कोरोना भाइरस : सुरूमा ज्वरो त्यसपछि सुख्खा खोकी, एक्लिएर बस्न विज्ञको सुझाव
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार २१:३९:४३
१४ फागुन, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चीनसहितका तेश्रो देशबाट नेपाल भित्रिने मानिसहरू बाहेक देशभित्रै पनि देखा पर्नसक्ने शङ्कास्पद घटनाहरूबारे निगरानी बढाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अधिकारीहरूले कोभिड -१९ सङ्क्रमणसँग मिल्दाजुल्दा सङ्केतहरू मानिसहरूमा देखिए त्यसबारे अध्ययन अघि बढाउन जाँचहरू गर्ने भन्नेबारे बुधवार बसेको प्राविधिक समितिको बैठकमा छलफल भएको हो । चीनबाट सुरू भएको कोरोना भाइरसको सङ्क्रमण ८० हजार भन्दा बढी मानिसमा देखा परेको छ र ३० भन्दा बढी देशमा अहिले फैलिसकेको छ । अधिकांश सङ्क्रमण र मृत्यु चीनमा भएपनि पछिल्ला दिनमा दक्षिण कोरिया, इटली र इरानले उक्त भाइरसलाई नियन्त्रण गर्न संघर्ष गरिरहेका छन् ।
यता विश्व स्वास्थ्य सङ्गठन “डब्लुएचओ”ले चीनबाहिर बढेको कोरोना भाइरसको सङ्क्रमणको तहलाई चिन्ताजनक बताइरहँदा सरूवा रोग नियन्त्रण सम्बन्धी अमेरिकी निकाय सेन्टर फर डिजीज कन्ट्रोलले अमेरिकामा कोरोनाको सङ्क्रमण वृद्धि अवश्यम्भावी भएको चेतावनी दिएको छ ।
यस्तै नेपालको स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्राविधिक समितिको बैठकमा कोरोना भाइरस सङ्क्रमणको पूर्वसावधानी र जनचेतना बढाउने विषयलाई प्राथमिकतामा राख्ने निर्णय भएको छ । बाहिरबाट सङ्क्रमण नआओस् भन्नका लागि जुन जुन देशमा सङ्क्रमण देखिएको छ त्यहाँबाट आउने यात्रुहरूको विमानस्थलमा परीक्षण गरिरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठले बताए ।
एक हजारवटा त्यस्ता किटहरू रहेपनि हालै चीनको वुहानबाट उद्दार गरिएका १७५ नेपालीहरूलाई स्वदेश फर्काउँदा लगभग सबै सिद्धिएको भन्दै त्यसको खरिदका लागि प्रकिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताएको बीबीसी नेपाली सेवाले समाचारमा उल्लेख गरेको छ ।
जनचेतनामा जोड
कोभिड-१९ को सङ्क्रमणलाई नजिकबाट नियालिरहेका विज्ञहरूले यसको सङ्क्रमण रोक्न सक्ने स्तरको क्षमता कुनै एक देशसँग नहुने भन्दै जनचेतना र सामुदायिक प्रयासहरूलाई अघि बढाइनुपर्ने बताएका छन् । “जुन स्तरमा कोरोना भाइरस फैलिरहेको छ, विश्वभरि नै अहिले सङ्क्रमण देखापरेपछि अघि बढाइने उपचार विधिबाट यसलाई रोक्न सकिँदैन भन्ने अनुभूति हुन थालेको सङ्क्रामक रोगसम्बन्धी विज्ञ डाक्टर अनुप सुवेदीले बताएको समाचारमा जनाइएको छ ।
उनले गाह्रो हुँदा मात्रै अस्पताल जाने अन्यथा कोरोना भाइरस सङ्क्रमणको लक्षणसँग मिल्दोजुल्दो सङ्केत देखिएको अवस्थामा आफूलाई भीडभाड हुने कार्यक्रममा भाग लिनेसहितका सामाजिक गतिविधिबाट अलग गर्ने जस्ता विषयमा राज्यले जनचेतनामूलक अभियान चलाउनुपर्ने बताएका छन् ।
त्यसबाहेक कोरोनाको सङ्क्रमण देखा परिहाले उपचारमा खटिने स्वास्थ्यकर्मीहरू थला नपरून् भनेर स्वास्थ्यकर्मीहरूले लगाउनुपर्ने मास्क, गाउन सहितका किटको उपलब्धता सुनिश्चितता गरिनुपर्ने उनले बताए । सङ्क्रामक रोगसम्बन्धी विज्ञ डाक्टर सुवेदी जोखिममा रहेका र कमजोर रोगप्रतिरोधी क्षमता भएका वृद्धवृद्धालाई सङ्क्रमणबाट जोगाउने उपायका बारेमा पनि जनचेतना जगाउनुपर्ने सुझाव दिएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमण देखिएका बिरामीलाई अरूबाट अलग गरेर उपचार गर्न सकिने आइसीयू जस्ता संरचना ठूलो स्तरमा तत्कालै बनाउन सम्भव नरहेको र त्यहाँ खटिने पर्याप्त जनशक्ति तत्कालै जुटाउन पनि चुनौती रहेकाले गर्न सकिने कुरामा राज्य बढी केन्द्रित हुनुपर्ने समाचारमा जोड दिइएको छ ।
लक्षण
सुरूमा ज्वरोको लक्षण देखा पर्ने कोरोना भाइरसको सङ्क्रमणमा त्यसपछि सुख्खा खोकी देखा पर्ने अनि एक हप्तापछि श्वासप्रश्वास गाह्रो हुने र केही बिरामीलाई अस्पताल लैजानुपर्ने अवस्था आउने बताइन्छ । यो सङ्क्रमणका कारण विरलै सिँगान बग्ने वा हाच्छिउँ आउने बताइन्छ । सङ्क्रमण र यी लक्षणहरू देखिने बीचको समय १४ दिनसम्म हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएपनि कतिपय अनुसन्धानकर्ताहरूले त्यो बढीमा २४ दिनसम्म हुनसक्ने उल्लेख गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले साबुन र किटाणुमार्ने जेलको प्रयोगले हात धुने, रुघा वा खोकी लाग्दा पातलो रुमाल वा ’टिस्यू’ले मुख छोपेर भाइरस फैलनबाट रोक्ने अनि आफ्नो आँखा, नाक र मुखलाई कुनै कारणले भाइरसबाट सङ्क्रमित भइसकेको स्थान छोएको हातले नछुने जस्ता सावधानीका उपाय अपनाउन आग्रह गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले ज्वरो र रुघाजस्ता लक्षण देखिएका व्यक्तिबाट भाइरस सर्न सक्ने भन्दै उनीहरूबाट एक मिटर पर बस्न सुझाव दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार