हाम्रो पवित्र प्रेमको कसम ! छिटोभन्दा छिटो मलाई भेट्न आऊ ….।
कुसुम सेञ्चुरी
फागुन २, २०७६ शुक्रबार १३:३५:१६
भ्यालेन्टाईन डे विशेष
२ फागुन काठमाडौं । आज प्रेमदिवस ! यो बिशेष दिनमा परिस्थितिबश तिमी म भन्दा टाढाको भूगोलमा छौं ।अनगिन्ती सम्झना र अलौकिक प्यार, प्रियतम ! तिमीप्रतिको अमूर्त र अतुलनीय प्रेमभावलाई पत्रमा उतार्ने दुस्साहस गरेकी छु । कतै गल्ती त गरिन ??
अझै भनौं तिमी र म बीचको प्रगाढ प्रेमलाई शब्दमा उतारेर कतै हाम्रो पिरतीको अवमूल्यन पो गरेँ कि भन्ने डर पनि लागेको छ । तर मलाई बिश्वास छ, पत्र पढेपछि तिमीले अनौठो आनन्द महशुस गर्नेछौ । तिम्रो प्रेमलाई मैले कसरी ग्रहण गरेकी रहेछु, कति अनुभूत गरेकी छु भन्ने कुरा यो पत्र पढ्न पाउँदा तिमी खुशीले पक्कै पनि गदगद् हुनेछौ ।।
प्रेमलाई विशुद्ध रुपमा अनुभूत गर्न मैले तिमीबाटै सिकेकी हुँ । प्रेमलाई परिभाषित होइन, अनुभूत गर्नुपर्छ भन्ने ज्ञान तिमीले नै त सिकाएका हौं ।। तिम्रो प्रेमको तुलना अरु कुनै व्यक्ति वा वस्तुसँग हुन त सक्दै सक्दैन नै । र, यस्तो विशिष्ट प्रेमभावलाई तुलना गर्न मेरो आत्माले पनि अनुमति दिँदैन । म यो पवित्र प्रेमलाई कुनै वस्तु या भावसँग तुलना गरेर बिटुल्याउने हर्कत राख्दिन पनि । मलाई थाहा छ । तिमीले यसलाई राम्ररी बुझेका छौं ।
संसारभर प्रेमका कयौं उपमाहरु सिर्जिएका छन् ।। प्रेमका पूजारीहरुले प्रेमलाई संसारका अमूल्य, अटल र कहिल्यै अस्तित्व नाश नहुने अजर-अमर वस्तुहरुसँग तुलना गरेको पढेकी छु, सुनेकी छु । तर मेरा निम्ति तिमी एक अतुलनीय अनुभूति हौं । प्रेमको एउटा पूर्ण स्वरुप हौं । हाम्रो प्रेम कसरी यस्तै अमूर्त रितले हुर्कँदै आएको छ भन्ने हामी दुवैले महशुस गरेका छौं ।
आज प्रणय दिवस । यो भन्दा अघिल्ला बर्षहरूमा यो प्रणय दिवस नआएको होइन, आएकै हो । तर यसपटकको प्रणय दिवश मेरा लागि बिशेष बनेको छ । साथमा नभएपनि भावनामा तिमी छौं र त त्यसमै आन्नद छ । अनि यसकै बहानामा आज मेरा मनका भावनाहरू तिमी सामु छताछुल्ल पार्न पाएकी छु ।
तिम्रो तारिफ कसरी गरु म ? तिम्रो जतिसुकै तारिफ गरे पनि अपुरै रहन्छ । अधुरै रहनेछ । तिमीलाई के को उपमा दिउ म ? के सँग तुलना गरु तिमीलाई ? तिमीसँग तुलना गर्न लायक कुनै चिज बस्तु नै देख्दिन म । तिमीमा सबैभन्दा माथिल्लो स्तरको स्वभाव छ । तिम्रो भित्री ब्यक्तित्व । अर्थात तिम्रो सोच, जीवन र जगतप्रति हेर्ने तिम्रो दृष्टिकोण ,साथी सङी प्रति गर्ने तिम्रो व्यवहार अनि आकाश जस्तो फराकिलो तिम्रो त्यो दिल ।
सामान्य बोलचालबाट शुरु भएको हाम्रो सम्बन्ध कति धेरै प्रगाढ भैइसकेछ है । त्यो मलाई मात्र हैन तिमीलाई पनि थाहा नै छ । हाम्रो सम्बन्धको प्रगाढता यहाँ यसरी शब्दमा बताउन सक्दिन म । अझै यो सम्बन्धलार्ई ठोस रुप दिन तिमीलाई यो पत्र लेख्दैछु । आज प्रेमदिवसकै दिन यो प्रेम पत्र कोर्दैछु । कतिपय फिल्ममा नायकले आफ्नै रगतले प्रेमपत्र लेखेको देखेकी छु । तर म भने यहाँ कम्प्युटरमा किर्बोडको सहाराले लेख्दै छु । रात ढल्किदै छ, सधैै जस्तो,केही भिन्न छैन ।।
त्यहि बिवश सुर्य जो दिनभरी अरुलाई उज्यालो दिएर आफै निभ्दैछ अनि सधैै जस्तो चन्द्रमा आफ्नो पालो पर्खेर केही कोष टाढा सुर्यको प्रतीक्षामा छ । जब बाहिर हेरे, यी सबै दिनहुँ दोहोरीरहने क्रियाकलाप भएपनि आज म भिन्न महशुस गर्दैछु । किनकि आज प्रेमदिवस हो । बन्द कोठाबाट निहालेको दृश्यलाई अझै नजिकबाट हेर्न मन लाग्यो म अनि त्यो सुन्दर दृश्य बीचको दुरि, झ्याल खोलर हेरे, फगत हेरिरहे ।। हरेक अनुहार नियाल्नु अनि हरेक शरीर महशुस गर्नु मात्र प्रेम नहुँदो हो, यस्तै हुँदो हो भने एकदिन भेटेर एक जुनि हाँसीखुशी बिताउने थिएनन् हाम्रा आमाबाबाले । दिन बितेसंगै तिमीसँगै बोल्दाको खुशी अनि तिमीप्रतिको माया कहिले घटेन म मा ।।समय सँगै बढदै गयो त्यो निस्वार्थी रुख जस्तै ।। अनि तिम्रा हरेक कुराले मेरो अनुहारमा उज्यालो थप्दै गयो त्यो रात नि नभनी आकाशमा चम्किरहेको जुन जस्तो ।।
तिमी मभित्र कसैले निकाल्न नसक्ने गरी प्रवेश गरिसकेको छौं । मेरो लासमा पनि तिमीलाई साँचेको अमर माया बाँचिरहनेछ । मायालु ! माया, अपार र निराकार रहेछ । बोलेर, लेखेर, भोगेर नसिद्धिने । तराजुमा जोख्न नसकिने । यसको भण्डार जति रित्यायो, त्यति भरिने । साँच्चि नै माया शाश्वत रहेछ । रातको शून्यतामा तिम्रो पदचापको आहटले पटक पटक ब्युँझिन्छु । तिमी आउनेछौ, मेरो छेउमा बस्नेछौ, अङ्गाल्ने छौ मलाई । जूनको शिरफूल लगाइदिनेछौ । ताराहरु जडेर सिलाएको टलटल टल्किने पछ्यौरी ओढाइ दिनेछौ । चुम्ने छौ कपालका रेसा रेसा । म्वाई खानेछौ यो प्यासी अधरमा अनि मलाई न्यानो पार्न आफ्नो छातीमा टाँस्नेछाैं ।
हामी एक अर्काविना पूरा हुन सक्दैनौं । तिमी मेरो आधा अङ्ग हौ र म तिम्रो आधा अङ्ग हुँ । हामी दुवैको सङ्गमपूर्ण रुप नै पूर्णमानव हाे । तिम्रो र मेरो नशासँग नशा, मुटुसँग मुटु जोडिएको जस्तो लाग्छ । तिम्रो राम्रो खबर सुन्दा मन फुरुङ्ग हुन्छ र नराम्रो सुन्दा टाेलाउँछ । मलाई सुनसानमा पनि तिम्रो आवाज सुनेजस्तो लाग्छ । त्यसैले ध्यानपूर्वक सुन्छु म मौनतालाई । बेहोशी मै तिमीलाई सम्झिएर बर्बराउँछु । यस्तो लाग्छ, म धनुषको ताँदोमा चढेर बाण झैं छुटन लागेकी छु, तिम्रो निशानासम्म । त्यो निशाना तिम्रो आत्मा हो, म सुरक्षित रहने पवित्र ठाउँ । ठेगाना विनाको चिठ्ठीजस्तो थिएँ म । तिमी मेरो पत्रबाहक बन्यौ । संवेदनाको संवाहक बन्यौ । तिम्रो सम्झनाले तरङ्गित छु म । तिम्रै आकर्षणमा झङकृत छु र त यो प्रेम दिवसको दिन यो प्रेमपत्र तिमीलाई …।।
डियर ! म तिमीलाई अगाध प्रेम गर्छु !! साँच्चै म तिमीलाई आजाद पन्छी झैँ खुल्ला आकाशमा उन्मुक्त भाव लिएर प्राकृतिक सुन्दरताको बोध र ऋतुहरुको दृष्टि आँखामा राख्दै सागरजस्तो स्वच्छ, शान्त,निश्छल अनि पवित्र हृदयले प्रेम गर्ने हिम्मत गर्छु । प्रेमिल जीवनमा यथार्थताको पछ्यौरी ओढेर, ओठभरि उषाको रंगिन लाली पोतेर हर्ष र हृदयदेखिको मुस्कान यत्रतत्र पोखेर मन मस्तिष्कैदेखि म तिमीलाई निःशब्द प्रेम गर्छु । कहिल्यै नओइलाउने दूबो र मखमली फुलजस्तै,कहिल्यै नबदलिने बिहानीको सूर्यजस्तै, साँझपख बहने शीतल पवनजस्तै,कहिल्यै नमेटिने समयको गतिजस्तै अनन्त अनन्तकालसम्म प्रेम गर्छु ।
मलाई विश्वास छ, तिमीले पनि मलाई उत्तिकै प्रेम गर्नेछौ । भगवानसँग मेरो यही प्रार्थना छ कि हामी दुई बीचको प्रेम नल दमयन्ती, लैलामजनु, जुलियटरोमियो, हिरराँझाको पवित्र प्रेम झैँ युगयुग बाँचिरहोस् । न कि रातमा झर्ने शीतको थोपाजस्तो सूर्योदय हुनासाथ क्षणभरमै विलिन हुने वा क्षणिक बासनाको आगोमा परि भस्म हुने नहोस् ।। हाम्रो प्रेम दुईदिने रंगमञ्चको खेलजस्तो नबनोस, पश्चिमी शैलीको नक्कल गरी मनाईने प्रणय दिवसको अवसरमा प्रेमीले किनेको रातो गुलाब झैँ दुईचार दिनमा पत्र पत्र झरेर सुक्ने साथै रङ्ग उडेकोे झैँ रंगहिन नबनोस् ।
मेरो च्याटिङ्गबाट नै तिमी मेरो दुःखसुख सहजै बुझ्छौ । समस्याको समाधान पहिल्याउँछौ अनि सही दिशा निर्देश गर्दछौ । कति पवित्र हृदय तिम्रो ! तिम्रो मायामा न कुनै खोट छ न त कुनै स्वार्थ नै । डियर ! यो तिम्रो महानता हाे । म तिम्रो पवित्र मायाको ऋणी भएकी छु । म तिमीजस्तो अनमोल प्रेमी पाएकोमा भित्रभित्रै गर्वले फुलेकी छु । मेरो छाती चौडा भएको छ ।
सायद मेरो कठोर नारकीय जीवनमा बहार ल्याउन भगवानले तिमीलाई एक दुतको रूपमा म कहाँ पठाएको हुनुपर्छ । किनकि तिम्रो आगमनसँगै मेरा समस्याहरू क्रमशः पर हट्दै गए ।
हजारौँ हार बीच निराश हुँदै भौंतारिईरहेकी म र मेरा गन्तव्यका ढोकाहरु बिस्तार बिस्तार खुल्दै गए । जीवनमा एक तमासको चमत्कार नै भयो । पुनः एक किसिमको आत्मबल आयो,केही गर्नुपर्ने तीव्र ईच्छ्याका साथ बचेखुचेको हिम्मत अनि साहसलाई बटुलेर जीवनरुपी नौका खियाउन थालेँ । फलतः मेरो मेहनतले रङ्ग ल्याउन थाल्यो,बिस्तार बिस्तार सफलता पनि प्राप्त गर्दै गएँ । कठिन परिश्रम पश्चात् बर्षौं वर्षदेखि बिग्रिएका कामहरू एकाएक बन्न थाले । सायद तिमीले ममाथि गरेको त्यो निश्वार्थ प्रेमको परिणाम थियो ।
थाहा छैन, यो जुनीमा तिम्रो मेराे वास्तविक रूपमा भेट हुन्छ या हुन्न । तिमीलाई प्रत्यक्ष रूपमा देख्न पाउँछु या पाउँदिन, भविष्यको गर्भमा छ किनकि तिमी म भन्दा धेरै टाढा छौ । मनले चाहेको भरमा सात समुन्द्रबाट मलाई भेट्न आउन पनि गाह्रो छ । तरपनि मायाको माध्यमबाट तिमी हमेशा मेरो मन मस्तिष्कमा रहिरहेको अनभुति हुन्छ । हरदम हरपल अदृष्य रूपमा म तिमीलाई म मेरो अन्तर्मनभित्रै पाउँछु । तिम्रा यादहरू समेटेर तिम्रो पर्खाईमा नै मेरो सम्पूर्ण जीवन बिताईरहेकी छु । आशा छ, भगवानले तिमी र मलाई जुराएभने अवश्यपनि जुटाउँछन् नै होला । सात समुन्द्रपारीदेखि इन्टरनेटको माध्यमद्धारा तिमीलाई भेट्नु सायद नियतिको खेल नै थियो । पक्कै पनि यसको परिणाम अत्यन्त सुखद र सकारात्मक हुने मैले महशुस गरेकी छु डियर ।।
डियर ! तिमी बिनाको मेरो जीवन पानी बिनाको माछा सरह छ । तिमीसँग छुट्टिएर अर्को दुनियाँ बसाउने म कल्पनासम्म पनि गर्न सक्दिन । हर रात ,हर क्षण तिम्रो सम्झनाले सताउने गर्दछ । तसर्थ आज तिम्रै यादमा यी हरफहरु लेख्ने जमर्को गरेकी मैले यो प्रेमदिवसमा । आशा छ, मेरा यी अभिव्यक्तिहरू तिमीले अवश्य मन पराउने छौ । मेरो मनको चाहना बुझेर तुरुन्त मलाई भेट्न आउने छौ । म तिम्रो पर्खाईमा बसिरहेकी छु । तिम्रो सु–स्वास्थ्यको कामना गर्दै मेरो दौडिरहेको किर्बोडलाई यहीँ बन्द गर्ने अनुमति माग्दछु डियर ! हाम्रो पवित्र प्रेमको कसम ! छिटोभन्दा छिटो मलाई भेट्न आऊ ….। लभ यू डियर ! !
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपउपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन
मंसिर १९, २०८१ बुधबार
हेटौंडामा शौचालयमा लडेर युवकको मृत्यु
मंसिर १९, २०८१ बुधबार
काठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
मंसिर १९, २०८१ बुधबार
हेटौंडा अस्पतालमा विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन
मंसिर १९, २०८१ बुधबार
बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै
मंसिर १९, २०८१ बुधबार
स्पेनिस ला लिगामा बार्सिलोनाको फराकिलो जित
मंसिर १९, २०८१ बुधबार