महाशिवरात्री पर्वको महिमा र आजको भीड
कुसुम सेञ्चुरी
फागुन ९, २०७६ शनिबार २:२:४७
९ फाल्गुण, काठमाडौं । आज महाशिवरात्री । आज हामी यसै पर्वका बिषयमा कुरा गर्छौ । महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड मध्य एक हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख राीि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी “ ऊँ नमः शिवाय“ मंत्र जप्ने गरेमा सर्व्िसद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ ।निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिवमहिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको पा्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा महादेवका ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भव मूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।
हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिन नै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनका लागि भएका पूर्वीय दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरु जीवन जिउनका विभिन्न कारणहरु अनि उदेश्यहरुप्रति समर्पित छन, हरेक चाडले केही न केही सिकाएर अनि झकझकाएरै जान्छन् ।
कति चाडपर्वहरु एतिहासिक घटनाको सम्झनाका लागि, कतिपय विभिन्न सामाजिक कार्यहरु अनि कृषि कार्यहरु जस्तै धान रोप्ने, अन्न भित्र्याउने छर्ने आदिजस्ता विषयवस्तुसंग सम्बन्धित छन् । वैदिक नेपाली सनातन संस्कारका यि सबै चाडपर्वहरु अनि तिनका सरल ब्याख्याका साथ नेपाली यादहरुको कोशेली लिएर बर्षभरि आउछन् र यी सबै पर्व हाम्रा लागी बिशेष हुने गर्छन् ।
अझ नेपाल त झन ईतिहासले पनि आफ्नो दस्तावेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शितल छायाँ परेको भूमी अनि हिन्दुहरुको आस्थाको भूमी । त्यहि भएर होला आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि विशेष घुईँचो लागेको थियो । साधूहरुको ब्यापक उपस्थिती रहेको उक्त मन्दिरमा आज पशुपतिमा, महाशिवरात्रीको अवसरमा चार लाख दर्शनार्थीले पूजाआराधना गरेका छन् । महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको अनामनगरबाट बिहानै पूजा आराधना गर्न गएकी बिमला तिवारीले नेपालबहस डटकमको कुराकानीमा बताइन् । अझै उनी भन्छिन्, यस वर्ष विभिन्न थरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएकाले सेल्फी र सामुहिक तस्विर लिनेको निकै भिड लागेको थियो ।
अन्तिममा, पाठकवर्ग आजको दिन शिव ती भगवान हुन्, जस्को आकार छैन, जस्लाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जस्को रिसको विध्वंशले संसारका सम्पूर्ण अवयवहरुलाई छिन्नभिन्न गरिदिन सक्छ, ती शिवको विशेष अनि प्रिय दिन हो । यस बिशेष दिनमा हाम्रा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग र शुभचिन्तकहरुमा हार्दिक शुभकामना । मलाई आशा छ तपाईको आजको दिन विशेष रह्यो होला भन्ने ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपलिच्छविकालीन हाँडीगाउँलाई जीवन्त सांस्कृतिक शहरका रूपमा विकास गरिँदै
मंसिर १७, २०८१ सोमबार
सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन
मंसिर १६, २०८१ आइतबार
महोत्तरीमा विवाहपञ्चमी उत्सवको रौनक
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार