१० विदेशीसहित ६३ सैनिक दीक्षित
नेपालबहस संवाददाता
फागुन १३, २०७६ बुधबार ०:२५:१०
१३ फागुन, काठमाडौं । शिवपुरीस्थित नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट २६ औँ समूहमा १० विदेशीसहित ६३ ले ‘कमाण्ड एण्ड स्टाफ कोर्स’ पूरा गरी दीक्षित भएका छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले कलेजमा आज आयोजित समारोहमा कोर्स पूरा गर्ने प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । नेतृत्व तहमा पुग्ने सैनिक अधिकृतका लागि कमाण्ड एण्ड स्टाफ कोर्स अनिवार्य मानिन्छ । विसं २०४९ मा स्थापना भएको उक्त कलेजबाट एक हजार ५३ ले उक्त कोर्स पूरा गरेको दीक्षान्त समारोहमा जानकारी दिइयो । तीमध्ये विदेशी सैनिकको सङ्ख्या ८३ रहेको छ ।
करिब ५० साता अवधिको यस पटकको कमाण्ड एण्ड स्टाफ कोर्समा समग्र विधामा सेनानी चित्रबहादुर कार्की उत्कृष्ट घोषित भएका छन् ।। यस कोर्सलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको मान्यता प्रदान गरेको छ ।
सो २६ औँ समूहमा नेपाली सेनाका ५०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक अधिकृत सहभागी थिए । बङ्गलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स्, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलङ्का र संयुक्त राज्य अमेरिकाका पनि एक–एक सैनिक अधिकृत सहभागी थिए ।
प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै प्रधानसेनापति थापाले व्यावसायिक सैनिक संयुक्तरुपमा परिचालन हुँदाका बखत आइपर्ने चुनौतीलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा प्रदान गरिएको ज्ञानको समुचित प्रयोग उदाहरण सहित प्रस्तुत गरेका थिए ।
उनले भने, “अनुशासित व्यावसायिक सैनिकको रुपमा योजना बनाउँदै अघि बढाउन कलेजबाट प्राप्त गरेका ज्ञान कोसेढुङ्गा सावित हुने छ, यहा प्राप्त भएको ज्ञानबाट उच्च र बहुआयामिक नेतृत्व बन्न योगदान पुग्ने छ । ”
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटाले २१ औँ शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न कलेजबाट प्राप्त ज्ञानले सहज तुल्याउने विश्वास व्यक्त गरे । कलेजका प्रमुख एवं उपरथी ईश्वर हमालले कलेजबाट प्रदान गरिँदै आएको कोर्स र तालीमका बारे जानकारी गराएका थिए ।
सो अवसरका कलेजद्वारा प्रकाशित शिवपुरी जर्नलको पनि विमोचन गरियो । पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको आकर्षणको केन्द्र बन्दै आएको छ । हरियाली वातावरण, शीतल हावापानी र मिलनसार व्यवहारका नेपाली सैनिकले विदेशी विद्यार्थीका बीचमा आर्मी कमाण्ड र स्टाफ कलेज लोकप्रिय बन्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार