जनयुद्धको सक्कली पाटो
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार १९:२२:२२
सम्पादकीय
१ फाल्गुण, काठमाडौं । नेपाली राजनीतिका खरा व्यक्तिको छवि बनाएका खड्गप्रसाद ओली कुनै बेला भन्थे– माओवादी नामको खोल ओड्ने हत्याराको झुण्ड मुलुकको गलगाँड हो । हत्या हिंसा र धम्कीको भरमा जनतालाई तर्साउने माओवादी शैली र प्रवत्तिका कटु आलोचक ओलीको बोली यतिखेर मत्थर छ ।
माओवादीले सुरु गरेको जनयुद्धलाई हिंसाको संज्ञा दिने गरेका ओली फागुन १ गते जनयुद्ध दिवसमा उपस्थित हुने प्रचार गरिएको थियो । पार्टी कार्यालयले बढो तामझामका साथ आजको जनयुद्ध दिवस उत्सवका रुपमा मनाइने र कार्यक्रमका प्रमुख अतिथि ओली बन्ने हल्ला गरियो । नभन्दै कार्यक्रमको आयोजना पार्टी कार्यालय धुम्बाराहीमा भव्य रुपमा गरियो । तर ओली भने कार्यक्रममा गएनन् ।
ओलीको यो निर्णय प्रतिकात्मक छ । माओवादीसँग पार्टी एकता गरेपछि आफ्ना विगतको समेत ओलीले स्वामित्व ग्रहण गर्ने विश्वास नेकपाका कार्यकारी अध्यक्ष भइखाएका पुष्पकमल दाहाललाई थियो । तर ओली जब्बर छन् , उनको स्वभाव बुझेकालाई पहिल्यै लागेको थियो – जनयुद्ध दिवस फाल्तु हो भन्ने ओलीको ठम्याई उस्तै छ । नभन्दै ओलीले प्रचण्डलाई राम्रो जवाफ दिए । थाङ्नामै सुताइ दिए ।
आज हजारौंको संख्यामा पूर्व माओवादी लडाकू सडकमा आन्दोलन गरी भौंतारिरहेका छन् । हजारौं युवा खाडीमा श्रम गर्न वाध्य भएका छन् ।
ओलीको आजको निर्णयले पूर्व माओवादी पक्षलाई हेर्ने दृष्टिकोणमा बदलाव आएको छैन भन्ने सन्देश दिएको छ । तीन वर्षअघि सम्म हिंसाका रुपमा व्याख्या गर्ने उनको सोच र शैली रुपमा फेरिएको जस्तो देखिए पनि सारमा भने उस्तै रहेको बुझियो । राजनीतिमा उतार चढाव सामान्य हो । अहिलेको सत्रु भोलि मित्र हुन सक्छ । सायद यही नियम र सूत्रले काम गरेको हुनुपर्छ ।
अहिले ओलीका लागि पूर्व माओवादी अजंगको सारथी बनेको छ । ओली जस्तो बाठो र डेढ अक्कली मानिससँग व्यावहार गर्न सहज छैन । प्रचण्डले फुरुङ्ग पारेकै भरमा जनयुद्धलाई स्वीकार्न वाध्य पार्ने रणनीति ओलीले नबुझेका होइनन् । त्यसैले बिहानसम्म केही नबोली एक्कासी नजाने निर्णय सुनाइ दिए । प्रचण्ड यसबाट मर्माहत भएका छन् । जनयुद्धलाई ओलीबाट अनुमोदन गराउन सकेको भए बिगतमा ओलीले लगाएका आरोपबाट मुक्त हुने अवस्था थियो । यसमा प्रचण्ड सफल भएनन् ।
आज जनयुद्ध दिवस मनाइरहँदा प्रचण्डको सोच र योजना अलग छ । उता, मोहन वैद्य र विप्लबको फरक देखिन्छ ।
२०५२ साल फागुन १ बाट माओवादीले थालेको जनयुद्धका क्रममा करिव १७ हजार नेपालीले ज्यान गुमाए । हजारौंको अंग भंग भयो भने बेपत्ता हुनेको संख्या पनि हजारौंमै रहेको छ । ०६३ सालपछि माओवादी मूलधारको राजनीतिमा आयो । यसबाट मूल नेतृत्वलाई स्थापित गरिदियो । जनताले चाहेर वा नचाहेर भएपनि माओवादी नेताहरुलाई जंगल फर्कनबाट रोक्ने काम गरे । ०६५ सालमा भएको संविधानसभा निर्वाचनमा माओवादीलाई जनताले प्रचण्ड मत दिएकै हुन् ।
त्यसपछि सत्ताको चास्नीमा डुबेको माओवादी नेतृत्व पूर्णतः सामन्तवादको पक्षधर बन्न पुग्यो । आज हजारौंको संख्यामा पूर्व माओवादी लडाकू सडकमा आन्दोलन गरी भौंतारिरहेका छन् । हजारौं युवा खाडीमा श्रम गर्न वाध्य भएका छन् । मोहन वैद्य र विप्लवहरु क्रान्ति पूरा नभएको भन्दै पुरानै शैलीमा काम गर्न अभिशप्त छन् ।
युद्धका बेला मोर्चामा गोलबद्ध लडाका अहिले कता छन् ? तिनको भरणपोषणमा प्रचण्ड लगायतको मूल नेतृत्वले के कार्यक्रम ल्यायो त ? जबकी उनीहरु लामो समय सत्तामा बसे । अहिले पनि सत्ताको बाग्डोर उनकै हातमा छ । तर घाइते लडाकुहरु जिउमा छर्रा र गोली बोकेर भौंतारिरहेका छन् । यो परिवेशमा प्रचण्डले भव्य महल र पार्टी कार्यालयमा नक्कली जनयुद्ध दिवस मनाएका छन् । त्यहाँ हिजो युद्ध मैदानमा होमिएका कोही थिएनन् । थिए त केवल सत्ताको चास्नीको स्वाद लिन र दिन सफल नक्कली काम्रेड मात्र ।
आज जनयुद्ध दिवस मनाइरहँदा प्रचण्डको सोच र योजना अलग छ । उता, मोहन वैद्य र विप्लबको फरक देखिन्छ । वैद्य र विप्लवको नजरमा जनयुद्ध अधुरो छ । उता, प्रचण्डको बुझाईमा ऐन मौकामा मूलधारमा आइयो , नत्र माओवादी आन्दोलन नै विघटन हुने थियो । तर दुबै पक्षको सोच भने के कारणले पूर्ण वा अपूरो भन्ने तर्क चाहिं पत्यार लाग्दो रुपमा आउन सकेको छैन ।
नेपाली जनताको भावना र संवेदनामा खेल्न माहिर कम्युनिष्ट पार्टीका नेताहरु अझै पनि अलमल्याउने दाउमा रहेका छन् । फेरि पनि जनतालाई भ्रमित पारी आफ्नो अभिष्ट पूरा गर्ने उनीहरुको रणनीति हो । तर समय फेरिएको छ, जनता जानकार छन् । त्यसैको संकेत स्वयं माओवादीकै नेता बनेका ओलीले आजको बहिष्करणबाटै गरिसकेका छन् ।
यो पनि
किन गएनन प्रधानमन्त्री ओली जनयुद्ध दिवसको कार्यक्रममा ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
देश युक्रेन र प्यालेस्टाइन बन्ने भो !
असार १३, २०८१ बिहिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
ठमेलमा आगलागी हुँदा ६५ लाखको क्षति
माघ १९, २०८१ शनिबार
अध्यादेशमा सहकारीका प्रावधानबारे एमालेकै असहमति, प्रधानमन्त्रीलाई परिमार्जन दवाव
माघ १९, २०८१ शनिबार
ढिस्कोमा पुरिएर एकजनाको मृत्यु
माघ १९, २०८१ शनिबार
झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी
माघ १९, २०८१ शनिबार
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
माघ १९, २०८१ शनिबार
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी
माघ १९, २०८१ शनिबार
ठमेलमा आगलागी हुँदा ६५ लाखको क्षति
माघ १९, २०८१ शनिबार
अध्यादेशमा सहकारीका प्रावधानबारे एमालेकै असहमति, प्रधानमन्त्रीलाई परिमार्जन दवाव
माघ १९, २०८१ शनिबार
ढिस्कोमा पुरिएर एकजनाको मृत्यु
माघ १९, २०८१ शनिबार
झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी
माघ १९, २०८१ शनिबार
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
माघ १९, २०८१ शनिबार
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी
माघ १९, २०८१ शनिबार
ठमेलमा आगलागी हुँदा ६५ लाखको क्षति
माघ १९, २०८१ शनिबार
अध्यादेशमा सहकारीका प्रावधानबारे एमालेकै असहमति, प्रधानमन्त्रीलाई परिमार्जन दवाव
माघ १९, २०८१ शनिबार
ढिस्कोमा पुरिएर एकजनाको मृत्यु
माघ १९, २०८१ शनिबार
झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी
माघ १९, २०८१ शनिबार