५७ दिनसम्म संसद् अवरुद्ध गर्ने पक्षामा कांग्रेस छैन : नेतृ भुषाल
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार २०:२१:३
२८ माघ, काठमाडौं । लगातार तीन दिन अवरुद्ध गरेको प्रतिनिधिसभालाई आज भने विपक्षी नेपाली कांग्रेसले सुचारु गरेको छ । नेपाली कांग्रेस संसदीय दलका उपनेता समेत रहेको पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि सरकारको इशारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आग्रहपूर्वक मुद्धा चलाएको भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै बालुवाटारको ललीता निवास जग्गा प्रकरणमा गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीन पटकसम्म अवरुद्ध गराएको थियाे । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदरुले उठेर विरोध जनाएका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक सुरु गर्नासाथ नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुषालले बोल्ने समय मागिन् । सचेतक भुषालले जनताको आवाज उठाउने संसदलाई लामो समय अबरुद्ध गरी गैर जिम्मेवार नहुने जिकीर गरिन् ।
त्यसपछि उनले संसदीय दलको आज बिहान बसेको बैठकले प्रतिनिधिसभा अवरुद्ध नगर्ने निर्णयबारे जानकारी दिइन् । तटस्थ बस्नुपर्ने अख्तियार नै सरकारको इशारामा चल्न थालेकामा मात्र हामीले विरोध जनाएका हौं :– उनले भनिन् तर अदालतमा प्रवेश गरिसकेको यो विषयमा हामी राजनीतिक तबरबाटै प्रतिकार गर्ने छौं ।
उहाँले अख्तियारले भेदभावका आधारमा विशेष अदालतमा मुद्दा दायर गरेको बताउनुभयो । “सरकारका मन्त्रीले भेदभावपूर्ण तरिकाले मुद्दा दायर गरिएको घटनालाई सरकारको ठूलो उपलब्धि भनेकाले पनि सरकारबाट प्रभावित भई अख्तियारले लाचार छायाँ बनेर मुद्दा दायर गरेको पुष्टि भयो, जनताको छायाँ बनेर हामीले संसद् अवरुद्ध गराएका हौँ”, उहाँले भन्नुभयो ।
संवैधानिक निकाय सन्तुलनमा रहनुपर्ने धारणा राख्दै सांसद भुसालले लोकतान्त्रिक पद्धति, संसदीय पद्धतिका लागि पार्टीका संस्थापक बिपी कोइरालाले आठवटा राजद्रोहको मुद्दा पनि देशमै आएर संवैधानिक रुपमा लडेको इतिहास स्मरण गर्दै कानूनी लडाइँ लड्ने बताइन् ।
“संवैधानिक अङ्गले संविधानवादको विपरीत काम गर्छ भने संसद्ले त्यसको प्रतिवाद गर्नुपर्छ, बालुवाटारको जग्गाको विवरण तयार पारी पठाउनु भनी भौतिक योजना मन्त्रालयमा प्रधानमन्त्री कार्यालयको पत्र अहिले पनि छ, यसको प्रक्रिया अघि बढाउन मुख्यसचिवले उपयुक्त ठानेर प्रस्ताव तयार पारेकामा आदेश दिने र प्रस्ताव तयार पार्नेलाई मुद्दा चलाउनु नपर्ने ?” उनले भनिन् ।
कसैले जग्गा फिर्ता गर्छु भनेकै भरमा मुद्धा नचल्ने कुरा हास्यास्पद भएको पनि उनले दावी गरिन् । लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्न यस्ता षडयन्त्र हुन थालेको पनि उनले बताइन् । ‘तर हामी यसको भण्डाफोर गरि छाड्छौं’ उनले भनिन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पाइनल इन्जुरीलगायत पाँच रोग लागेकालाई राहत दिने, भूकम्पपीडितलाई रु एक लाख थप्ने निर्णय मुख्यसचिवले कहाँ पुर्याउनुभयो ? भन्दै सांसद भुसालले दुवै घटनाको तुलना हुनुपर्ने बताइन् । ‘‘यस्ता गतिविधि फेरि दोहोरिए काँग्रेस चुप लागेर बस्दैन’’ उनले भनिन्, ‘‘विगतमा ५७ दिनसम्म संसद् अवरुद्ध गराइएको स्मरण गराउँदै आफ्नो पार्टीले त्यसो गदैन ।’’
यसैबीच संवैधानिक निकायले अधिकार क्षेत्रबाहिर गई सरकारबाट प्रभावित भएर मुद्दा दायर गरेमा फेरि पनि संसद् अवरुद्ध गर्ने जनाउँदै अहिलेलाई प्रतिनिधिसभाको नियमित कार्यसूचीलाई अगाडि लैजान कांग्रेस सहमत देखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
बीआरआई दुरदर्शी परियोजना हो: प्रधानमन्त्री
मंसिर १९, २०८१ बुधबार
राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार