पश्चिमका हिमाली र पहाडी जिल्लामा जनयुद्धताका जनसेना लुक्ने र आप्mना राजनैतिक गतिबिधिहरु गर्ने उचित स्थानका रुपमा उपयोग गर्थे ।
सरकार ! आजको प्रविधिमय युगमा छाउ गोठलाई पनि प्रविधिमैत्री बनाउ । जाडोमा नुहाउन तातोपानीको व्यवस्था गर । यथेष्ट मात्रामा सेनिटरी प्याडको व्यवस्था मिलाईदेउ । छाउ बार्ने महिलालाई माया, प्रेरणा र हौसलाको वातावरण बनाऊ । सरकार ! कर्मचारी संयन्त्र र प्रहरी प्रशासन नै लगाएर छाउगोठ भत्काउने, छाउ भएकी महिलालाई तिरस्कार, भयभित र त्रसित बनाउने काम चाँडो भन्दा चाँडो रोक्नु जरुरी छ ।
मलाई अहिले पनि याद छ, डोटीका कपल्लेकी, गडसेरा, जोरायल, सातफरी, धिर्कामाण्डौ, लाटामाण्डौ, जिजोडामाण्डौंदेखि बोगटानसम्मका स्थानमा यस्ता छाउपडी गोठहरुमा हामी प्रतिबन्धित राजनैतिक पार्टीहरुका कार्यक्रमहरु हेर्ने र सुन्ने गर्दथ्यौं । उबेला यस्ता छाउ गोठहरु अति आवश्यक थिए अनि भत्काईएनन् । अहिले तिनै गोठमा बस्ने व्यक्तिहरु सिंहदरबार र बालुवाटारमा छन् । त्यसैले अब ति गोठहरुको आवश्यकता रहेन । कामसरो भाँडो, मिल्काईदे तेरो ठाँडो भन्ने उखान चरितार्थ भएको मात्रै हो ।
हो, हाम्रो हिन्दू धर्म, सँस्कार र परम्परा पक्कै पनि अन्य धर्मको तुलनामा अलि कठिन छ । जटिल छ । अनुसासित छ । ज्ञानबद्र्धक छ । दूरदृष्टि बोकेको छ । हिन्दू धर्म धाँनजस्तो वजनदार छ, भुषजस्तो हलुका छैन । त्यसैले त अहिलेसम्म बाँचि रहेको छ । अझ युगौं युगसम्म बाँचि रहने छ । हो, यसमा केहि समस्याहरु नरहेका पनि होईनन् । छाउपडी प्रथामा छाउगोठमा समस्या छ भने त्यसमा सुधार गरौं ।
छाउगोठलाई घरदेखि टाढा एकान्तमा राख्न समस्या भए घर नजिकै निर्माण गर्ने अभियान चलाऔं । अझ संभव हुने भए घरमै एउटा उपयुक्त कोठाको ब्यवस्था मिलाऔं । छाउ बार्ने महिलाहरुको कोठामा छाउपडी सम्बिन्ध शन्देसमूलक चित्र तथा पोष्टहरुको माध्यमबाट सरसफाईमा ध्यान तथा जानकारी दिने ब्यवस्था मिलाऔं ।
छाउ बार्ने महिलाको कोठामा उचित र आवश्यक सामाग्रीहरुको ब्यवस्थापनमा सहयो गरौं । संभव भए छाउगोठ भत्काउन लाग्ने खर्चले र छाउगोठ भत्काउन अग्रसर बहादुर हातहरुले छाउबार्ने कोठामा बस्ने उचित ब्यवस्था, ओढने ओछ्याउनेको उचित प्रबन्ध, आवश्यक लत्ताकपडा र पिउने पानीको ब्यवस्था मिलाउँ ।
सरकार ! आजको प्रविधिमय युगमा छाउ गोठलाई पनि प्रविधिमैत्री बनाउ । जाडोमा नुहाउन तातोपानीको व्यवस्था गर । यथेष्ट मात्रामा सेनिटरी प्याडको व्यवस्था मिलाईदेउ । छाउ बार्ने महिलालाई माया, प्रेरणा र हौसलाको वातावरण बनाऊ । सरकार ! कर्मचारी संयन्त्र र प्रहरी प्रशासन नै लगाएर छाउगोठ भत्काउने, छाउ भएकी महिलालाई तिरस्कार, भयभित र त्रसित बनाउने काम चाँडो भन्दा चाँडो रोक्नु जरुरी छ ।
महिलाले आफु रजस्वला भए पछि प्राकृतिक रुपमै छाउ बार्ने (रजस्वला) चलन हो । यो हिन्दूमात्र हैन नेपालमा रहेका अन्य धर्मावलम्बीहरुले पनि यसलाई उत्तिकै महत्वका साथ बार्ने गर्दछन् । यसलाई आधुनिकतामा ढाल्ने तर्फ, उपलब्ध श्रोत र साधनको उच्चतम उपयोग गर्दै निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने तर्फ सरकार र सहयोगि निकायहरुको ध्यान जान जरुरी छ ।
अन्यथा छाउ गोठ भत्काउने, केहि समय पछि छाउ (रजश्वला) हुने महिलाका दाह्रा भत्काउने र विदेशिका ईसारमा नेपाली डलरेहरुले छाउ हुने महिलाहरुलाई निमिट्यान्न पार्ने कार्यक्रमहरु लिएर आए भने के होला हाम्रो देश ?? कस्तो बन्ला हाम्रो समाज ?? कसरी बाँचौला हामी ??? र कसरी बचाऔंला हाम्रै धर्म, सस्कार र सस्कृति ???
हिन्दू धर्म परिवर्तनको अभियान हैन व्यक्तिमा भएको खराव ब्यवहार परिवर्तन गरौं । संस्कार परिवर्तन हैन सकारात्मक सोचमा परिवर्तन गरौं । हिन्दू धर्म र यससँग जोडिएर आएका परम्परा र भौतिक संरचना भत्काउने हैन, तोडफोड र धार्मिक बितण्डा मच्चाउने हैन, अहिलेको समयले ल्याएका परिवर्तित वातावरणलाई समाहित गर्दै अझ बढी परिस्कृतको रुपमा विकास गरौं ।
छाउ गोठ भत्काउने भन्दा यसलाई थप सुबिधा सम्पन्न छाउगोठ बनाउनेमा लाग्न सकिदैन ??? यसलाई सूदुर पश्चिमको सस्कार र संस्कृतिका नाममा बिकास गर्न सकिदैन ??? नेपालको सुदूर पश्चिमको कला र मनाउनै पर्ने पर्वको रुपमा बिकास गर्न सकिदैन ??? विदेशीका भक्त हुनुको पनि सीमा हुन्छ नी । भक्त भएकै भरमा तिनै जनताले दिएको मतले तिनै जनताको धर्म संस्कार र संस्कृतिलाई कुल्चिन मिल्छ ??? देशले सदियौंदेखि मान्दै आएको परम्परालाई तोडन मिल्छ ?? जनताले जोगाएर राखेका संस्कार र परम्परालाई बिदेश प्रभूहरुको ईसारमा ध्वस्त बनाउँदै जाने हो भने हाम्रौ मौलिक परम्पराहरु नै निमिट्यान्न भएर त जादैनन् ???
नत्र तिम्रो विदेशी प्रभूहरुले हाम्रो देशमा भएका धार्मिक संस्कार, संस्कृति र परम्परागत ईतिहाँसलाई ध्वस्त पारिसके पछि तिमिले जतिसुकै म्याउँ गरेपनि तिम्रा प्रभू तिमिलाई कटौरामा दूध लिएर आउने छैनन । भत्काउने कुरा नै सकिए पछि किन आउँथे फिरङ्गीहरु ?? त्यस पछि तिमि र आउने तिम्रा पिंढी, सन्तान र दरसन्तान नाङ्गो पाखामा सुख्खा पहिरो झैं देखिनेछन् । जसले कुनै फाईदा नगरी हानी र नोक्सानी मात्रै पुर्याउनेछ ।
सरकार कति कमजोर र निरिह छ, करोडाैं रुपैयाँ लुटेर बनाईएका आफ्नै सहकर्मीका गगनचुम्बी भवन भत्काउन सक्दैन । समयमै ठेक्का पुरा नगरी ठेक्का लिएको रकमबाट ठड्याईएका ठेकेदारका महल भत्काउन सक्दैन । सक्छ त केवल गरीव जनताले आफ्नो संस्कार पुरा गर्न आफ्नै परिश्रमले बनाईएका एककोठे छाउ गोठ भत्काउन । वाह सरकार ! तिम्रो बहादुरीलाई सलाम छ ।
अब बिस्तारै तेह्र दिने काजक्रिया बारेर बस्ने क्रियापुत्रीहरुका संरचनाहरु पनि भत्काईदेऊ । तिम्राजस्ता महङ्गा, सुगन्धित र सुबिधासम्पन्न हुदैनन् ति संरचना । ति त चित्रा या मान्द्रोले बेरेर, परालमाथि राडी, पाखी वा कम्बल ओछ्याईएर बनाईएका पितृ या मातृ सोच (दुःख) बारेर बसेका निरिह कृयापुत्रीहरु हुन्छन् ।
कुरा सडकमा पनि नउठेका हैनन् । सदनमा पनि नउठेका हैनन । परम्परागत पूजाको बिरोध, ब्रतको बिरोध, सनातन देखि मानिएको संस्कार र कर्मकाण्डको बिरोध, मात्रै गरेर बहादुरी ठान्नेहरुलाई अनुरोध छ । छाउ गोठ भत्काउने भन्दा यसलाई थप सुबिधा सम्पन्न छाउगोठ बनाउनेमा लाग्न सकिदैन ??? यसलाई सूदुर पश्चिमको सस्कार र संस्कृतिका नाममा बिकास गर्न सकिदैन ??? नेपालको सुदूर पश्चिमको कला र मनाउनै पर्ने पर्वको रुपमा बिकास गर्न सकिदैन ???
विदेशीका भक्त हुनुको पनि सीमा हुन्छ नी । भक्त भएकै भरमा तिनै जनताले दिएको मतले तिनै जनताको धर्म संस्कार र संस्कृतिलाई कुल्चिन मिल्छ ??? देशले सदियौंदेखि मान्दै आएको परम्परालाई तोडन मिल्छ ?? जनताले जोगाएर राखेका संस्कार र परम्परालाई बिदेश प्रभूहरुको ईसारमा ध्वस्त बनाउँदै जाने हो भने हाम्रौ मौलिक परम्पराहरु नै निमिट्यान्न भएर त जादैनन् ??? त्यसकारण छाउका नाममा सरकारले प्रहरी प्रशासन लगाएर सोझा नागरिकमाथि गरिरहेको बर्बरतापूर्ण शक्ति प्रदर्शन र ताण्डव अब बन्द हुनै पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार