जनप्रतिनिधिहरुलाई देश भत्काउन र धर्म सिध्याउन पठाएको होइन
नेपालबहस संवाददाता
माघ २९, २०७६ बुधबार २०:२७:४३
यज्ञप्रसाद भट्टराई
२९ माघ, काठमाडाैं । धर्म संस्कार, संस्कृति र परम्परा के हो ? भनेर तिम्रा पश्चिमा भक्त पाखण्डिहरुलाई हैन बबुरा हो, तिम्रा बाबा, आमा, हजुरबा, हजुरआमालाई सोध्नु पर्छ । बाबुले हलो जोतेर तिमीहरुलाई यो अवस्थामा ल्याईपुर्याएको हो तर त्यो पुरातन सोच भयो हलो, अनौं, फाली र जुवा तोडनु पर्छ । यसको ठाउँमा नयाँ प्रबिधि र यान्त्रिक उपकरण जोडनु पर्छ ।
यदि तिमी आपनो अस्तित्व स्विकार्छौ भने, यदि तिमी भौतिक पदार्थ र भौतिक जगतलाई स्विकार्छौ भने ईश्वरीय शक्ति र ईश्वरीय अंशलाई स्विकार्न किन कन्जुस्याँई ??? कसैले ईश्वरिय शक्तिलाई प्राप्त गरेर महान शन्त र बुद्धत्व प्राप्त गरेर भगवान बनेका उदाहरणहरु हाम्रै देशमा प्रशस्त पाईंदैनन् र ???
महिलामाथि श्रीस्वस्थानी माताको कथामा मात्र दमन भएको हैन नामर्द हो अहिले पनि भएकै छ त । शिवमायाँलाई गलहत्याएर सापकोटा भित्र्याएको घटनाले यसलाई पुष्टि गर्दैन र ??? अब त हामी महिलाहरुलाई सन्तान जन्माउन धेरै समस्या भो बाबुबाट सन्तान जन्माउनु पर्छ भनेर संसदमा वकालत गरे ।
के तिमीहरुले श्रीस्वस्थानी माताका पुस्तकका पाना च्यात्नका लागि र श्रीपञ्चमी कथाका पुस्तकहरु देशबाट बिक्रीगर्न सभासद बनाएर पठाउनु भएको हो ??? छाउपडिका गोठ भत्काएर शुरु भएको यो धर्म संस्कार र परम्परा बिरोधी अभियान त्यतिकै रोकिनेवाला छैन । यसले श्रीस्वस्थानी माताका पुस्तकका पाना च्यात्नेदेखि बेद, पुराण र उनजिशद्, किम्बदन्ती र उखान टुक्काहरु बोल्न, सुन्न र लेख्न नपाईने सम्मका कानुनहरु निर्माणसम्म आईपुग्ने देखिन्छ ।
पश्चिमा मूलुकका केहि धर्मानुरागि व्यक्तिहरुले श्री स्वस्थानी माताको बिषयमा विद्याबारिधी गर्दैछन् । थेसीस लेखिसके । धर्म, संस्कार र परम्पराको महत्व बुझि सके । बेद, पुराण र उपनिषद्हरुलाई आपना पाठ्यक्रममा समेटिसके । कुनै–कुनै देशमा गायत्रिमन्त्र पढेर संसद बैठक सञ्चालन गर्छन् । कुनै–कुनै देशमा ब्राम्हणद्धारा स्वस्तिशान्ति बाचन गरेर आपना संसदिय कार्यहरु अगाडि बढाउछन् ।
तर, यता हाम्रा अण्डर एस.एल.सी. जनताका प्रतिनिधिहरु भनाउँदा पाखण्डिहरु श्री स्वस्थानी माताको पुस्तकको पाना च्यात्ने कुरा गर्दछन् । हुन त मुलुक नै धुजाधुजा बनाएर च्यातिसकेका यि अघोषित धर्म बिरोधी जमातका लागि श्रीस्वस्थानी माताको, श्रीपञ्चमीका कथाका पानाहरु च्यात्न के को आईतबार ??? विद्यालय भत्काउने, मन्दिर भत्काउने, संस्कृती भत्काउने, सदियौंदेखि चलिआएको प्रथा र परम्परा भत्काउनेका लागि यो काम कुनसा ठूलो कुरो भयो र ???
मलाई ति नेपाली आमाका वीर शन्ततीलाई सलाम गर्न मन लाग्छ जसले यस्ता मानसिक रोगका शिकार भएका व्यक्तिहरुलाई भोट दिएर जिताए । सांसद जस्तो गरिमामय पदम आसिन गराए । जनताका समस्या र चित्कारलाई एकातिर पन्छाउँदै यिनिहरुलाई विदेशी क्रिश्चियनहरुको झोला बोक्न मै आतुर छन् ।
देशको धरोहरको रुपमा रहेका मठ, मन्दिर र ति मन्दिरमा पाठहुने पुस्तकहरु कसरी अमानवीय भए ??? कसरी महिला या पुरुष बिरोधी भए ?? कसरी समाज बिरोधी भए ??? कसरी राष्ट्र बिरोधी भए ??? यदि बिरोधी थिए भने युर्गौसम्म मिलेर बसेको हाम्रो समाजलाई तिम्रा पश्चिमा संस्कृतीका पादरीहरुले किन फुटाएर राज गर्न खोज्दैछन् ???
किन सिंगो मुलुकलाई टुक्रटुक्रा पार्दा समेत तिम्रो रुन्चे बोलि निस्कन सक्दैन ?? अमेरिकामा हाछ्उिँ गर्दा किन नेपाली नेता तर्सन्छन् ?? मलाई ति मतदातालाई सोध्न मन छ, के तिमीहरुले श्रीस्वस्थानी माताका पुस्तकका पाना च्यात्नका लागि र श्रीपञ्चमी कथाका पुस्तकहरु देशबाट बिक्रीगर्न सभासद बनाएर पठाउनु भएको हो ???
छाउपडिका गोठ भत्काएर शुरु भएको यो धर्म संस्कार र परम्परा बिरोधी अभियान त्यतिकै रोकिनेवाला छैन । यसले श्रीस्वस्थानी माताका पुस्तकका पाना च्यात्नेदेखि बेद, पुराण र उनजिशद्, किम्बदन्ती र उखान टुक्काहरु बोल्न, सुन्न र लेख्न नपाईने सम्मका कानुनहरु निर्माणसम्म आईपुग्ने देखिन्छ ।
उखान टुक्का भन्ने एकमात्र अधिकार अब देशका कार्यकारी प्रमूखलाई मात्र प्रदान गर्ने र अरु कोहि कसैले यस्तो अवाञ्छित गतिबिधि गरेको पाईएमा ५ बर्ष जेल र नेताहरुको औषधोपचारमा लाग्ने खर्च ब्यहोर्नु पर्ने नियमआउन अब लामो समय कुर्नु पर्ने देखिदैन ।
यदि यहि धर्म, संस्कार र परम्पराले यिनिलाई रोकेको भए अन्तरजातिय बिबाह गर्न किन रोकेन ?? यिनलाई जथाभावी गर्न र जथाभावी बोल्न किन रोकेन ?? आफु लाज पचाउने अनि दोष धर्म, संस्कार र धार्मिक ग्रन्थहरुलाई दिनु किमार्थ राम्रो होईन । यसले यिनिहरुको खराव सोच र गलत ब्यवहार मात्र आम नागरिकसम्म उजागर हुने हो ।
हिन्दू धर्म नमान्ने अधिकार छ । मान्दिन भन्न पाईन्छ । तर कसैले मानिआएको र जगेर्ना गर्दै ल्याएको प्रथा र परम्परामाथि धावा बोल्ने अधिकार कसैलाई हुदैन । हुने छैन । चाहे त्यो देशको कार्यकारी होस्, बिधायिका होस्, कानून निर्माता वा व्याख्याता होस् या त्यसको प्रयोगकर्ता होस् ।
धर्म भनेको अनुसासन हो । धर्म भनेको पहिचान हो । धर्म भनेको सामाजिक बन्धन हो । धर्म भनेको नेपालीको निसान हो । धर्मले मानिसलाई अनुसासनमा राख्न सहयोग गर्छ । पाप र धर्मको सामाजिक व्याख्याले पनि समाजमा घटने कैयौं अपराधिक कार्यलाई धार्मिक संकटका रुपमा न्यनिकरण गरिरहेको हुन्छ । यसलाई कसैले भुक्दैमा डराईहाल्ने अवस्था छैन । कसैले तर्साउदैमा तर्सिहाल्नु पर्ने अवस्था छैन ।
तिम्रो ध्यान देश विकासमा लाग्नु पर्छ । जनताका समस्या र अप्ठ्याराहरुलाई सरलिकरण गर्न तर्फ उन्मूख हुनुपर्छ । जनताका चासोका बिषयहरु जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, पुल, कुलो, नहरतर्फ हुनु पर्छ । सक्छौ भने देशमा उद्योगधन्धा खोल्ने कुरामा बहश गर जनताले साथ दिन्छन् । सक्छौ भने अस्पताल खोल्ने कुरामा बहश चलाउ जनताले सहयोग गर्छन् । सक्छौ भने जनताका खेतमा कुलो र नहर पुर्याउ जनताले स्याबासी दिन्छन् ।
केहि अपराधि प्रबृत्तिको निरन्तरताले धार्मिक अनुष्ठान र परम्परामा समस्या आउन सक्छ, त्यसलाई नैतिक शिक्षा र धार्मिक तथा मानवीय ब्यवहारले परास्त गर्दै जानु पर्छ । अब मुलुकमा यस्ता यसोदा सुबेदी गुरुङ्ग जस्ता हजाराैं धर्म बिरोधी, संस्कर बिरोधी र परम्परा बिरोधी खराव सोचका मान्छेहरु जन्मिदै जान्छन् । धर्मका बिरुद्धमा आपना बिष बमन गर्दै जान्छन् । यसलाई धार्मिक संस्था, धार्मिक ब्यक्ति तथा साधु, सन्त, गुरु, महाराज, तथा महन्तहरुले आप्mनो धैर्यता र शहनसिलताले रोकथाम गर्दै जानु पर्छ ।
जव तिमी आफु मानव भएकोमा गर्व गर्छौ, जति तिमी आपनो आफन्तको बिषयमा विश्वास गर्छौ । जति यो भौतिक शरिर र भौतिक साधनमा विश्वास गर्छौ त्यसरी नै आध्यात्मिक जगतको विश्वास गर्ने हाम्रो परम्परालाई तिमी लात मार्न सक्दैनौ । कुनै धार्मिक पुस्तकले, त्यसमा लेखिएका शब्द र बाक्यांशले तिमीलाई, तिम्रो ब्यवहारिक जीवनलाई, तिम्रा अन्नदाता प्रभूलाई कुनै असर पार्दैनन् । यसका पाना च्यातिराख्नु पर्दैन । धर्मको बिषयलाई संसदमा घुसाएर बिकासको कामलाई पछाडि धकेल्ने दुष्प्रयास नगरेकै भए हुने थियो ।
जनताले आपना जनप्रतिनिधिहरुलाई देश भत्काउन र धर्म सिध्याउन पठाएका हैनन् । धर्मको नामका यस्ता कलंकहरुलाई अब जनताले बेलैमा चिन्न जरुरी छ । यिनिहरु एक प्रतिनिधि पात्रका रुपमा मात्र अगाडि बढाईएका हुन । यो भित्रको पश्चिमा षडयन्त्र अझ भयंकर कहालिलाग्दो छ ।
यो मन्द विषका रुपमा हाम्रो धर्म र संस्कारमाथि प्रहार गर्न उद्यत छ । जनताले तिमीहरुलाई देशको विकास गर्नका लागि आपना प्रतिनिधिका रुपमा केहि समयका लागि सांसद बनाएका हुन । संसदमा पठाएका हुन । तिम्रो ध्यान देश विकासमा लाग्नु पर्छ । जनताका समस्या र अप्ठ्याराहरुलाई सरलिकरण गर्न तर्फ उन्मूख हुनुपर्छ । जनताका चासोका बिषयहरु जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, पुल, कुलो, नहरतर्फ हुनु पर्छ । सक्छौ भने देशमा उद्योगधन्धा खोल्ने कुरामा बहश गर जनताले साथ दिन्छन् । सक्छौ भने अस्पताल खोल्ने कुरामा बहश चलाउ जनताले सहयोग गर्छन् । सक्छौ भने जनताका खेतमा कुलो र नहर पुर्याउ जनताले स्याबासी दिन्छन् । सक्छौ भने असहाय दीन दुःखीलाई सहयोगको भावना राख जनताले तिम्रो जयजयकार गर्छन् ।
तर जनताका आस्थामा, जनताको विश्वासमा यदि यसरी नै बलात लात मार्ने काम गर्छौ भने तिमीलाई कुर्सिमा पुर्याउने मात्र हैन लात हानेर पुरानै धरालतमा पुर्याउन सक्छन् । याद राख तिमी जिवनभरका सत्ता सञ्चालकहरु होईनौं । कानून निर्माणका नाममा जनताको धार्मिक विश्वासमा कुठाराघात गर्ने प्रयास गर्यौ भने तिमीसँगै तिम्रा दल र तिम्रा प्रभूहरुलाई कसरी निमिट्यान्न पार्नु पर्छ भन्ने कुरा पनि जनताले राम्ररी बुझेका छन् ।
चेतना भया !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा वरदान
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार