कलंकीमा ट्रकले नौ वटा सवारीलाई ठक्कर दिँदा एकको मृत्यु
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ३:५:३६
१२ फागुन काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको एउटा ट्रकले नौ वटा सवारी साधनलाई एकैसाथ ठक्कर दिँदा एकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
सोमबार बेलुका पेट्रोलपम्पमा अगाडिका सवारी साधनमाथि उक्त ट्रकले ठक्कर दिएको कलंकी प्रहरीले जनाएको छ ।नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ब्रेक फेल हुँदा मोटरसाइकल, स्कुटर, कार, ट्याक्सीलगायत नौवटा सवारी साधनलाई एकैपटक ठक्कर दिएको हो।
घटनामा एकको मृत्यु भएको कालीमाटी प्रहरीका डीएसपी रुगम कुँवरले जानकारी दिए। कुँवरका अनुसार ना ६ ख २८७१ नम्बरको उक्त ट्रकले तीनवटा बाइक, एउटा स्कुटर, एउटा हात्तीगाडी, एउटा स्कोर्पियो, एउटा सरकारी गाडी, एउटा ट्याक्सी र एउटा ट्रकमा ठक्कर दिएको थियो।
ट्रकका चालक वीरेन्द्रकुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा मृत्यु भएका एकजना कुन सवारीका थिए भन्ने खुलेको छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
आज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार