विशाल शहर, ठूलो खाल्डो, अनेक थरी मान्छे तर उद्देश्य एउटै काठमाडौं शहर…..!!!
कुसुम सेञ्चुरी
फागुन ११, २०७६ सोमबार ३:१८:५३
♥ कुसुम विश्वकर्मा
विशाल शहर, ठूलो खाल्डो, अनेक थरी मान्छे तर उद्देश्य एउटै काठमाडौं शहर…..!!!
वास्तवमा यस्तै छ काठमाडौं शहर । डाँडामा पुगेर हेर्दा एउटा अनौठो चित्रजस्तै लाग्ने काठमाडौं कतै तन्किएको छैन, अनौठो छैन । न कतै चौडा छ, न कतै लामो । बरु यो एउटा त्यस्तो भान्साघर जस्तो लाग्छ, जहाँ बसेर बूढीआमा भात पकाउदैछिन्, बूढाबाजे जप गर्दैछन् ।
आइमाईहरू बसको भीडमा घुस्रिन्छन् र मानिसको नियतमा शङ्का गर्छन् । लोग्नेमानिसहरू भीडमा ठेलमठेल गर्छन् र कुनै सहयात्रीको हातले शरीर छोयो मात्र भने पनि उसको इमानमा शङ्का गर्छन् ।
शहर यसका गल्ली र सडक जत्तिकै साँघुरो छ । कस्सिएर हिँड्नेका लागि कहीँबाट कहीँ पुग्न पनि आधा घण्टा लाग्दैन ।विमानस्थल त्यहीँ छ र पशुपतिनाथ पनि त्यहीँ छन् । तर पनि यस्तो लाग्छ– काठमाडौँ टाढा–टाढासम्म फैलिएको छ र साह्रै विस्तृत छ । किनभने काठमाडौँको दूरीलाई समयले नाप्दैन, थकाईले नाप्छ । जहाँ साँझबिहान पेट पाल्नका लागि अनेक थरी मान्छकोे दौडधुप चलिरहन्छ । तर यो कुनै रनिङशिल प्रतियोगिता होइन, हो त काठमाडौं शहर ।।
यहाँ जो आउँछ, त्यो थाक्छ । थकाई यस शहरको स्थायी रोग हो । तर शहर बिशाल छ, यहि बिशाल शहरभित्र अनेकथरी मान्छे छन् अनि त्यही शहरभित्र अनेकौ साँघुरा बाटाहरु छन् । तर बस, मोटर र मोटरसाइकल देख्दा त्यस्तो लाग्दैन । यति साँघुरो शहरको साँँघुरा सडकमा चल्ने चौडा मोटरका अगाडि अनेकथरीका मान्छे छन्, बिशाल शहर, ठूलो खाल्डो, काठमाडौं शहर ।
जसोतसो गरेर दैनिक गुजारा चलाउने निम्नमध्यम वर्गले केही किन्नु पर्यो भने न्युरोडमा सामान हेर्छ, सामान हेर्दाहेर्दै असन पुगेर बार्गेनिङ गर्छ र अन्तिममा सुन्धारादेखि रत्नपार्कको फुटपाथमा त्यो सामान किनेर दङ्ग पर्छ । पसले औकात थाहा पाउन खप्पिस भइसकेको छ ।
बिहान ६ बज्न नपाउदै बस र मिनीबसमा अक्सर निम्न मध्यवर्गीय नागरिकको भीड खचाखच भरिएको हुन्छ । यो भीड उज्यालो भएदेखि साँझ घर नफर्किदाँसम्म सीमित रहन्छ । आकांक्षाको बृहत शहरका बासिन्दाका लागि सबैभन्दा ठूलो महत्वकांक्षा यिनै हुनसक्छ, एकसरो खाउ, एकसरो लगाउ । बिशाल शहर काठमाडौं साँच्चै निकै साँघुरो छ ।
शहरका यत्रतत्र सडकमा, गल्लीमा, चोकमा र भवनमा देखापर्ने सभ्यता बसस्टप र यस्तै अरू सार्वजनिक ठाउँमा देखिँदैन । शहर कपडामा सभ्य छ, तर मनमा कति सभ्यता छ भन्ने कुरा कसैलाई थाहा होला, कोही अनभिज्ञ जस्तै भएका छन् ।तेसो त काठमाडौँमा प्रतिदिन सभ्यता खडा हुन्छ अनि भत्किन्छ । तेस्तै मान्छेका मनभित्र पनि खडा भएका अनेकाैं सभ्यताका सपना खडा नहुदै भत्किएका छन्, विशाल शहरको एउटा बृहत खाल्डो काठमाडामौं ।
तपाईलाई लाग्न सक्छ, बाहिरबाट झट्ट हेर्दा र बुझ्दा काठमाडौं निर्माणको सभ्यताले दुवो उम्रिए झैँ बनाइएको छ । नगर विकासशिल छ, तर विकास अव्यवस्थित छ । यहाँंका अधिकांश घरका प्रायः बाथरुमका झ्यालमा लाज छोप्ने झिनो पर्दा पनि हुँदैन भने मनका सभ्यता छोप्न के मन होलान् र बिशाल काठमाडौंमा ।
काठमाडौं समृद्धिको टापु हो । काठमाडौंमा भाडामै बस्नेको पनि दिनचर्चा माथि उल्लेख गरेको भन्दा फरक छैन । सबै बिहान निस्कन्छ । अनगिन्ती सपना बुनेर अनि बुन्दै गरेका सपनाका अनगिन्ती पाइलामा क्रमश पुनः भोली मिर्रमिरे बिहानीसँगै सपना पुरा गर्न श्रम गर्नेको हुलहाल त्यस्तै छ यो काठमाडौं शहर, बिशाल छ, रहर अनेक छन् । तर उदेश्य सबैका एउटै छन् काठमाडौं शहरमा ।
प्रत्येक साप्ताहिक बिदा र आकस्मिक बिदामा शहरमा म्यारिज चल्छ । म्यारिज पपुलर छ । कतिका श्रीमतीजीहरू श्रीमान् अफिस हिडेपछि दूध र तरकारी खर्च बढाउन र गुमाउन लाग्छन् । ठीक त्यसैगरी, जसरी काठमाडांै आफ्ना पारम्परिक विशेषता गुमाउँदैछ अनि नयाँ विशेषता बढाउँदैछ ।
सुर्य उदाएदेखि शुरु भएको कर्मचारीको एक हुल काम सकेर निस्कने बित्तिकै साँझ पर्छ । दिन घडीको सुईसंगै आवश्यकताका फारम किन्न दौडिँदादौडिँदै सकिएपछि बेरोजगारहरूको भीड ललितपुरको लगनखेल, पुल्चोक, कुपोण्डोल, थापाथली, माइतीघर, बबरबहल हुँदै नयाँ बानेश्वरसंगै कोटेश्वरतर्फ लाग्छ । पिपलको फेदमा ज्ञान प्राप्त गर्ने बौद्ध परम्परा शहरले छोडेको छैन । मनसँग मनले सोचेको जस्तो चल्दैन र हुँदैन पनि अनि शहरसँग अन्तरनगर बससेवा नै बन्द हुन्छ । त्यहि मान्छे लखतरान भएर दौडिन्छ, भए जति बल लगाएर हिड्छ । ऊ त्यो बेला थाकी सकेको हुन्छ, यो बिशाल शहर, ठूला खाल्डो, काठमाडौं शहर ।
तपाईलाई थाहा छ, जब रात पर्दै जान्छ बस गौशाला जाँदैन, बौद्ध जाँदैन, जोरपाटी जाँदैन, टङ्गाल जाँदैन । केवल बस ग्यारेज जान्छ– बस त्यत्ति हो । एक–एक एघार– केटाकेटीमा गणित घोक्नु भएको छ र गोडामा तागत छ भने लम्किनुहोस्, शहर तपाईहरुसँगै लम्किनेछ ।
यो काठमाडौं, हाम्रो काठमाडौंमा तपाईले एक–एक एघारको पहाडा घोक्नु भएको छैन, खल्तीमा पैसा छैन र गोडामा तागत छैन भने रात तपाईको आफ्नै हो । अचेल संस्कृति वा भजन पशुपति मन्दिर वा कोठामा होइन, ठमेल,नयाँसडक, दरवारमार्ग वरपरका बार र मासंगल्लीमा बिउँझन्छ । गाउँमा बिरलै बत्ती बल्दैन रातीमा तर सडकको बत्ती नबले पनि काठमाडौंमा साँझ कतै ब्याट्रीले, कतै जेनेरेटरले र कतै स्टोभले उज्यालो हुन्छ । सायद तिनका मन त्यति उज्याला छैनन होला, यो बिशाल शहर ठूलो खाल्डो काठमाडौं शहरमा ।
जसोतसो गरेर दैनिक गुजारा चलाउने निम्नमध्यम वर्गले केही किन्नु पर्यो भने न्युरोडमा सामान हेर्छ, सामान हेर्दाहेर्दै असन पुगेर बार्गेनिङ गर्छ र अन्तिममा सुन्धारादेखि रत्नपार्कको फुटपाथमा त्यो सामान किनेर दङ्ग पर्छ । पसले औकात थाहा पाउन खप्पिस भइसकेको छ । यो बिशाल शहर काठमाडौंमा ।
दिनचर्यालाई दिनका हिसाबले बाँड्दा प्रत्येक साप्ताहिक बिदा र आकस्मिक बिदामा शहरमा म्यारिज चल्छ । म्यारिज पपुलर छ । कतिका श्रीमतीजीहरू श्रीमान् अफिस हिडेपछि दूध र तरकारी खर्च बढाउन र गुमाउन लाग्छन् । ठीक त्यसैगरी, जसरी काठमाडांै आफ्ना पारम्परिक विशेषता गुमाउँदैछ अनि नयाँ विशेषता बढाउँदैछ ।
काठमाडौं अधबैंशे छ । तराईमा पाइने त्यो सर्प जस्तै, जुन न गोमन हो, न कँरेत । शहर आधुनिक छ, तर पुरानो छ । आइमाईहरू बसको भीडमा घुस्रिन्छन् र मानिसको नियतमा शङ्का गर्छन् । लोग्नेमानिसहरू भीडमा ठेलमठेल गर्छन् र कुनै सहयात्रीको हातले शरीर छोयो मात्र भने पनि उसको इमानमा शङ्का गर्छन् । त्यही भएर भन्न मन लाग्छ विशाल शहर, ठूलो खाल्डो, अनेक थरी मान्छे तर उद्देश्य एउटै काठमाडौं शहरको…..।।।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपकोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार