छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार २०:६:११
८ फागुन काठमाडौं । कैलाली, चितवन, सिरहा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कैलाली, टिकापुर नगरपालिका-४ अस्नेहरी चोकमा बुधबार दिउँसो से.६ प ५२०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने पैदलयात्री ८५ वर्षीया कलधरी रावलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, भरतपुर महानगरपालिका-१९ तमु चोकमा प्रदेश नम्बर २-००३-००४ प ९४४० नम्बरको मोटरसाइकल बुधबार साँझ अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर दुर्घटना हुँदा सोही महानगरपालिका-६ गितानगर बस्ने ३५ वर्षीय राजेन्द्र पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी रामपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिरहा, सिरहा नगरपालिका-१ हटियास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले बुधबार साँझ ठक्कर दिंदा सोही ठाउँ बस्ने १८ वर्षीय नरेश सदाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, कटहरी गाउँपालिका-१ स्थित सडकमा को.२ त ६७३६ नम्बरको ट्याक्टर बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक ग्रामथान गाउँपालिका-५ तेतरिया बस्ने २४ वर्षीय युवराज भगतको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार